२४ माघ, २०७७
उमेश रेग्मी ।
कविता : वियोग
थोरै खुशी किने मैले
उधारो मै भएपनि !
दुइदिन जिउने अठोट मेरो
वियोग मा नै भएपनि !!
काँडै काँडा विच छोड्यौ
आफु फुल भएपनि !
रक्ताम्य छ शरीर मेरो
सुखको चाह भएपनि !!
शुर्ता छैन फेरी अब
तिमी टाढा भएपनि !
एक्लै जिउन सिके मैले
नशामा नै भएपनि !!
धक धक गर्छ मुटु अझै
टुक्रा टुक्रा भएपनि !
याद अझै आउँछ धेरै
भुल्ने कोशिष भएपनि !!
@@@@@@@@@