Thursday March 04, 2021

बेलायतका लागि नेपाली  राजदूत लोकदर्शन रेग्मी नियुक्त

५ माघ, २०७७ शीतलपाटीन्युज डटकम। 1541


बेलायतका लागि नेपाली  राजदूत लोकदर्शन रेग्मी नियुक्त

शीतलपाटीन्युज डटकम।
लन्डन । बेलायतका लागि छनौट भयका नेपाली राजदूत लोकदर्शन रेग्मीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार बेलायतको राजदूतमा नियुक्त गरेको समाचार छ। राष्ट्रपति कार्यालयले एक वक्तव्य जारी गर्दै राष्ट्रपतिले नेपालको संविधानको धारा २ सय ८२ अनुसार अनुसार मन्त्रीपरिषदको सिफारिशमा रेग्मीलाई बेलायतका लागि आवासीय राजदूतमा नियुक्त गरेको जनाइएको छ।

गत असोज १६ गते राजदूतमा सिफारिश गरिएकोमा सार्वजनिक सुनुवाईपछि संसदीय सुनुवाई समितिले रेग्मीलाई अनुमोदन गरेको थियो। बेलायतका लागि राजदूत नियुक्त रेग्मीले आफ्नो कार्यकाल  पूरा गरेका राजदूत डा दुर्गाबहादुर सुवेदीलाई बदली  गर्नेछन्।

बेलायतका नवनियुक्त राजदूत रेग्मी नेपाल सरकारको मुख्यसचिव थिए र मुख्य सचिबवाट राजिनामा दिएपछि मन्त्रीपरिषदबाट राजदूतमा सिफारिश भएका थिए। स्याङ्जा जिल्ला घर भएका रेग्मीले निजामती सेवामा लामो समय सेवा गरेकाछन। त्यसअघि उनले गृह, अर्थ, भौतिक योजना लगायत महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी पनि सम्हालेका थिए ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?