Saturday May 08, 2021

पोखरा म्याराथनका लागि जेन मार्शल आर्ट एकेडेमी यूकेबाट ५० हजार सहयोग

२९ पुष, २०७७ शीतलपाटीन्युज डटकम। 1364


पोखरा म्याराथनका लागि जेन मार्शल आर्ट एकेडेमी यूकेबाट ५० हजार सहयोग

शीतलपाटीन्युज डटकम।
पोखरा, नेपाल। नेपाली अग्रज खेलाडीहरुको छाता संस्था भूतपूर्व खेलाडी मञ्च नेपालले आयोजना गर्ने पोखरा म्याराथनका लागि सहयोग आउने क्रम शुरु भएको छ ।

 


आगामी फागुन १ गते शनिवार पोखरामा आयोजना हुने “१५ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन”का लागि जेन मार्शल आर्ट एकेडेमी यूकेले नगद रु ५० हजार सहयोग गरेको हो। त्यसै म्याराथनलाई भव्य रुपमा सफल बनाउन सहारा हङकङले समेत २५ हजार सहयोग गर्ने भएको छ।

 


मञ्चले आयोजना गरेको स्वागत कार्यक्रममा एकेडेमीका सञ्चालक तथा तेक्वान्दोका सिनियर प्रशिक्षक इन्द्र गुरुङले नेपालको जेठो र गरिमा बोकेका पोखरा म्याराथन अभियानमा साथ दिन पाउँदा आफू निकै गौरवान्वित भएको बताउनु भयको समाचार छ। उहसले १५ औं सस्करणको सफलताको शुभकामना व्यक्त गर्दै ५० हजार सहयोग गर्ने घोषणा समेत गर्नु भएको समाचार छ ।

सोही अवसरमा मञ्चका आजिवन सदस्य समेत रहेका सहारा हङकङका अध्यक्ष दिपक गुरुङले १५ औं सस्करणको पोखरा म्याराथनका लागि २५ हजार सहयोग गर्ने घोषणा गर्नु भएको छ । कार्यक्रममा मञ्चका आजिवन सदस्य कृष्ण गुरुङले पोखरा म्याराथनलाई सफल बनाउन आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनु भएको छ ।

मञ्चले आयोजना गरेको कार्यक्रममा अध्यक्ष तेज गुरुङ,संस्थापक अध्यक्ष खड्ग बहादुर रानाभाट, उपाध्यक्ष दिल बहादुर गुरुङ, महासचिब खेम बहादुर गुरुङ,कार्य समिती सदस्य योगेन्द्र बहादुर वस्नेत लगाएतले हालै मातृभूमी आउनु भएकस दानवीर उहाहरुलाई स्वागत गर्नु भएको थियो।

स्रोत:पोखरा स्पोर्टस।




मतहरू

MyronNip

dating sites for over 50 dating sites free no registration

Javiercophy

tinder dating app , what is tinder tinder sign up


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?