Friday January 22, 2021

२१ दिने निःशुल्क अनलाईन वेलनेस सेसन्स संचालन

२५ पुष, २०७७ शीतलपाटीन्युज डटकम। 1224


२१ दिने निःशुल्क अनलाईन वेलनेस सेसन्स संचालन

पूर्ण गुरुङ, लण्डन।

क्यान इन्टरनेश्नल,अल्डरसट इम्पावरमेन्ट ग्रुप र स्याङ्जाली समाज युकेको संयुक्त आयोजनामा २१ दिने अनलाईन वेलनेस सेसन्स संचालन गर्ने भएको छ। कोरोना भाईरसले विश्वभर अस्तव्यस्तता ल्याईरहेको अवस्थामा सो ग्रुपले उक्त अनलाईन सेसन्सको आयोजना गरेको हो।

मानिसको मन,मस्तिष्क र शरीरलाई स्वस्थ एवम तन्दुरुस्त राख्नका लागि योग,ध्यान र व्यायामले महत्वपूर्ण भूमिका खेलेको हुन्छ। सोही कुरालाई हृदयगमन गर्दै ग्रुपले योग,ध्यान र व्यायाम सहितको सेसन्स संचालन गर्न थालिएको हो। बिषेशगरी जेष्ठ नागरिकहरुलाई लक्षित गरी आयोजना गरिएको उक्त सेसन्स शनिबार ९ जनवरी देखि २९ जनवरीसम्म प्रत्येक बिहान १० बजे देखि ११ बजेसम्म सेसन्स संचालन हुने छ। उक्त सेसनमा मनोक्रान्ति बेलायतका प्रवर्तक योगी नगेन्द्र राज नेम्बाङ्गले योग,ध्यान, व्यायाम,रेकी संगसंगै बाँच्ने कला बारे आफ्नो अनुभव सुनाउने छन्। त्यस्तै,उक्त सेसन्सका संंयोजक एवं ताईची प्रशिक्षक मान गुरुङले ताईची प्रशिक्षण, पश्चिमी हिलिङ्ग,भोजन संंगसंगै वेलनेस लगायतको बिषयमा बताउने छन्।

‘हाम्रो शरीरलाई कस्तो खुराक चाहिन्छ,कस्तो खाल व्यायाम गराउनु पर्छ,हाम्रो शरीरमा पूर्विय दर्शनमा आधारित योग,ध्यान र व्यायामले के कस्तो भूमिका खेल्छ भन्ने बारेमा हामीले सिकेको कुरा अरुलाई पनि सिकाउने उद्देश्य अनुरुप यो सेसन्सको आयोजना गर्न लागिएको हो’ भन्छन् संयोजक मान गुरुङ। कुनै पनि बिषय र क्षेत्र बारे २१ दिनसम्म लगातार अभ्यास गरियो सो क्षेत्रमा सफलता पाउन सकिन्छ भन्ने विश्वास साथ उक्त २१ दिने अनलाईन निःशुल्क सेसन्स संचालन गर्न लागिएको संयोजक गुरुङ, थप्छन्। उक्त सेसन्सले शरीरको पाचनक्रिया मजवुत बनाउने, इम्युन सिस्टम बढाउने, स्ट्रेस कम गराउने अर्थात् डर त्रास र भयबाट छुट्कारा दिलाउने संयोजक गुरुङको विश्वास छ। त्यस्तै, संयोजक गुरुङले ‘यो २१ दिने सेसन्सले एकातिर स्वस्थ जीवन कसरी जिउँने भन्ने बारे सिकाउँछ भने अर्कोतर्फ सिक्ने क्षमतामा समेत अभिवृद्धि गराउँछ’,भने ।

स्मरण रहोस्,क्यान इन्टरनेशनलले जेष्ठ नागरिकहरुलाई ध्यानमा राखी विभिन्न परियोजना तथा कार्यक्रमहरु आयोजना गर्दै आएको छ। त्यस्तै, अल्डरसट इम्पावरमेन्ट ग्रुपले विगत दुई बर्ष देखि इम्पावरमेन्ट सम्बन्धी विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आइरहेकोमा कोभिड–१९ पछि गत अप्रिल महिनाभर प्रत्येक दिन साँझ अनलाईनमार्फत योग, ध्यान र व्यायाम संचालन गरेका थिए भने अहिले क्यान इन्टरनेश्नल र स्याङ्जाली समाज युकेसंग मिलेर एनआरएनए युकेको बिशेष सहयोगमा २१ दिने सेसन्सको आयोजना गरेको हो।

जुम प्रविधिमार्फत संचालन गर्न लागिएको उक्त वेलनेश सेसन्समा १०० जनाले मात्र भाग लिनसक्ने भएको हुनाले आफ्नो सीट सुरक्षित राख्न संयोजक गुरुङले अनुरोध गरेका छन् ।
 




मतहरू

mptiqbdil

?? ???? ???????? ?????? ?????? ?????? ?????? amptiqbdil mptiqbdil http://www.g523fu22716dd713c4v14zmqltg9w5jms.org/ [url=http://www.g523fu22716dd713c4v14zmqltg9w5jms.org/]umptiqbdil[/url]

19mm Thick Marine Plywood Price

434036I33308881 19mm Thick Marine Plywood Price

1/2 Ratchet tool set

163471D940T6420 1/2 Ratchet tool set


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?