२२ पुष, २०७७
शीतलपाटीन्युज डटकम।
काठमाडौँ। एलिना चौहानको स्वरमा रहेको गीत "हेरुँ हेरुँ" को म्युजिक भिडियो सार्वजनिक गरिएको छ। लण्डनमा बस्ने गीता गिरी शेरचनको रचना रहेको गीतको भिडियो खिम शेरचनले निर्माण गरेका हुन्।
राजु सिंहको संगीत,नरेन्द्र वियोगीको एरेन्ज रहेको गीत बेलायतका रमणीय स्थलहरुमा छायांकन भएको छ। वैँशालु उमेरमा एक युवकको प्रेममा पागल भएकी युवतीको कथालाई देखाइएको भिडियोको निर्देशन संचारकर्मी कुशल श्रेष्ठले निर्देशन गरेका हुन्।
जसमा बेलायतमा नै बसेर मोडलिगं गर्दै आएका चर्चित नायक तथा मोडल ध्रुब दत्त र सुभेच्छा भारतीको अभिनय छ। शुभेच्छाको डेब्यू गीत भएता पनि उनले पहिलो भिडियोमा नै चुलबुले प्रेमिकाका रुपमा कमाल कै अभिनय गरेकी छिन्।
भिडियो: