२४ पुष, २०७७
शीतलपाटीन्युज डटकम।
लण्डन। बेलायतका एक सफल व्यवसायी एवम् समाजसेवी रविजंग लामिछानेले कोरोना महामारीका बेला आफ्नै जन्मस्थान पर्वतमा स्वास्थ्य-सुरक्षा सामग्री सहयोग पठाएको समाचार प्राप्त भएको छ।
उहाले पर्वत र म्याग्दीका दुई विद्यालय एवं पर्वतको एक स्वास्थ्य चौकीलाई कुल १० हजार मास्क प्रदान गरेको हो। पर्वत जिल्लाको मोदी गाउँपालिका वडा नम्बर ६ तिलाहारस्थित नवजागृत माध्यमिक विद्यालय र म्याग्दीको मंगला माध्यमिक विद्यालयका साथै पर्वत तिलाहार स्वास्थ्यचौकीका लागि उहाले स्वास्थ्य-सुरक्षा सामग्री प्रदान गरेको हो। समाजसेवी लामिछानेले पठाएका १० हजार थान मास्क, स्यानिटाइजर र ह्यान्डवास लगायतका सामग्री उहाको दिदी इन्दु लामिछानेले हस्तान्तरण गर्नु भयको छ।
बेलायतमा एक सफल नेपाली व्यवसायीका रुपमा स्थापित लामिछानेले नेपाल सरकारको कोरोना राहत कोषमा पनि १५ लाख रुपैंया सहयोग पठाउनु भयको थियो। नेपालमा कैयौं मन्दिरहरुको स्थापना गराएका लामीछानेले सामाजिक क्षेत्रमा दशौं लाख रुपैंयाको बाँडिसकेको समाचार छ। बेलायतको अल्डरसटमा निर्माणाधिन शिव मन्दिरको लागि समेत लामिछानेले १५ हजार पाउण्ड बढीको आर्थिक सहयोग गरेको र मूर्तिहरु पनि प्रदान गरेको खवर छ।
साथै केही वर्षअघि नेपालमा गएको महाभूकम्पको बेला पनि उहाले नेपाल सरकारमार्फत् ५१ लाख रुपैयाँ सहयोग प्रदान गरेको समाचार छ।