Friday January 22, 2021

घान्द्रुकमा स्कूल मेरो अनुभव : संस्मरण -२२

२५ पुष, २०७७ शीतलपाटीन्युज डटकम। 1690


घान्द्रुकमा स्कूल मेरो अनुभव : संस्मरण -२२

तोयानाथ पौडेल।
सस्थापक प्रधानाध्यापक,
मेश्रम बराह माबि, घान्द्रुक,कास्की।

स्कुलको लागि जमीन आर्जन-


स्कूलको एउटा चुनौती फेश गरी सकेपछि अर्को चुनौती आईनै रह्यो। स्कूलको काट्न वाँकि डाडा झाराले धेरै काटे र फालि सकेको थियो। अलिकति  काट्न वाकि रहेको डाडा मेलाईचेको काला कामीको टोलिलाई ठेक्का दिएर सकाइयो। स्कूलमा खेल मैदानको अभाव भयो। त्यो अहिलेको स्कूल भएको ठाऊमा भलिवल फुटवल त्यही ठाऊमा केटाकेटीहरु खेल्थे।‌त्यो भन्दा तलको लामो गरा माझ गाऊको  तेज वहादुरको र लेप्टेन कुल वहादुरको  थियो।स्कूलको ईन्टरभलमा केटाकेटी खेल्ने नै भए। वल खालि त्यो खेति गरेको गरामा गैरहने। अनि गालि मैले नै खानु पर्ने। यो हेडसरले प्रशासन गर्न सक्तैन। 'केटा कन्ट्रोलमा राख्न सकेन भन्ने मात्र सुन्न पर्ने। केटाकेटी खेल्ने नै भए। प्रेम,जुद्ध,क्षत्र, हरी, डिल जस्ता केटाहरुले वल हानेपछि त्यो खेति भएको गरामा गै रहने। कति समयमा त म आफै वसेर खेलाऊन पर्ने। कति दिन वल कुर्ने' पिटि मास्टका झै। केटाहरुलाई गालि कति गरेँ  गरेँ। अहिले सम्म पनि क्षेत्रले तपाईले पिटेको विर्शेको छैन सर भन्ने गर्छ भेटमा।

 


२०३६ सालको कुरा हो। वैशाखको हो जस्तो लाग्छ मलाइ, जनमत घोषणा भएको थिएन। स्कूल पछि सुवेदार अम्मरसिँको दोकानमा गएको थिएँ। वहाँले पर्शी काँडेबाट प्रोजेक्ट म्यानेजर लेग्लेन आउछरे मास्टर भन्नु भयो। त्यो समयमा काडेले अन्नवालीको विऊ विजन किसानलाई दिने, कृषकलाई तालिम दिने  कामहरु गर्थ्यो। मीन वहादुरजीको भनाई अनुसार  पहिला घान्द्रुकलाई यहाको अन्नले पुग्दैनथ्यो। पछि उनन्त जातको विउ विजनहरु आएर अन्न भण्डारै भयो भन्नु भएको थियो। वृटिस आर्मीको वसोवास भएको ठाऊ उनीहरुको सहयोगको लागि आएका होलान् प्रोजेक्ट म्यानेजर। उनी आउने कुरा थाहा पाए पछि मैले एउटा कल्पना गरे,अव उसलाई मालाले उठ्नै नसक्ने गरी लगाई दिन्छु भन्ने। हेलिप्याड वस्नको लागि त्यै गरामा वनाइएको थियो। मैले सवै विद्धार्थीहरूलाई एकएकले एकएक लाली गुराँसको माला अनिवार्य लिएर आऊनको लागि सर्कूलर गरेँ। सवै विद्यार्थीले माला लिएर आए। हेलीकप्टरको आउने वेलामा सवै विद्धार्थीहरूलाई लाइनमा राखेँ  अनुशासित तौर तरीकाका साथ। हेलीकप्टर आयो।लाल कुमारीले मलाई एउटा ठूलो गुथुमुले लाली गुराँसको माला दिइन्। म अगाडि वढेर माला पहिराई दिएर म्यानेजर साहेवलाई स्वागत अविवादन गरेँ। अनि छात्राहरुबाट माला,त्यसपछि छात्रबाट माला लगाउदै गर्दा मुन्टो ऊठाउनै नसक्ने गरी माला भयो।  मालैमालाले पुरीएका प्रोजेक्ट म्यानेजर आफ्नो टुटे फुटेको नेपालीभाषामा भने,"के भन्छ हेड मास्टर ? त्यसको उत्तरमा सु मे उपप्रधान पन्च अमरसिँजीले  भन्नुभयो। स्कूललाई यो जग्गा चाहियो रे"भनि दिनु भयो। म्यानेजरले शोध्नुभयो कति पर्छ? जग्गाधनी दुवै जना त्यही हुनुहुन्थ्यो। "२०,०००(वीसहजार) भन्ने आवाज सुनेपछि लौ त म दिन्छु भन्ने शव्द  म्यानेजरको  मुखबाट निक्ल्यो। त्यो शव्द बाहिर आए पछि  मैले ''म्यानेजर लेग्लेन जिन्दावाद"'  भन्दै सवैले कर्तल ध्वनीका साथ तालि बजाईयो। अनि म विध्दार्थी लिएर स्कूल आएँ। हेलीक्वप्टर उड्ने वेलामा हामी सवैले वाईवाई गर्यौ। म्यानेजर हाँस्दै गए। वहा फर्केपछि स्कूल समितीहरु सहित त्यहा जम्मा भएका  अविभावकहरु स्कुलमा जम्मा भयो। समितिको मिटिङ् उठाएर म्यानेजरलाई धन्यवादको प्रस्ताव पास गर्यौ कि भनेको मीनवहादुरजीले पछिको मिटिङमा पास गरौला भन्नु भयो। अमर वहादुरजीले भोलि नै पोखरा गएर स्कूलको जग्गा पास गर्ने भन्नुभयो। अमरसिँजीले भोलि तिमी र सचिव रुद्र वहादुर  पोखरा जाउ र जग्गा स्कूलको नाममा पास गरेर आउ  भन्नुभयो। वहाले गैहाल भन्न खोजेको कुरा मलाई थाहा थियो। जग्गा घनीका श्रीमतीहरूको जग्गा वेच्ने मन थिएन। त्यसै बीचमा  क्षेत्रीय अध्यक्ष मीन वहादुरजीले, म भोलि पोखरा जानुछ, पन्चायत सचिव रुद्र वहादुर म  सँग  हिडनु, स्कूलको प्याड र छाप लिनु साथै पन्चायतको पनि हेडमास्टर किन जानुपर्यो भन्नुभयो। भयोनी वावु जाने भए पछि, सवैले भने। वहाहरुको साथमा कुल वहादुर र तेज वहादुर जग्गा घनी पनि जानु भयो। जग्गा मेश्रम वराह  स्कूलको नाममा दर्ता गरेर वहाहरु आउनु भयो। मेश्रम वराहले प्रगतिको अर्को खुड्किलो चढ्यो।

 

जहाँ इच्छा उही उपाय। इच्छाशक्तिले उपाय पत्ता लगाउछ। इच्छा नै नभए उपाय आफै आउदैन। इच्छा शक्तिले उपाय कुना काप्चाबाट खोजेर ल्याउछ जस्तो लाग्छ मलाइ। वास्तवमा काम गर्ने हो भने यथार्थ व्यवहारको धरातलमा उभिएर काम गर्नु पर्छ। आफ्नो क्षमताको पनि विचार गर्नुपर्छ। क्षमता भन्दा वाहिर गए पनि काम वन्दैन। काम पनि प्राथमिकताका  आधारमा हुनुपर्छ। प्राथमिकताका भन्दा तल माथि भएमा कुनै पनि सस्थाको विकाश गर्न सकिँदैन भन्ने मलाई लाग्छ। समस्याहरू पहिला कोट्ट्याऊ अनि समाधानका उपाय खोजौ। हरेक समस्याको  समाधान पाइन्छ। मलाइ लाग्छ,आँखा चिम्लेर एक चित्त भएर चुनौतीको सामना गर्न अगाडि वढीएमा कुनै पनि समस्याको  समाधान भेट्टाउन सकिन्छ। आफूसँग भएको श्रोत साधन जनशक्ति परीचालन गरेर पनि समाजमा ठूलाठूला काम गर्न सकिन्छ। किनभने समस्याका समाधानहरू आकासमा खोज्न पर्दैन हाम्रै धर्तिमा पाइन्छ।

 


खेलकुद ग्राउन्ड को समस्या समाधान भयो। अर्को  समस्या अगाडि आईनै पर्यो। डाडा काटि सकेपछि  स्कूलको अगाडि छ्याङ्ङ भिरभयो।‌अरु तिन तिर  लोट्न गए पनि समस्या आउदैनथ्यो। दछिण अर्थात्  स्कूल अगाडि  बाट विद्धार्थी लोट्न गएमा वाच्ने पनि  कठिनै हुने ठाउ थियो। केइ गरी समस्या समाधान‌ गर्ने? ३६ वैशाखमा जग्गा किनीयो। चैत्र ८ तदनुशार  मार्च २१ का दिन 0waza  दोश्रो पटक आईपुग्नु भयो। जग्गामा केटा खेलेको देखेर मलाई जग्गा किन्यौ भनि शोध्नु भयो। हो भनेको मात्र थिए, झाम्म अगालो मार्नु भयो मलाई वधाई छ भन्दै। वहाले भलिवल वास्केटवल नेट, डोरी यस्तै खेलका सामान  सहित सवै विद्धार्थी लाई सिसाकलम, ईलेजर, कटर  यस्ता सामान विद्धार्थीलाई पुग्ने गरी लिएर आउनु भएको रहेछ। उहा र उहाका विद्धार्थीहरुलाई  राम्रो स्वागत अविवादन गरीयो। एकदिन दुईरात वसेर उनीहरु फर्के। खेलकुदका सामान भयो खेल्ने मैदान पनि भयो। अव तत्काल समस्या भनेको स्कूल अगाडिको पर्खाल। दुई दिनको 0zawaको वसाईमा  तामा गावाका विद्यार्थी र हाम्रा विद्धार्थी स्कूल अगाडिको चौरमा व्याड खेलेका थिए। खेल्ने क्रममा विद्धार्थी धन्नै तल खसेको त्यो दृश्य 0zawa ले देखेका रहेछन्। अनि त उनी म भएको ठाऊमा आएर भने थिए तिमी छिटो यो अगाडिको पर्खिल लगाउ। २०३७ वैशाख आयो। ओजवा गैसकेका थिए। देश राजनितीमा रुमल्यिएको थियो। समाज सम्वेदनशील भएको थियो। दुसित हावाले मानिसहरुको अनुशासनको वाध फुटि सकेको थियो। कसरी त्यो पर्खाल लगाउने? त्यो समयमा यो प्रश्न अगाडि उभियो। मलाई अव के गरी यो काम गर्ने भन्ने शोच आयो। अनि म उपप्रधान पन्चकोमा गएर यो समस्या राखेँ। स्कूल समितीलाई पनि राजनितीले मुन्टै उठाउन दिएन। अमर सिँ र वखतमालाई राजनीतिले धेरै कम छोयो। मुख्य सल्लाहसकार यिनै भए मेरा। एकदिन अमर वहादुर र मीन वहादुरलाई सँगसँगै भेटे। पर्खालको समस्याको वारेमा। अमरसिँसँग सल्लाह गर भन्नुभयो वहाहरुले।‌मैले त्यो कुरा राम्रोसँग अमरसिँसँग राखेँ। वहाले पख अहिले भन्नुभयो।

म कोटगाउ साहु कान्छा वुद्धी वहादुरको घरमा गएँ,उहा वडाध्यक्ष हुनुहुन्थ्यो।‌कृष्ण सर त्यही वस्थे। मैले कृष्णसरलाई सधै नै तिमी भन्ने गरेको थिएँ। उनीसहित वुद्धीसग स्कूलको पर्खालको वारेमा  छलफल गरेँ। वहाले अमरसिँ लाई भनिस् मास्टर  भन्नुभयो। वहाले यो भन्नाको कारण मलाई थाहा भैसकेको थियो। यदि उहासँग पन्चायतको पैसा भए पैसाले पर्खाल लगाऊने भन्ने वहाको आसय हो।अमरसिँ पैसाको मामलामा एकदम अतिनै इमानदार मान्छे, हिसाव कितावमा कुनैले पनि कुख उक्काउन सक्तैनथे। त्यस्ता ईमान्दार मान्छे प्राय भेटिँदैनन् , त्यस्तै वखतमान् पनि। अनि मैले माझगाउ टेक वहादुरजीलाइ भेटे। वहाको मुखबाट पनि त्यस्तै आयो। प्रेम वहादुरजीलाई राजनीति झनन लागेको थियो। डिलमान पोखरामा हुनुहुन्थ्यो त्यस समयमा।सुनहवहादुरसँग सल्लाह गरेँ वहालाई राजनीति लाग्दैन भने पनि हुन्थ्यो। तल झरेँ र दम वहादुर, कटक वहादुर, खुशिमान, रामेश्वरको वावा वीरवहादुर, रामेश्वर, सिँगराज,चन्दद्रवहादुर,भारति थाईला प्राय सवैसँगबाट जनमत लिएँ। अन्तमा पुन सिँगराज काहा गए। वहाको आगनमा चन्द्रवहादुरजी पनि हुनुहुदो रहेछ। त्यही एकछिन वसेर सल्लाह गरी रहेको थिएँ, दम वहादुर पनि आउनु भयो। लाल कुमारी पनि आइन् त्यही धेरैनै जम्मा भईयो। पर्खाल त अति नै आवस्यक छ भनिन् उनले। उनी पढ्दै थिइन् स्कूलमा। लामै समय  वसियो त्यहा।‌झारानै उठाउन पर्छ कि भन्नुभयो सिँगराजजीले। सवैले एकएक दिन गर्दा हुन्छ होला भन्ने जनमत तयार भयोत्यहा वस्नेहरुबाट। हिड्ने समयमा चिया त्यही खाएका थियौ हामीले।

लाल कुमारीले मलाई घरमै लगिन् र  भेराईटि खाना खुवाइन्। कक्षा नौमा मीनालाई साथि लिएर पढ्न आइन्। अनुशासित छात्रा थिइन्।त्यहाँबाट म अमरसिँ कहा नै आए र लौ अव के गर्ने? भन्दै गर्दा मीन वहादुर भेटिस् भन्नुभयो। वहा भेटिनु भएन भन्दा साहुलाई राजनीति लागेको छ भन्नुभयो। लौ त तिमी चिन्ता नगर केही भई हाल्दैन। म चिज, गोकुलदाइ सवै वरपर सल्लाह गर्छु, अहिले राजनीतिले मान्छे वौलाएको छ,  हुदो न खानो भन्नु भयो। म हिडेँ, वहाले सनिवारबाट झारा भनि कटुवाल घोखिई दिनुभयो। पहिलो दिन कोषगाउ अनि क्रमैसँग माझगाउ,क्याओथर, आडभाई थर, तल्लोगाऊ, डाडागाउ, गैरागाऊ। पर्खाल तयार भयो। निस्चिन्त  आनन्द भयो। सवै काम सजिलो हुन्थ्यो। यो पटक यो काम अलि असजिलो जस्तो भयो। यो सवै दुषित राजनीतिको असर हो। कम्पाउन्ड बनि सकेपछि  जवर्जस्ति काम सक्नु भयो हेडसरले भनेर कृष्ण सरले प्रतिक्रिया दिनुभयो।


क्रमस:




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?