२२ माघ, २०७७
कविता : गाली मात्रै छ भित्तामा नेता पछि नेपाल छ
अन्धभक्तिमा नेताको भिड बग्छ उतैतिर,
शक्तिमै किन लत्रिन्छ विचार बोकेको शिर।
देखिन्छ द्वन्द्वको ताल संजाल यो वेताल छ,
गाली मात्रै छ भित्तामा नेता पछि नेपाल छ ।।
लेख्नु संजालमा व्यर्थै नेता तिरै दिमाग छ ,
निती हेर्ने कोपो हुन्छ नेपालले के माग्दछ ।
जन्मिदै देखेको धर्ना भाषण र जुलुस छ,
छैन निकासको आश वन्दावन्दी मुलुक छ ।।
बाँडियो विद्वता बुद्दि नेताको सुरमा गयो,
विकल्प छैन झैँ गर्दै व्यवस्था किन यो भयो।
सास्तीमा पर्नेले भोग्छ कष्ट सारा जीवनमा,
राज्यमा बस्नेको मोह ध्यान जोछ दोहनमा ।।
चर्का भाषणमा निकै सुनियो गुलियो कथा,
खै कोही निस्केको फेर्न हाम्रो त्यो देशको ब्यथा।
उद्देलित बने मान्छे बगाए रक्तको खोला,
भयो खै फेरियो केनै बोकेर गुरुको झोला ।।
कवि फडिन्द्र भट्टराईज्युको फेसबुकवालबाट
(४ फेब्रुवरी २०२१,लन्डन)