Sunday April 11, 2021

साहित्यकार लाल सुन्दर राईका केही अनुभव

८ माघ, २०७७ शीतलपाटीन्युज डटकम। 1127


साहित्यकार लाल सुन्दर राईका केही अनुभव

गोमा राना, लण्डन।

भनिन्छ साहित्य एक समाजको ऐना हो ।साहित्यमा समाज भित्रका देश बिदेशका कुरा अनि आफ्नो ब्यक्तिगत अन्तरात्माका अनुभुति, कुराहरु पनि छर्लङ्ग देख्न र देखाउन सकिन्छ।

आज म यस्तो ब्यक्तिसङ्ग कुरा गर्न गैरहेको छु कि साहित्यमा के कसरी होमिन पुग्नु भयो, साहित्यलाइ कसरी अगाली राख्नु भएको छ यतिमा मात्रै केन्द्रित नभै थुप्रै कुरामा बातचित हुनेछ। नाम जसो सुन्दर उस्तै मन पनि सुन्दर ब्यक्तित्व लामो समय देखि साहित्य क्षेत्रमा प्रबल ब्यक्तित्व गीतकार कवि र अहिले विश्व नेपाली साहित्य महासंघ दक्षिण पश्चिम शाखाका अध्यक्ष श्री लाल सुन्दर राईजीसङ्गको कुराकानी अब वहाँकै मिठो शैलीमा आफ्नो भनाइहरु सुन्न र जान्न तर्फ लागौं।

दाजु नमस्कार झोर्लाङ

गोमा बहिनी, झोर्ले नमन!

बैनी संगको यस भेटघाटका लागि धन्यवाद !


१. हाम्रो कुराकानीको प्रारम्भमा दाजु तपाईंको छोटो परिचय दिनुहोस न।

सामातुँ गाँउ,जिल्ला दिक्तेल-खोटाङ बासी तर जमूना टोल धरान हुंदै काठमाण्डु र हाल बेलायत स्थित स्विन्डनमा ईश्वरको अनुग्रहमा अहिले सम्म Covid- 19 बिश्वउघ्र कोरोनाले बोनश दिएको जिन्दगी भोगेर बाँचीरहेकोः

२. साहित्यमा कसरी लाग्नु भयो ? तपाईं लाई के कुराले साहित्य प्रति प्रेरित गरायो ?

हरियाली गाँउ पाखा पखेरूमा जन्मी गाँउकै खोला नाला झरणा मुनी शैसब्ता पोती हुर्कन पाउनु सौभाग्यशाली जीवन हो। जहां स्वोर्गै सजाएर रमाऊने भावनामा जिउने कल्पनाभित्र वास्तविक यापणभने अभागीले गुमाउनु र गरीवले संघर्षमा पौडी जीवनको गन्तब्यतिर लम्कने प्रयत्ननै प्रेरणाका श्रोत थिए क्यार बैनी।

३.साहित्य के हो तपाईंको परिभाषामा र यस्लाई कसरी लिनुहुन्छ?

आफ्नो मौलिक भाषामा जीवान्त भावना उनिएका लेखन वा प्रश्तूत पर्दापण बाट फक्रिएका हजारौं थुँङ्गाहरू झुमीने फूलवारी साहित्य हो जस्तो लाग्छ बैनी।

४. कस्तो अवस्थामा तपाईंलाई लेख्न अथवा तपाईंको भावना फुर्छ?

चक्षु संन्मूख प्रकृर्ति उदाई जिस्की दिंदा, मिलन बिछोडका सँध्या र बिहानी उषा बादलको घूम्टोभित्र मुहार छिपाएर बिलीन हुंदाका मार्मिक मर्म र छहरा पहरा पखेरू तलमा आमाको अमेट मुहार उदाई न्यानो ममताको बक्ष्यको स्वोर्गीय सुखद अनुभूतिभित्र रमाई परम आनन्दमा तैरिएर बाँची रहदाका थोरैपलहरू मै केही त फूरेका थिए क्यार बैनी।

५.बेलायतमा अहिले विनेसाम को दोस्रोपटकको पनि अध्यक्ष हुनुहुन्छ । विनेसाम को स्थापना कहिले भएको हो?

बिश्व नेपाली साहित्य (बिनेसाम) पश्चिमा शाखा, ४ मे महिना २0१८ सालमा मेरै अध्यक्षतामा स्थापना भएको थियो।

६. यो सँस्था स्थापना गर्नुको मुलधार मुख्य उद्देश्य के हो?

साहित्य भावनामा फूलदछ, फुलाईन्छ र सजाईन्छ। यही हो यो सँस्थाको सानो उद्देश्य । बिशेषगरी भावनामै कथा उनिन्छ र फूलहरू फूलाईन्छ प्रवासमा पनि। दार्जीलिंङ पहाडकी रानी हाम्रो नेपालको भूमि थियो। तर हाम्रो र हाम्राहरू प्रवास र प्रवासी बिखण्डको अनुभूतिमा प्रश्फुटित गीत तत्कालीन राजा महेन्द्रको भ्रमणको अवसरमा स्वोर्गीय श्रीअम्वर गुरूज्यूको कहिल्यै बिलीनभै नअन्तिने गीतः

👉नौलाख तारा उदाए👈

प्रस्तुत हुंदा तत्कालिन मौसूफ महेन्द्रको छाति छियाछिया भएको थियो।

दार्जीलिंङ प्रवासीहरूका क्रन्दन तर आज त्यही मार्मिक रोदन, बेलायती प्रवासीको जीवान्त बर्तमान बनेको छ बेलायतमा। याहा राख्न चाहें जुन गीतमा बिश्वभरिको प्रवाशीहरूका रोदन प्रस्फुटन भएको हुन्छ।

हो.......

नौलाख तारा उदाए

धर्तीको अकाश हाँसेछ

शरद लाग्यो वनमा

फूलले प्रिती गाँसेछ

नजली यहां झिलीली

मनको तारा निभेछ

गुराँश फूल्यो पहाडमा

मनको फूल निभेछ

नसँझ आज (गोर्खाली)नेपाली

संञ्चोले यहां बाँचेको

काँडाको माझ पहाडको

छैन र काहां हाँसेको

सुनको सपना आँशुमा

किन हो बाँधी ल्यायौ नी

घरको मायाँ बिर्सेर

किन पो यहां आयौ नी


मुटुमा रगत एउटै हो

पिरको बह बेग्लैछ

हामीलाई यहां चिन्यौ कि मनको चोट बेग्लैछ

नियाली हेर (गोर्खा) हामीलाई

भिजेको छैन परेला

आँशुले गह भिजाए

अरूले निर्ध सँझेला

बुझ्छ र कल्ले रोएको

मुटुमा काँडा बिझेर

अरूको माझ हाँसेको

आँशुका घुट्का पिएर

पहाडी फूल नफक्री

किन हो चुँडी ल्यायो नी

मनको आगो निभाउन

किन पो याहां आयौ नी

हो ......

रूनु हाँस्नु नै जीवन हो तर क्रूर राणा शासकद्वारा बगाईएको नालामा अझै बही प्रवासी बन्नुको भोगाई हाम्रो पनि मर्म हो। यस्तै भावनाहरू बिसाई आदन प्रदान गर्ने यो सँस्थाको उदेश्य हो भन्न अत्यूक्ति नहोला बैनी।

७. यस्को बिस्तार गर्न के कस्तो भुमिका खेल्नु भएको छ?

बिश्वभरका बिभिन्न देशहरूमा बिनेसाम केन्द्रीय समिति अन्तर्गत लगभग २४ शाखाहरू स्थापना भैसकेका छन।

बेलायत भित्र विनेसाम पश्चिमा शाखा र दक्षिण शाखा स्थापित छन। भबिषयमा बेलायत भित्रै अझ १ वा २शाखा थपिए अवश्यै राम्रो हुनेथियो। यो भविष्यको आशा हो।

८.ने सा म ले स्थापना कालदेखि के के कामहरु गर्‍यो ?

विनेसाम पश्चिमा शाखाको बिशेष लक्ष भने आन्तरीक त्रैमाशिक गोष्टी सँञ्चालन क्रमश थियो र हुनेछ। यस अलवा कविता र कथा सँग्रह पूस्तकहरूका थुप्रै बिमोचन जमेर रमाई भब्य सफलता तूल्याईयो। बातावरण साहित्य गोष्ठी प्रतियोगिता लगायत साहित्यिक सँमेलन र थुप्रै प्रतिष्ठित ब्याक्तित्वहरुका जन्म दिनको उत्शव वा स्मरण दिवशहरूमा थोरै तर शाखाका सँपूर्ण मिली उपस्थितिमा रमाएका हून्थ्यौ। जो हामी आजपनि अबिस्मरणीय रूपमा प्रसङ्गबिच स्मरण गरी रमाउने गर्छौ। साथै परिस्थितिको परीवेश अनुसार भर्चुअल माध्यमद्वारा अस्तिसम्म हामीले बिभिन्न कार्क्रमहरू आयोजना गरी भब्य र सभ्यरूपमा सँपन्न गरीरहैका थियौं।

९.भावी योजनाहरु के के छन त?

भावी योजनाहरू हामीले भर्खरमात्र गत समाचार NepalLink र NepalMamila Online Media हरूद्वारा प्रशारण गरी सकेका छौ। सो अनुसार यो साल मार्चमा हुने गोष्ठी

👩‍⚖️नारी अवस्था र नारी दिवश👩‍⚖️थिमराखि कार्यक्रम सँपन्न गर्ने र साथै मे महिनामा पारीजातको जन्म दिवश मनाउने अन्तिम निर्णयगरी सँपन्न गर्नेछौ। त्रैमाशिक गोष्ठीहरू ३-३ महिनामा सँञ्चालन गर्दै अगाडी बडीरहने छौ भने अर्को २०२२ सालमा पनि प्रतिष्ठित साहित्य नक्षेत्रका जन्म दिवश वा स्मरण दिवसहरू आयोजना गर्दै अन्य बिभिन्न महत्वपूर्ण कार्यक्रमहरू पुरा गर्ने हाम्रा प्राथमिक कार्यक्रमहरूछनः

१०. वि ने सा म मा आवद्ध हुनको लागि के कस्तो प्रावधान रहेको छ?

यसका लागि सबैभन्दा महत्वपूर्ण परिचय भेटघाट र उत्सुकमहानुभाव जो पनि निशूल्कमा प्रवेश हुन सक्नुहुनेछ। सौहार्द स्वागत गर्न हामी तत्पर भैरहेका हुनेछौ।

हाम्रो त्रैमाशिक गोष्ठी कार्यक्रममा साथीको साथी माध्यम वा सँपर्कबाट जोडीन सकिने अवगत गराउन चाहन्छु।

अन्त्यमा मैले नसोधेका र तपाईंले भन्नै पर्ने केही कुरा छुटेका छन भने कृपया भन्नुहोला।

यस अवसरका लागि आभार ब्यक्त गर्दै हाम्रो गाँउ हाम्रो ठाँउ पाखा पखेरू नभुलौं भन्न चाहान्छु।।साथै हाम्रा सन्तानहरूलाई क ख ग र ज्ञ सम्म चिनाऔ। नेपाली भाषा हामी बाजेबजु, बाबाआमा र दाजुदिदीले घरमा १ घण्टा पढाएरै भएपनि गाँउ घर जांदा अनुवादक नचाहीयोस।

जातीय भाषा हराएर नजाओस। जसको सँरक्षक हामी आफै हौं। जातीय भाषा हराए, परिचय बिलीन हून्छ। बिना चिनारी अस्तित्व मासिन्छ। कदापी यसो हुन नजावस।

बहिनी गोमा रानाज्यू

भुलेर भूल्न नमिल्ने, यतिमिठो प्रश्नहरू सोधी दिनुभयो अन्तरात्मा देखि नै स्नेही बहिनी गोमा राना प्रति आभार साथ धन्यवाद टक्रयाउछु।

लाल सुन्दर राई

हाल स्विन्डन, बेलायत।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?