५ माघ, २०७७
कृष्ण गुरुङ, लण्डन।
२००८ को विश्व आर्थिक धराशायीको बिकल्पमा अदृश्य व्यक्ति, संस्थाले बिट्कोइन कोड (७ पेजको ह्वाइट पेपर) बनायर केहि व्यक्ति अनि सस्थाहरुलाइ पठाए पछि, बिस्तारै बिट्कोइनको सम्भावना र यो नै अब नयायुगको नया डिजिटल पैसा हुने कुराको समाचार इन्टरनेटमा आगो जसरि फैलियो।
शुरुमा कोडरहरु, अनि टेक्नोलोजी फिल्डकोहरु, एन्जेल इन्वेस्टरहरु, रिस्क टेकरहरु, entrepreneur हरुले बिट्कोइनलाइ बुझ्न थाले। आज २०२१ सम्म आइ पुग्दा १ सेन्ट्सको बिट्कोइन $४२००० सम्म पुगी सकेको छ। बिट्कोइनको साथसाथै अन्य ८००० कोंइन (टोकन) हरु किनबेच हुने गरेको बजारमा देखिएको छ।
के बिट्कोइन साचो हो?
हो यो साचो हो, म पहिलो ग्लोबल बिट्कोइन कन्फरेन्समा जादा मैले पनि यो सत्य होइन जस्तो लाग्थ्यो। किनकि यसको देखिने कोहि फ़ाउण्डर, CEO, नत यसको कस्टमर सर्भिस छ, न अफिस नै छ। बस कोड, इन्टरनेट, बिश्वास अनि १२ बर्ष को यो अबधिमा विश्वबजारमा ल्याएको धमाकाले अहिले बिट्कोइनलाइ १ ट्रिलिएन डलरको मार्केट बनाई दिएको छ। आज विश्वको ठुलो ठुलो हेड्ज फण्ड अनि बिलिनिअरहरुले पनि यस्मा लगानी गर्न शुरु गरि सकेका छन्।
म फाइनान्सियल अड्भाइजर होइन, मेरो ६-७ बर्ष को अनुभबको विश्लेषण तल प्रस्तुत गर्दछु।
सम्भाबनाहरु :
१ नया मार्केट, मुल्य बढ्ने क्रम बढ्दै।
२ थोरै लगानी ले धेरै आम्दानी ( विचार गर्नुस १० बर्ष अगाडि तपाईले १०० पाउन्ड लगानी गर्नु भएको भए आज milions हुने थियो )
३ आफ्नो ब्यांक आफै, कमिसन फ्री।
४ Decentralized ( बिचौलिया नै छैन)।
५ इन्टरनेट मनि।
६ ब्यांक account नचाहिने बस मोबाइल अनि इन्टरनेट काफी।
७ कसैलाइ विश्वास गर्नु नपर्ने (बस technology लाइ बिश्वास गरे हुने)।
८ कुनै पनि ठाउँबाट किन बेच गर्न पाइने
९ अन्य थुप्रै फाइदा।
चुनौतीहरु :
१ यो नया मार्केट हो त्यसैले लामो इतिहास नहुनु ।
२ एकदमै चलायमान, बिट्कोइन एकै दिनमा ३०-७०% बढ्ने र घट्नु सामान्य।
३ धेरै स्क्याम अनि ह्याकर।
४ रिस्की।
५ बिश्वका प्राय देश अनि ब्यांकहरु यसको बिरुध्दमा।
६ शुरुमा बुझ्न समय लाग्ने।
७ टेक्निकल।
८ आफु नै ब्यांक।
९ लगानी हराउने डर।
अन्तमा:
यो एकदमै नया मार्केट भएको र छोटो समयमा थुप्रै मिलिनियरहरु जन्माएकोले धेरैले सजिलै पैसा कमाउन सकिने भनेर बिना अध्ययन गरि लगानी गर्दा धेरैले लगानी डुबाएको छ। बिट्कोइनको नाममा प्रत्येक हप्ता कमाइने जस्तो पोंजी स्किम, नेटवर्क मार्केटिङ्ग, ICO हरुमा धेरैले लगानी गरि दुबाएको र म आफै पनि उक्त स्क्याममा परेर अनुभब गरेको छु।
त्यसैगरि तपाइलाई राम्रो थाहा नहुदा ह्याक हुने, गलत वालेटमा पठाउदा कोंइन गलत सेन्ड गरियो भने हराउने सम्भावना हुन्छ।
त्यसैले ,
बिट्कोइन र क्रिप्टोमा लगानी गर्दा केहि समय अध्ययन गर्दै बिशेस कुन एक्स्च्यांजमा किन्ने, कसरि सुरक्छित राख्ने, कसरि बेच्ने ( ट्रेड अनि इन्वेस्ट ), बिट्कोइन जस्तै ८००० भन्दा धेरै कोंइन छ त्यो भनेको के हो? कसरि राम्रो कोंइनमा लगानी गर्ने , कसरि बुझ्ने आदि इत्यादी जानेर मात्र किन्न पर्दछ।
मेरो आफ्नै ६-७ बर्षको अनुभब ( राम्रो अनि नराम्रो ) लाइ बिगीनर लेवेल क्र्यास कोर्स २४ जनवरी आइतबारमा गर्दैछु। आउनुस बिट्कोइन र क्रिप्टोबाट आर्थिक स्वतन्त्रता हासिल गरौ।