१३ माघ, २०७७
शीतलपाटीन्युज डटकम।
अष्ट्रेलियामा पढ्दै गरेकी नेपाली बिद्यार्थीले बर्थ डे मनाएको समाचार प्राप्त भयको छ। भर्खर युवाबयमा पुगेका युवा युवतीहरुले रेष्टुरेन्टमा साथीहरुसंग बिशेष रुपमा खर्च गरेर आफ्नो जन्मदिन मनाउछन। तर काठमाडौँ थानकोट घर भइ हाल अष्ट्रेलियामा अध्ययनरत बिद्यार्थीले भने बाल आश्रमका केटाकेटीहरुलाई सहयोग गरेर आफ्नो जन्मदिन मनाएकी छिन।
हाल अष्ट्रेलिया सिड्नीमा अध्ययरत पुजा मानन्धरले आफ्नो जन्मदिनमा हुम्ला फाउन्डेसन बाल आश्रममामा आश्रित बालबच्चाहरुलाई सम्झिइन। आज पुजा मानन्धरका बुवा र आमा आफै सो बाल आश्रममा पुगेर त्यहा रहेका बालबालिकाहरुलाई दैनिक उपभोगका सामाग्रीहरु हस्तान्तरण गरेका थिए। पुजाका बुवा सैनिक आवासीय महाबिध्यालयका अध्यापक निलशंकर मानन्धरले आफ्नी छोरीले यस अघि पनि आफु पढ्दै जम्मा गरेकी रकम पठाएर आफ्नो बुवा आमाको बैबाहिक रजतजयन्ति सर्प्राइज रुपमा मनाइदिएको कुरा स्मरण गरे। खानेपानी संस्थानका अधिकृत आमा कल्पना मानन्धरले छोरीले पढ्दै दुख गरेर जम्मा गरेको रकमले यसरी बाल आश्रममा आश्रित बालबच्चाहरुको लागि सहयोग गरेकोमा गौरव अनुभूति भएको कुरा भाबुक हुदै बताइन।
हुने खानेलाई जम्मा गरेर जन्मदिन मनाउनु भन्दा हुदा खानेसंग जन्मदिन मनाउनुको अलग्गै सन्तुष्टि मिल्ने कुरा बताउदै पुजा मानन्धरले ती बालबच्चाको अनुहारमा देखेको मुस्कानले आफ्नो मुहारमा पनि मुस्कान ल्याएको कुरा बताइन। हामी शितलपाटी परिवारले उहाको यस पवित्र कार्यको सह्राहना गर्दै उहाको उत्तरोत्तर प्रगतिको कामना गर्दछौ।