Friday January 22, 2021

पोखरा उद्योग वाणिज्य संघको वाणिज्य तर्फको उपाध्यक्षमा अर्जुन पोखरेल, महासचिबमा बिजुक्छे विजयी

२६ पुष, २०७७ शीतलपाटीन्युज डटकम। 2100


पोखरा उद्योग वाणिज्य संघको वाणिज्य तर्फको उपाध्यक्षमा अर्जुन पोखरेल, महासचिबमा बिजुक्छे विजयी

सुदर्शन रंजित, पोखरा।

पोखरा, २६ पुष। पोखरा उद्योग वाणिज्य संघको वाणिज्य तर्फको उपाध्यक्षमा कोईराला प्यानलबाट वर्तमान महासचिव अर्जुन पोखरेल बिजयी भएका छन् ।

उनले सुवेदी प्यानलबाट वर्तमान कार्यकारिणी सदस्य सोवित पौडेल उमेदवारलाई हराउदै विजयी भएका हुन् ।

संघको महासचिवमा कोईराला प्यानलबाट वर्तमान कोषाध्यक्ष सुरेन्द्रमान बिजुक्छे बिजयी भएका छन् । उनले सुवेदी प्यानलबाट धनीराम बराललाई हराएका छन्।

त्यसै गरी कोषाध्यक्षमा कोईराला प्यानलबाट वर्तमान सदस्य बलराम आचार्य विजयी भएका छन् । उनले सुवेदी प्यानलबाट वर्तमान सदस्य तारानाथ ढुंगाना हराए ।

उपमहासचिब पदमा नारायण कोइराला प्यानलका केशबबहादुर खत्री विजयी भएका छन् । उनले विन्दु सुवेदी प्यानलका गृहलक्ष्मी ग्यास उद्योगका सञ्चालक धर्मराज बर्तौलालाई हराएका हुन् ।

खत्री विजयी भएको निवार्चन समितिले औपचारीक घोषणा गर्न भने बाकी छ। संघको ३३ औ महाधिबेशनमा २ हजार ३ सय ६५ मत खसेको थियो ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?