Friday January 22, 2021

सपना रोका मगरसंग मगर संघ युके केन्ट शाखाको अन्तरक्रिया सम्पन्न

२७ पुष, २०७७ शीतलपाटीन्युज डटकम। 1194


सपना रोका मगरसंग मगर संघ युके केन्ट शाखाको अन्तरक्रिया सम्पन्न

शीतलपाटीन्युज डटकम।
लण्डन। नेपाल मगर संघ युके,केंन्ट शाखाको आयोजनामा सपना रोका मगरसंग केन्ट शाखाको हालै अन्तरक्रिया सम्पन्न भएको छ। बिबिसी सेवाले सामाजीक अभियानमा राम्रो काम गर्ने १०० महिलाहरु भित्र सपना रोका मगर पनि उत्कृष्ट सामाजीक काम गर्ने महिलाहरुको छनौटमा परेकी छन्।

सपना रोका मगरसंग मगर संघ युके केन्ट शाखाले जुम मार्फत आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा
“सपानाले बिगतमा आफुले गरेको कामको छोटों जानकारी दिदै निरन्तर रुपमा भविष्यमा पनि समाज सेवामा लाग्ने क़ुरा बताएकी छन्। उनको उच्च शिक्षा हासील गर्ने चाहना रहेक़ो केंट शाखाको‌ भर्चुअल जुम ब्यक्त गरेको छन्।

शाखाका सचिव कमारे बूढ़ा मगरले संचालन गरेको सो जुम कार्यक्रममा शाखाका अध्यक्ष राम बहादुर पुनले अध्यक्षता गर्नु भएको थियो। Crematorium Technician, Social Activist सपना रोका मगरको अन्तरक्रिया कार्यक्रमका शब्दहरूबाट प्रभावित सबै उनको इच्छा अनुसार उनको उच्च शिक्षा हासील गर्ने चाहना रहे अनुसार केंट शाखाले सक्दो सहयोग प्रदान गर्ने क़ुरा मगर संघ युके केन्ट शाखाले अध्तात जनाएको छ। च्क्

सपनाको साहसिक समाजसेवाको मुल्यांकन गर्दै शाखाका बर्तमान सल्लाहकर टीकाराम रानाको सहयोगमा कार्यक्रममा उपस्थित गराई अन्तक्र्रिया गर्ने ब्यवस्था मिलाइएको थियो। सपनालाई मगर संघ युके केन्ट शाखाबाट मायाको चीनो र कदरपत्र प्रदान गरीयको थियो। यो उच्च शिक्षाको सपोर्टले समाजसेवीहरुको सम्मान भएको महसुस गरिएको छ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?