Wednesday October 28, 2020

प्रहरीलाई मिल्यो तीन दिनमा सफलता : तीनकुनेबाट पेस्तोलसहित सात पक्राउ

५ भाद्र, २०७५ शीतलपाटीन्युज डटकम 1482



शीतलपाटीन्युज डटकम।

काठमाण्डौ ।काठमाडौंको तिनकुनेबाट पेस्तोलसहित सात जना पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंले तीनकुनेबाट ७ जनालाई हतियारसहित नियन्त्रणमा लिएको हो ।

पेस्तोल बोकेर हिडिरहेको भन्ने सूचनाको आधारमा दुई तीन दिनको निगरानीपछि उनीहरुलाई हतियारसहित नियन्त्रणमा लिइएको काठमाडौं प्रहरी प्रमुख एसएसपी बसन्तकुमार लामाले जानकारी दिनुभयो ।

एसएसपी लामाका अनुसार बानेश्वरबाट त्रिभुवन विमानस्थलतर्फ जाने बाटोमा पर्ने के वन रेष्टुरेन्टबाट पेस्तोल र त्यसमा लाग्ने गोलीसहित पक्राउ गरिएको हो । उनीहरुको आवश्यक अनुसन्धान भइरहेको छ ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?