Thursday June 01, 2023

नेकपाका केन्द्रीय सदस्य चन्द्र रिजाल युवा पर्यटन व्यवसायीद्वारा सम्मानित

१ माघ, २०७७ शीतलपाटीन्युज डटकम। 6785


नेकपाका केन्द्रीय सदस्य चन्द्र रिजाल युवा पर्यटन व्यवसायीद्वारा सम्मानित

शीतलपाटीन्युज डटकम।

काठमाडौं, १ माघ । हालै नेकपाका केन्द्रीय सदस्यमा मनोनित भएका पर्यटन व्यवसायी चन्द्र प्रसाद रिजालको सम्मानमा नेकपा समर्थक युबा पर्यटन व्यवसायीले बधाई तथा शुभकामना कार्यक्रम आयोजना गरेको समाचार छ । व्यवसायीहरुले विहिवार होटल यात्रीको हलमा बधाई कार्यक्रम गरेको हो। सो अवसरमा अधिकांश युवा पर्यटन व्यवसायीहरुले पार्टीले चन्द्र प्रसाद रिजाललाई केन्द्रीय सदस्य बनादाँ,पर्यटन ब्यबसायीहरु अझै धेरै उत्साहित भएको र पर्यटन क्षेत्रका नेतालाई पनि पार्टिले न्याय गरेको आभाष गरेको बताएका छन्।

 


युवा बर्गलाई यसबाट नेकपाको सँगठन प्रति अझै जिम्मेवारी बन्न प्रेरित गर्ने पनि उनीहरुले उल्लेख गरेका छन्। कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य चन्द्र प्रसाद रिजालले भाबुक मन्त्यब्य दिदै सबै साथीहरुलाई एकजुट हुन आग्रह गरेका छन्। युवा पर्यटन ब्यबसायीले गरेको माया र सम्मानको लागी धन्यबाद दिदै सँगठनलाई गतिशिल र ब्यबसायीमुखी बनाउन जिम्मेबार भएर अघि बढन पर्ने सल्लाह समेत दिए ।

 


रिजाल विद्यार्थी राजनितीबाट आम पर्यटन ब्यबसायीमा पहिचान बनाएका पर्यटन ब्यबसायी हुन धादिङका चन्द्र प्रसाद रिजाल। पारिवारिक गुजाराको लागी केही न केही काम गर्नुपर्ने बाध्यता सबैमा रहन्छ, उनीमा पनि त्यही परिबन्ध माझ रुमल्लिरहेका थिए। यहि नै परिस्थिती माझ पर्यटन क्षेत्रमा कार्यरत साथीभाईको सँगतले उनलाई पनि यसै क्षेत्रमा आकर्षित गर्यो। रिजाल भन्छन् "म मा सामाजिक न्याय र उत्पिडनको बिरुद्दमा आवाज उठाउने स्वभाव थियो,२०५३ साल तिर माओबादी समूहको डर त्रास सुरु भयो,काङ्गेसको समुह पर्यटनमा सँगठन बनाउन तिर लागे तर पुर्ब एमालेको क्रियाकलाप सुस्त थियो"।

 


विगतको अवस्था बारे स्मरण गर्दै उनले भने "सँगठित नहुदाँ अप्ठ्यारो महशुस हुन थाल्यो,मनमा चसक्क बिझ्यो र राजेन्द्र प्रसाद सापकोटाको सहयोग लिई सँगठन निर्माणमा म अहोरात्र खटिए,त्यसताका हामीले काठमाण्डौको पर्यटन क्षेत्रमा लागेका अग्रज होस वा समकक्षी खोजीखोजी सदस्य बितरण गर्ने काम गर्याै। यसैको फलस्बरुप हामी आज स्थापित सँगठन भएका छाै।" हो उनले भने झै संगठन निर्माणमा चन्द्र प्रसाद रिजाल सफल भएका छन् । एक कुशल संगठक मात्र होईन उनी साधारण ब्यक्तित्व र सँगठनका ब्यक्तिलाई पर्दा सहयोग गर्न जहिले नि आतुर हुने अगुवामा गनिन्छन्। उनी भन्छन् "पार्टिको जीवनमा अनेक हण्डर खानु पर्यो,आफु भन्दा जुनियर अघि बढदा र आफु पछि पर्दा चसक्क हुन्थ्यो। तर मैले ईमान्दारिता र बफादारितामा देखाउदै अघि बढे। पार्टीले दिएको जिम्मेबारीमा एक ईन्च पनि तल माथी हुन दिईन।" नेकपा ( के. पी.) प्यानलका केन्द्रीय सदस्य चन्द्र प्रसाद रिजालले आफ्नो अनुभव यसरी बताएका छन्।

नेपाल सुन्दर र रमणिय छ, पर्यटकीय छ। नेपालको बिकास पर्यटनबाट बढी सम्भावना छ तर गर्न पर्छ। सिंगापुर जस्तो स्विजरल्याण्ड जस्तो बनाउछु भनेर मात्र हुदैन। हामी अठोटका साथ काम गरौ।
 



सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?