२९ पुष, २०७७
शीतलपाटीन्युज डटकम।
लण्डन । लण्डनमा बसोबास गरी सेफ काम गर्दै रहेका काठमाडौं स्थायी घर भएका एक ३५ वर्षीय नेपाली विक्रम केसीको आइतबार राति करिब साढे १० बजे लन्डनको इस्टकोट रेल स्टेसन अगाडि हत्या भएको छ। उनी आफ्नो घर नजिकैको ‘सोसल ढाबा’ रेस्टुरेन्टमा काम गर्दथे। कामबाट फर्कँदै गर्दा एक युवाले कुटपिट गरेपछि उनको घट्नास्थलमै निधन भएको समाचार छ।
प्रहरीले कुटपिट गरि केसीको हत्या गर्ने युवकलाई नियन्त्रणमा लिइसकेको छ। नियन्त्रणमा लिइएका युवकको पहिचान प्रहरीले खुलाइ सकेको छैन। एनआरएनए युरोप उपसंयोजक समेत रहेका तिमल्सेनाका अनुसार, केशीले आफ्नो श्रीमतीलाई फोन गरेर म ५ मिनेटमा घर आइपुग्छु भनेका रहेछन्। आधा घण्टासम्म पनि श्रीमान नआएपछि श्रीमती स्टेशनतिर निस्कंदा प्रहरी र एम्बुलेन्स आइसकेका रहेछन् । प्रहरीसंग आफ्ना पतिबारे सोधखोज गर्दा प्रहरीले उनको हत्या भएको पुष्टि गरेछन। झगडा बारे प्रहरीले अनुसन्धान गरिरहेको स्थानिय सञ्चार माध्यमहरूले जनाएका छन।
नेप्लिज सेफ एसोसिएसनका संरक्षक एवम पुर्व अध्यक्ष तथा एनआरएनए युरोप उपसंयोजक कृष्ण तिमल्सेनाले केसीको निधनमा गहिरो दुःख व्यक्त गर्दै सामाजिक संजालमा सार्वजनिक गरेका छन। उनकै पहलमा केसी बेलायत आएका थिए।
घटना बारे नेप्लिज सेफ एसोसिएसन युकेले भ्रत्सना गरेको छ। सेफ एसोसिएसन युकेका अध्यक्ष दधि आचार्यले केसीको हत्याराले कडा भन्दा कडा सजाय पाउनु पर्ने र पीडितलाई क्षतिपुर्ति दिन संस्थाबाट पहल गर्ने जानकारी दिनुभएको छ। कोरोनाका कारण प्रत्यक्ष भेटघाट हुन नपाए पनि संस्थागत वा व्यक्तिगत सहयोगका लागि पहल भैरहेको आचार्यको भनाई छ।
मृतक केसीको साथमा लण्डनमा श्रीमती तथा भाइ बुहारी समेत रहेका छन।