४ माघ, २०७७
शीतलपाटीन्युज डटकम।
काठमाडौं २०७७ पुष। सशस्त्र प्रहरीका पूर्वआइजीपी सिंघबहादुर श्रेष्ठको शब्द रहेको "एक्लै एक्लै सूदुर यात्रामा" नामक गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ। नेपाली गीत संगीतप्रति निकै मोह राख्ने श्रेष्ठ आफै पनि गितार बजाउन निपूर्ण छन् ।
पूर्वआइजीपी श्रेष्ठद्वारा निकै पहिला रचित गरेको उक्त गीतमा गायिका अञ्जली राईले स्वर दिएकी छन् भने कल्याण थापाको संगीत रहेको छ ।
दरबारमार्गस्थित रहेको किङ्स लाउन्जमा सामान्य कार्यक्रमबीच शुक्रबार सार्वजनिक गरिएको उक्त म्यूजिक भिडियोमा कशिस दाहाल,बिवेक शाह र बर्षा (आरएल) राणालाई फिचरिङ गरिएको छ।
म्यूजिक भिडियोलाई संजय पाण्डेले निर्देशन र छायाँकन तथा सम्पादन राजेन्द्र पाण्डेले गरेका हुन।
(सीटीजनपोष्ट)
भिडियो: