Saturday September 18, 2021

नेपालीको राजधानी मानिने लण्डनको अल्डरसट खोप केन्द्रमा नेपालीद्वारा निशुल्क भोजन बितरण

२४ माघ, २०७७ शीतलपाटीन्युज डटकम। 2006


नेपालीको राजधानी मानिने लण्डनको अल्डरसट खोप केन्द्रमा नेपालीद्वारा निशुल्क भोजन बितरण

शीतलपाटीन्युज डटकम ।
लन्डन। बेलायतको कोभिड १९ विरुद्धको भ्याक्सिन सेन्टर प्रिन्सेस हल अल्डरसट केन्द्रमा खटिएका स्वास्थ्यकर्मी र स्वयंसेवकहरुलाई केही महिना पहिले मात्रै खुलेको ‘कोसु मोसु सुसी एण्ड बेन्टो’ जापनिज रेष्टुरेन्ट,फार्नबोरोले खानाको ब्यवस्था गरेको समाचार छ। सो जापानीज रेष्टुरेन्ट सञ्चालकद्वय अजय थापा र रिता थापाले सो निशुल्क खानाको प्रवन्ध गरेको हो।


बिहान र दिउसो भ्याक्सीन सेवा हुने दुवै सिफ्टका ४५ जनाभन्दा बढी मेडिकल स्टाफ र भोलेन्टियरलाई खानाको व्यवस्था भयको हो। समुदाय प्रतिको दायित्वबोध गर्नेहरुका निम्ती कैयौं उपाय छन। बेलायतकै सबै भन्दा धेरै नेपालीहरुको बसोबास क्षेत्र अल्डरसट जहाँ नेपाली वृद्धहरुका निम्ती सहयोग होस भन्ने धेयले यो हप्ता ७० वर्ष नाघेको प्रामाण सहितको काग़ज़ात लिएर आउनु हुने सबैलाई बिना एपेईण्टमेन्ट भ्याक्सिन लगाउने व्यवस्था गरिएको थियो। चिकन लन्च बक्स र भेजिटेरीयन लन्चबक्स खाना सेवा गर्न आउनु भएका कोसुमोसु सुशी एण्ड वेन्टो फार्नबोरोका संचालक अजय थापाले आँफु व्यवसायमा व्यस्त हुन परेको हुनाले अन्य किसिमको सहयोग गर्न असमर्थ भएपनि यो ईतिहास कै महत्वपूर्ण महाअभियान खोप कार्यक्रमलाई सहयोग गरिरहनु भएका सबैलाई धन्यवाद दिदै आँफ्नो आँफ्नो हिसाबले सहयोग गर्ने हो र मैले यो खानाको सहयोग गरेको हु भन्नुभयो ।

 


कोभिड भ्याक्सिन सेन्टर प्रिन्सेस हल अल्डरसकी इन्चार्ज डा. लुइस पेन र भोलन्टियर टिम लिडर साम ट्रस्लरले जाडोको बेला तातो खाना व्यवस्था गरेकामा थापालाई धन्यवाद दिएका थिए। सो भ्याक्सीन केन्द्रका फ्रन्ट लाइनर भोलेन्टियर्स बिक्रम भट्टराईको संयोजनमा यो कार्यक्रम सम्पन्न भयको हो।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?