२४ पुष, २०७७
शीतलपाटीन्युज डटकम।
लण्डन। बेलायतमा राष्ट्रिय एकता दिवस तथा श्री ५ पृथ्वीनारायण शाहको २९९ औ जन्मजयन्ती भर्चुअल रुपमै भव्य मनाउने समाचार प्राप्त भएको छ। सो कुरा यति नेपाली एसोसियसन युकेका अध्यक्ष ध्रुव केशीले बताउनु भयको हो।
आगामी १० जनवरी २०२१ अर्थात आइतवार पुष २६ गते बेलायतको समय विहान ११ बजे तथा नेपाली समय बेलुका ५ बजे भर्चुअल जुम मार्फत गरिने उक्त कार्यक्रमको भर्चुअल जुम मार्फत गरिने भएको हो। बेलायतको सबैभन्दा पुरानो र युरोप क्षेत्र कै लोकप्रिय र पुरानो संस्थाले १९६० स्थापनाको शुरू देखि नै यति नेपाली एसोसियसन युकेले मनाउदै आएको राष्ट्रिय एकता दिवस र श्री ५ पृथ्वी नारायण शाहको जन्मजयन्ती केहि समय रोकिएको थियो। २२ से २४ से राज्यमा टुक्रिएको नेपाललाई एकिकरण गरि एकत्रित नेपाल बनाएर लैजाने र ठुलो बलियो नेपाल बनईएको थियो। पृथ्वी नारायण शाहको राष्ट्रिय एकतालाई सम्मान गर्दै यो कार्यक्रम आयोजना हुन लागेको हो।
नेपाल एकिकरणका राष्ट्रनिर्माता पृथ्वीनारायण शाहलाई नेपालको परिचय र पहिचानको प्रतीकका रुपमा राष्ट्रिय एकता दिवस तथा पृथ्वीजयन्ती नेपाल र नेपालहरु बसोबास गर्ने बिश्वभर भव्य रुपमा मनाउने गरिन्छ। विश्वव्यापी फैलिएको कोरोना भाइरस महामारीको कारण कार्यक्रम जुम लाइभ कार्यक्रम गर्नु परेको हो।
यो कार्यक्रममा यति नेपाली एसोसियसन युकेका संरक्षकहरु,पुर्व अध्यक्षहरु,आजीवन सदस्यहरु,यति नेपाली एसोसियसन युकेका पुर्व सल्लाहाकारहरू र कार्य समिति सदस्यहरुलाई आमन्त्रण गरिएको कुरा एसोसियसनका महासचिव डा मुकुन्द बास्तोलाले समाचारमा बताउनु भएको छ।
ZOOM Link:
नमस्ते कृपया उपस्थितिको लागि अनुरोध Dr Mukunda Bastola is inviting you
Topic: राष्ट्रिय एकता दिवस एक समारोह (Yeti Nepali Association, UK)
Time: Jan 10, 2021 11:00 AM London
Join Zoom Meeting
https://us02web.zoom.us/j/84813049544?pwd=MkR4ZFd4bHI4K0g0ajZqNVRRbWJDdz09
Meeting ID: 848 1304 9544
Passcode: 950740