२९ पुष, २०७७
शीतलपाटीन्युज डटकम।
काठमाडौं। नेपाल पुर्व प्रहरी संगठनको १०औ महासम्मेलन हालै काठमाण्डौमा सम्पन्न भएको छ। पुर्व नेपाल प्रहरी संगठनका संरक्षक एवम पुर्व प्रहरी महानिरीक्षक ध्रुव बहादुर प्रधानले पानसमा बत्ती बालेर समुद्घाटन गरेको दशौ सम्मेलन नवौ कार्यसमितीका अध्यक्ष रहनु भएका पुर्व एसएसपी बसन्त राज कुवर १० औ महासम्मेलनबाट अध्यक्षमा दोस्रो पटक निर्बिरोध निर्बाचित हुनु भएको छ।
अध्यक्ष कुँवर रहेको १८ सदस्यीय सो समितिमा सबै निर्बिरोध निर्बाचित भएको कुरा अध्यक्ष कुँवरले बताउनु भएको छ। उपाध्यक्षहरुमा रुपसागर मोक्तान, बिनोद सिह,नारायण गिरि, गीता उप्रेती, महासचिव राधिका खड्का र रोवर केशी,उपमहासचिवमा दिल्ली सिह पाण्डे र प्रलाद घिमीरे, कोषाध्यक्ष मिश्रा देवि कार्की,सहकोषाध्यक्ष प्रज्वल बिक्रम कुँवर र सदस्यहरुमा बटुक कृष्ण कसपाल,राम बहादुर भण्डारी,चन्द्र प्रसाद अधिकारी,मान बहादुर केसी,राम प्रसाद थपलिया,भिम बहादुर थापा, गुन्जमान राइ रहनु भएको छ।
पुर्व नेपाल प्रहरी संगठनको अध्यक्षमा कुँवर आएदेखि धेरै सुधार भएको र पुर्व प्रहरीबाट देशमा गरेको योगदानको चर्चा गर्दै शसक्त संगठन बनेको छ। आफै हरेक जिल्ला पुगी पुर्व प्रहरी संगठन बिस्तार गरी पुर्व प्रहरीको मनोबल उच्च बनाउन गरेका प्रयास ले आज मुर्त रुप लिएको छ।
बहालमा रहदा आफ्नो तलबबाट आर्थिक सहयोग गर्ने पुर्व प्रहरीहरुको अधिकारका लागि अस्पताल सुबिधा,स्कुल सुबिधा,पेन्सन पट्टा जमानी राखी उद्योग धन्दा संचालन गर्ने जस्ता लोकप्रिय काम गर्नु भएका अध्यक्ष कुवरले राज्यलाई पुर्व प्रहरीको अनुभव शेयर गराएर Expert Service दिन सक्ने संस्था वनाउने योजना रहेको बताउनु भयको छ।