४ माघ, २०७७
शीतलपाटीन्युज डटकम।
रिडीङ, लण्डन। पासा पुच गुठी यू के रिडिङ्गको दशौ वार्षिक साधारण सभा भर्खरै भर्चुअल प्लाट्फर्म मार्फत सम्पन्न भयो। गुठीका अध्यक्ष्य जानकी कायस्थको अध्यक्ष्यतामा भएको सो साधारण सभामा गुथीले बर्ष २०१८-२०२० मा सन्चालन गरेका गतिबिधीहरुलाई अनुमोदन गरेको थियो।
नेवारी परम्परा र संस्कृतिको बेलायतमा रहेका नेवारी लगायत अन्न्य समुदायमा सम्बर्धन तथा प्रबर्धन गर्ने उदेस्यले स्थापना भएको पासा पुच गुठी यूके बेलायतको कानुन अन्तर्गत च्यारिटी कमिसनमा दर्ता भएको ट्रष्ट हो। लण्डन्,साउथ इष्ट लण्डन् , अल्डर्सट, स्कट्ल्यान्ड, वेल्स र रिडिङ्ग गरी ६ वटा यसका च्याप्टरहरु छन्। पासा पुच गुठी यूके केन्द्रिय समन्वय समितीका अध्यक्ष्य वजेश सिङ्ग डङ्गोलको प्रमुख आतिथ्य तथा गैह्र आबासिय नेपाली संघ बेलायतका उपाध्यक्ष्य रोजिना प्रधान राईको बिशेष आतिथ्यमा सम्पन्न सो भेलाले आगामी २ बर्षको लागि १९ सदस्यीय कार्यसमिती निर्बिरोध चयन गरेको छ ।
केही पदहरु बाहेक सबै पदहरुमा अध्यक्ष्य लगायत गत कार्यसमिती कै पदाधिकारीहरु नै दोहोरिएका छन। सो अनुसार अध्यक्ष्यमा जानकी कायस्थ, उपाध्यक्ष्यमा दिब्य महर्जन,महासचिवमा रजनी श्रेष्ठ सचिवमा सुधांशु मल्ल,कोषाध्यक्ष्यमा लक्ष्मण श्रेष्ठ र सदस्यहरुमाअप्सरा श्रेष्ठ, बबी श्रेष्ठ,बिना श्रेष्ठ,डिल्ली श्रेष्ठ,हिना श्रेष्ठ,ललिता श्रेष्ठ,मैना तुलाधर,मेनुका श्रेष्ठ , नीलम श्रेष्ठ, रोजी श्रेष्ठ,साबित्र श्रेष्ठ,सजना नकमी,सुबर्ण श्रेष्ठ र सुश्मा प्रधान रहेका छन्। नयाँ कार्यसमिती चयनको लागि पूर्व अध्यक्ष्य राजेन्द्र श्रेष्ठ, सुदर्शन श्रेष्ठ र रमेश श्रेष्ठ रहनु भएको ३ सदस्यिय निर्वाचन समिती गठन गरिएको थियो।
गुठीले यस्तो बिषम परिस्थितीमा पनि म्ह पूजा, कुची भोय, योमरी पुणी जस्ता वार्षिक कार्यक्रमहरु लगायत रन्जना लिपीको तालिमहरु सम्पन गरेको प्रतिबेदन प्रस्तुत गरेका थिए। प्रमुख अतिथी केन्द्रिय अध्यक्ष्य वजेश सिङ्ग डङ्गोलले रिडिङ्ग गुठीले केन्द्रमा गरेको समन्वय र महामारीको समयमा केन्द्रले स्थापना गरेको हेल्प लाईनमा पुर्याएको सहयोग प्रती आभार र धन्यवाद दिनु भएको थियो ।
यसै गरी बिशेष अतिथी रोजिना प्रधान राईले नेपालको गौरवशाली नेवा संस्कृतिको बिदेशमा रहेर पनि प्रबर्धन गर्न पासा पुच गुथी यू के रिडिङ्गले गर्दै आएका गतिविधिहरू ज़्यादै सर्हानीय रहेको बिचार ब्यक्त गर्नु भएको थियो ।
पासा पुच गुथी अल्डर्सटका अध्यक्ष केसव श्रेष्ठ,पासा पुच गुथी रीडिङ्गका सल्लाहकार डा सन्तोष प्रधान,दिपेश श्रेष्ठ,यादव श्रेष्ठले निबर्तमान समितीलाई सफल पुर्वक कार्यकाल सम्पन्न गरेकोमा बधाई र नयाँ कार्यसमितीलाई शुभकामना दिएका थिए ।
गुथीले सन्चालन गरेका गतिबिधी को श्रब्यदृश्यको लागि कृपया यस् लिन्कमा क्लिक गर्नु होला: https://www.facebook.com/ppgukreading/
र गुठीको बर्य उप्डेट पाउनको लागि यो लिन्क्मा क्लिक गर्नुहोला ।
https://www.ppgukreading.org
https://ppgukreading.org/2021/01/02/annual-general-meeting-2021