Sunday April 11, 2021

घान्द्रुकमा स्कूल मेरो अनुभव : संस्मरण -२१

२० पुष, २०७७ शीतलपाटीन्युज डटकम। 1435


घान्द्रुकमा स्कूल मेरो अनुभव : संस्मरण -२१

तोयानाथ पौडेल।
सस्थापक प्रधानाध्यापक,
मेश्रम बराह माबि, घान्द्रुक,कास्की।


Tomio  Ozawa  को स्कूल प्रबेश:

२०३५ साल चैत्र ८ गते तदनुसार २१मार्च १९७९ मा तामागावगा युनिभर्शिटी टोकियो जापानका Tomio ozawa आफ्ना ३२ जना छात्राहरु सहित घान्द्रुक  आउनु भयो। उहाँ मछिडा सिटी युनिभर्सिटी टोकियो जापानका सामाजिक शिक्षक हुनु हुदो रहेछ। उहाको ग्रुप स्कूलको जग्गामा पाल टासेर वसेको थियो। केही समय आराम गरी सकेपछि "उहाहरु दुई जना आफ्ना छात्राको साथमा स्कूल अफिस आउनु भयो। उहाले मेरो परीचय घम्पुसबाटै पाउनु भएको रहेछ। उहाले Mr Poudel भन्नुभयो। हामीले परिचय गर्यौ। हाम्रो  वीचमा लामो कुरा कानी भयो। उनी कट्टर इसाई, म हिन्दु। पहिलो भेटमै उनले आफ्नो जीवन मेरो सामु खुला पुस्तक झै राखि दिए। अनि हरेक वर्ष हाम्रो भेट भई नै रह्यो। हामी वीच केही मतभेदहरू थिए। तर ती आपसी छलफलले मेटिने खालका थिए। उदारता र सत्यता जहा हुन्छ त्यहा मतभेद पनि लाभदायक हुन्छ। उनको नम्रता उत्प्रेरणा देखि म प्रभावित भएँ। यो नाता नै घान्द्रुक स्कूलको भाग्य हो।‌ यो कुरा मैले पछिका लेख संस्मरणमा प्रमाणित त गर्ने छु। त्यसबेला अन्तमा हामीले सानो जलपान गर्यो। मैले चन्दा कापि पल्टाएर अगाडि राखि दिएको उनले रु २ पकेटबाट झिकेर चन्दा फाइलमा राखी फाइल पल्टाई दिए। हामी छक्क पर्योउ। ठूलो विद्वान मान्छे रहेछन्, पकेटमा पैसा नहुन पनि सक्छ भन्ने अड्कल गर्यौ हामीले। अन्तमा हामीले यसरी नै हरेक वर्ष भेट हुने सल्लाहा गर्यौ‌। उहा विदा भएर आफ्नो टेन्ट भएतिर लाग्नुभयो।

 


अहिले आएर त्यो २१ मार्च १९७९ को दिन Ozawa अफिस भित्र पसेको दिनको २ वजेको समय सम्झदा मलाई धेरै वर्ष अगाडि मैले एकचोटी लियो टालस्टाय  (Leo Tolstoy) का तीन प्रस्न (Three questions) नामक कथा पढेको याद आयो। जसमा एउटा राजाले मानिसका लागि  तीनवटा महत्वपूर्ण प्रश्नको उत्तर खोज्न चाहेका थिए। त्यो प्रश्न थियो (The most importent Time,The most importent  prrson र The most importent  work। एकजना व्यक्तिको लागि महत्वपूर्ण समय कुन हो? त्यो व्यक्तिको लागि महत्व पूर्ण व्यक्ति कुन हो? त्यसको महत्वपूर्ण काम कुन हो? यी तीन प्रस्नका उत्तर खोज्न राजाले देश व्यापी आह्वान गरे। तर सन्तोषजनक उत्तर नआए पछि एकजना विद्धान तपस्वीलाई भेट्न उनी जङ्गल गए।जङ्गलका बीच एउटा कुटी बाहिर अर्ध नङ्न बृध्द सन्यासी कोदालीले वाँझो जमीन खनिरहेका थिए। राजाले आफ्नो परीचय दिदै आँफू उनलाई भेट्न आउनाको उद्देश्य वताए। तपस्सीले मुशुक्क हाँसेर केही जवाफ नदिइकन राजाको स्वागत गरेर उनी कोदालोले जमिन खन्दै आफ्नो काममा लागि रहे।तपस्वी अलि थाके जस्तो लागेर राजाले मद्दत गर्न गए  । समय वित्दै गयो, सूर्य पश्चिममा ओरालो लाग्दै गए, त्यही बेला पेटबाट भल्भल्ति बगेको रगत रोक्दै ऐयाऐया भनी एउटा मान्छे कुटी अगाडि आई मुर्छित भयो।राजाले त्यो मानिसलाई उठाएर पिढीँमा राखि उसको घाउमा मलम पट्टि लगाइ दिए। समय ढीला भैसकेको थियो।राजा फर्कने कुरै भएन, अनि रातभर जाग्राम वसी त्यही घाइते मानिसको सेवा गरिरहे।भोलिपल्ट बिहान मात्र घाइते होसमा आयो।

 

आँखा खुलेपछि घाइतेले राजालाई आफ्नो अगाडि नै देख्यो। अनि आँसु झार्दै भन्यो,"महाराज मलाई माफ गर्नुहोस्,म तपाइको शत्रु हुँ।‌म तपाइलाई मार्न भनेर जङ्गलमा लुकी रहेको थिएँ। साँझसम्म तपाई कुटीबाट नफर्केपछि जङ्गलबाट वाहिर निस्कदा तपाईँका सिपाहीहरुले मलाई देखेँ र मेरो पेटमा छुराले हाने। त्यसैले म जङ्गलबाट आफ्नो ज्यान वचाउन भागेर यहा आएको हुँ। उसले राजालाई अनुरोध गर्दै फेरी भन्यो,महाराज यो कस्तो बिडम्बना? जसलाई मैले मार्न खोजेको थिएँ। उसले मेरो ज्यान वचाई दियो,यति भन्दै खुट्टा समाती माफी मागेर उसले आइन्दा राजाको भक्ति भावका साथ  सधै सेबा गर्ने प्रतिज्ञा समेत गर्यो। घाइते मानिस गैॐसके पछि तपस्वी तिर फर्केर राजाले विनम्र अनुरोध गरेँ, "महाशय म अव आफ्नो काममा जान्छु। सन्यासीले मुसुक्क हाँस्तै भने, ल तपाईले त आफ्नो तीन प्रश्नको उत्तर पाइसक्नु भएको छ नि त। अचम्म मान्दै राजाले सोधे, के उत्तर पाएँ मैले? तपस्वीले सम्झाउदै भने, मानिसको सवै भन्दा महत्व पूर्ण समय भनेको उसको वर्तमान हो। हिजो तपाईले मेरो खेत खनेर मद्दत गर्नुभयो, त्यो वेला त्यो समय तपाईँको लागि महत्व पूर्ण थियो। किनकि तपाई यदि फर्कनु भएको भए तपाइलाई शत्रुले मार्ने रहेछ।| सन्यासीले स्पस्टिकरण दिदै भने, दोश्रो उत्तरमा तपाईको लागि महत्व पूर्ण मान्छे म थिएँ। तेश्रो तपाइको महत्वपूर्ण काम भनेको त्यो घाइते मानिसलाई तपाईले गरेको सेवा। जसको कारण एउटा शत्रु पनि तपाइको अनन्य  भक्त हुन पुग्यो।

Tomio Ozawa  जुन दिन मेश्रम वराह स्कूलमा पाइलो राखे,त्यो समय महत्वपूर्ण  थियो। जुन समयबाट स्कूलको विकाशमा सहयोग गर्न थाले, त्यो सहयोगको काम महत्व पूर्ण थियो।‌त्यो दिनको दुइ रुपैयाले लाखलाख वोकेर आयो। जुन व्यक्ति शिक्षण सस्थसको विकाशमा तल्लीन भएर लागे, ती व्यक्ति महत्व पूर्ण थिए। त्यो दिन मलाई पनि मेश्रम वराहले  आशिर्वाद दिएका हुन्। रु दुई मात्र चन्दा दिनेलाई किन जलपान गराउने वुध्दि आयो मलाई? किन मैले  १००/२०० चन्दा दिनेलाई जलपान गराइन? यस्ता प्रश्नहरू पछि आएर मलाई आईनै रहे। यो सबै दिनकै कुरा हो। समय वलवान हुन्छ, त्यो छोप्न जान्नु पर्दो रहेछ। मैले जानेर स्वागत गरेको पनि हैन। एकजना शिक्षक त्यो पनि युनीभर्शिटी पढाऊने कति सरल, कति नम्र, कति विद्वान। उसँगको पहिलो भेटमै म प्रभावित भएँ। उनले हाम्रो जलपानमा भने, यस्तो राम्रो प्राकृतिक छटाले भरिएको सुन्दर र पवित्र भूमिमा म हरेक वर्ष डिप्लोमा प्रथम वर्षका विद्धार्थीहरू लिएर आउनाको लागि म कुलपति ओहेरासग अनुरोध गर्दछु। सायद. वहाले मेरो  योजना स्वीकार्नु हुने छ। हामो युनिभर्शिटी पनि तामा गावा गाकुन (तामा गावा डाडा) भन्ने यस्तै यस्तै डाँडामा पहिला नर्सरीको रुपबाट सुरु गरेको हो,पछि क़्रमस हाइस्कूल भयो,त्यस्तै क्याम्पस भयो,त्ससपछि युनिभर्सिटीको रुपमा आयो। यस शिक्षण सस्थाको  नेतृत्व मिस्टर ओहेराले गर्नु भयो। उहा पछि उहाकै छोराले गर्दै हुनुहुन्छ। यो अहिले राम्रो विश्वविद्यालयको रुपमा जापानमा चिनीएको छ। यो स्कूलको पनि यस्तै रुपले प्रगतिको होस् भन्ने कामना गर्दछु भन्दै वहा अफिसबाट वाहिरीनु भयो। हामीले उहालाई शौहार्द  पूर्ण विदाई गर्यौ।

४ वजि सकेको  थियो। हामी शिक्षकहरू पनि  अफिसबाट वाहिर निस्क्यौँ। सवै आआफ्नो डेरा तिर लाग्यौ। त्यो रातमा मलाई आनन्दको अनुभूति भयो।सपना पनि राम्रो देखेँ, निद्राबाट विऊझे पछि कल्पना आयो। मैले मेश्रम वराह स्कूल तामा गावा विश्वबिद्ध्यालय टोकियो जापानसँग मित लगाएँ। त्यही  आनन्द भित्री मनमा खेलि रह्यो। उठेँ, नुहाउने काम  सकेँ, अनि के लहड चल्यो। घाम भर्खर आएका थिए, मेश्रम वराह दर्शन गर्ने भावना आयो,अनि उकालो लागे। वसन्तको समय थियो, लालिगुराँस झपक्क फुलेका थिए, बाटो रमाईलो थियो।
       
यस्तो समयमा साहित्यकारहरु बसन्तको काखमा बस्न,सुत्न,मडारिन,गाउन अति रुचाउँछन्। म त साहित्यकार हैन, तर मेरो मन यो समयमा हर्षले मन उर्लेर आयो। जिवनभित्र लुकेको भित्री सुकोमल भाव विशिष्टता र विनम्रताका स्वर बसन्त ऋतुको आगमनले उजागर गर्यो। संसारलाई रचनात्मक दृष्टिले हेर्न सक्ने क्षमताको उद्घाटनाका निम्ती एउटा उदाहरण हो यो समय भन्ने लाग्यो। सँस्कृत महाकवि कालिदास देखि अहिले सम्मका कविहरुसम्मले वसन्तको मनज्ञ वर्णन आफ्नो लेखमा गरेका छन्।


यस्तो सोच्दा सोच्तै गर्दा मेश्रम वराह स्थानमा पुगेछु। पातीको पात फुलका रुपमा सिलामा चढाएर दर्सन गरेँ। दर्सन गरी फर्कदा घामअनुहारमा परेकोले न्यानो अनुभव भयो। हाँसेको माछापुछ्रे र अन्नपूर्ण हिमाल हेर्दै तल झरेँ। धर्म भनेको यहा कर्मकाण्ड र स्थानिय मानिसले मानि आएका क्षेत्रपाल भन्ने देवतालाई भन्न खोजेको हैन। त्यो त समाज जस्तो छ त्यसमा सम्मिश्रण (चिनी पानीमा पग्लिएर मिसिए जस्तो) हुन खोजेको मात्र हो। परम्पराका नाउमा चल्ने सँंस्कृति र विकृतिलाई पनि भनेको होईन।अहिँसा, दया,माया, करुणा जस्ता जे जति सद्गुण छन्, तिनको अनुशरण गरियो भने त्यस विपरीतका अबगुणहरुबाट जिवन वर्वाद हुँदैन भन्ने मुलभूत सिद्धान्त नै धर्मको वास्तविक स्वरुप हो। हामीले यस्तो कुरा जानेर पनि हामी देवस्थल जान्छौ। किनकि हामीलाई मनमा शान्ति मिल्छ। देवस्थल पनि मानिसको आत्माको शान्तिका लागि वनाईका हुन्। मेश्रम वराह देवस्थल त साच्चिको आत्मालाई आनन्न्द दिने खालको छ। वसन्तको समयमा घान्द्रुक गयो भने मेश्रम वराह देवस्थलमा जानू , जो जान्छ उसको आखा पनि शुध्द रहन्छ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?