२८ पुष, २०७७
शीतलपाटीन्युज डटकम।
लन्डन। कोभिड-१९ संगै प्रवासमा रहेका नेपालीहरुमा आत्महत्याका घटनाहरु बढ्दै जाँदा गैरआवासीय नेपाली संघको स्वास्थ्यसमितिले एक अभिमुखीकरण तालिम आयोजना गरेको छ। विश्वव्यापी मृत्युको १५ औं कारकमा सुचिकृत आत्महत्या न्यूनीकरणकालागि समाजका अगुवाहरुले निर्वाह गर्नुपर्ने भुमिकाबारे आधारभुत प्रशिक्षण विषयगत बिज्ञ चिकित्सकहरुले सहजीकरण गरेकाथिए।
उक्त तालिममा मध्यपुर्वका कतार,युएई,साउदी अरब, ओमान लगायत मलेसिया, दक्षिण कोरिया,जापान,युके लगायत विश्वका श्रमगन्तव्य मुलुकहरुबाट नेपालीहरुले सहभागिता जनाएका थिए। जापानमा कार्यरत मनोचिकित्सक डा. विजय ज्ञवाली तथा नेपालमाकार्यरत डा. रन्जन थापाले नेपालबाट झन्डै चार घन्टा भर्चुअल विधिबाट प्रशिक्षण दिएका थिए। नेपालमा बर्सेनि ६ हजारभन्दा बढीनेपालीहरुले आत्महत्या गरेको तथ्य सार्वजनिक गर्दै विगत वर्षहरुको तुलनामा आत्महत्या दर बढदै गएको र यसको रोकथामकालागि समाजका अगुवाहरुले निर्वाह गर्नुपर्ने जिम्मेवारीबारे प्रशिक्षण दिइएको थियो।
वैदेशिक रोजगारीको क्रममा परदेशमा रहेका नेपालीहरुले आत्महत्या गर्ने क्रम बढदै गएकोले यसका कारण र रोकथामका लागिसामाजिक संस्थाहरु, अभियन्ताहरु, पत्रकारहरुले समस्या समाधानमा जिम्मेवारीपुर्वक काम गर्न सुझाइएको थियो ।
एनआरएनए स्वास्थ्य समितिका संयोजक डा. संजीव सापकोटाले कोभिड-१९ का कारण विदेशमा रहेका नेपालीहरुमा मानसिकस्वास्थ्य सम्बन्धि समस्या देखिएको र आत्महत्याका घटनाहरु पनि बढेकाले संघले यस्तो प्रशिक्षण कार्यक्रम शुरु गरेको बताए।
उनले यो प्रशिक्षण जारी नै रहेको र प्रशिक्षण लिन इच्छुक व्यक्तिहरुले [email protected] मा इमेल पठाएर सम्पर्क गर्नसुझाव दिए। शुक्रबार मात्रै बेलायतमा एक ३२ वर्षीय लोकप्रिय गायकले आत्महत्या गरेका छन् भने केहि दिन अघि पोर्चुगलमा अर्कानेपाली युवाले आत्महत्या गरेको खबर आएको थियो।
गत एक वर्षमा नेपाल बाहिर कम्तीमा १० जना नेपालीहरुले आत्महत्या गरेको आफुहरुलाई जानकारी आएको समितिले जनाएकोछ।