Sunday April 11, 2021

नेपाल प्रहरीले अपराधी सहजै पक्राउ गर्न सिम लोकेटर प्रबिधी अपनाउदै

२५ माघ, २०७७ शीतलपाटीन्युज डटकम। 1135


नेपाल प्रहरीले अपराधी सहजै पक्राउ गर्न सिम लोकेटर प्रबिधी अपनाउदै

शीतलपाटीन्युज डटकम ।
काठमाण्डौ। नेपाला प्रहरी संगठनले अपराध ण अनुसन्धानमा अत्याधुनिक प्रविधि भित्र्याउँदै साइबर अपराधको अनुसन्धानका लागि ओपन स्पेस इन्टेलिजेन्स सिस्टम अन्तरगत सीम लोकेटर प्रणालीको ब्यवस्था गर्न लागेको छ।

अपराध अनुसन्धान चुस्त र प्रभावकारी बनाउन नेपाल प्रहरीले दुई अत्याधुनिक प्रविधि भित्र्याउने भएको छ । अपराधीलाई सहजै पक्राउ गर्न ‘सिम लोकेटर’ तथा सामाजिक सञ्जालमा हुने अपराधको अनुसन्धानका लागि ‘ओपन स्पेस इन्टेलिजेन्स सिस्टम’ प्रयोग गर्ने प्रहरीको तयारी छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले ‘सिम लोकेटर’ प्रणाली जडान गर्न लागेको हो। जुन अन्तिम चरणमा पुगेको ब्युरोका निर्देशक डिआइजी सहकुल थापाले बताए। सिआइबीले यसका लागि गत वर्ष नै टेन्डर गरेको थियो। पुसभित्रै जडान हुनुपर्ने भए पनि कोभिड–१९का कारण केही सामान आपूर्तिकर्ताले दिइ नसकेको सिआइबीले जनाएको छ। अबको एक महिनाभित्रै सो प्रविधि जडान हुने डिआजी थापा बताउँछन्।

‘ओपन स्पेस इन्टेलिजेन्स सिस्टम’ प्रहरीको साइबर ब्युरोले जडान गर्न लागेको छ । सामाजिक सञ्जालमार्फत हुने अपराध बढेपछि नियन्त्रणका लागि यस्तो प्रविधि प्रयोग गर्न लागिएको छ । जसको हालै टेन्डर स्वीकृत भएको छ।

सिम लोकेटरद्वारा पाँच मिटरमा भेटिनेछन् अपराधी,
स्विडेनको ‘फोर इन्टेलिजेन्स डटकम’ नामक कम्पनीमार्फत सिम लोकेटर खरिद हुन लागेको हो । करिब साढे सात करोड करोड रुपैयाँ लागतमा यो प्रविधि जडान गर्न लागिएको हो। अपराध अनुसन्धानमा प्रहरीको प्रमुख माध्यम मोबाइल हुँदै आएको छ। मोबाइलकै माध्यमबाट यो सिस्टमले काम गर्ने हो। यो प्रविधि जडान भएपछि अपराधमा संलग्न व्यक्तिलाई पक्राउ गर्न सहज हुने सिआइबीका डिआइजी थापा बताउँछन्। यो प्रविधि जडान गरेपछि प्रहरीले मोबाइलको माध्यमबाट सहजै अभियुक्त पक्राउ गर्नेछ । यसका लागि लोकेटर लिएर प्रहरी फिल्डमै जानुपर्ने हुन्छ।

ब्युरोका एक अधिकारीका अनुसार यो प्रविधिले शंकित व्यक्तिलाई पाँच मिटरको दूरीसम्मको संकेत प्रहरीलाई दिन्छ। हाल कुनै पनि व्यक्तिलाई पक्राउ गर्नुपरेमा सो क्षेत्रको मोबाइल सेवा प्रदायक कम्पनीको बिटिएस टावरका आधारमा सम्बन्धित व्यक्ति रहेको स्थान पहिचान गरिन्छ। तर, त्यो क्षेत्रमा कुन ठाउँमा छन् भन्ने पत्ता लगाउन प्रहरीलाई निकै गाह्रो हुन्छ । कुनै स्थान पहिचान भएमा सिम लोकेटरले कुनै दिशामा कति मिटर टाढा छ भनेर देखाउनेछ । जसले शंकित व्यक्ति सहजै पक्राउ पर्नेछन् ।

यसले सामान्यदेखि ठूला अपराध अनुसन्धानमा समेत धेरै सहज हुने प्रहरी अधिकारीहरू बताउँछन् । त्यसरी कुनै पनि व्यक्ति रहेको स्थान पहिचान गर्नुअघि प्रहरीले अदालतबाट अनुमति भने लिनुपर्ने हुन्छ । हाल कल डिटेल, एसएमएस तथा लोकेसेन लिन प्रहरीले अदालतको अनुमति लिनुपर्ने हुन्छ । तत्कालका लागि सिआइबीसँग यस्तो एउटा मात्र प्रविधि हुनेछ। कम्तीमा सातै प्रदेशमा एक–एकवटा सिम लोकेटर पु-याउने प्रहरीको तयारी छ। सिस्टम खरिद भइसकेपछि सिम लोकेटर मेसिन मात्र खरिदका लागि भने करिब एक करोड रुपैयाँ पर्नेछ।

पहिचान लुकाएर इन्टरनेटमार्फत हुने शंकास्पद डिलसमेत पत्ता लाग्ने बढ्दो साइबर अपराध नियन्त्रणका लागि प्रहरीले ओपन स्पेस इन्टेलिजेन्स सिस्टम खरिदका लागि पनि सिंगापुरको कम्पनी छनोट गरेको छ। सो कम्पनीले करिब तीन महिनामा सामान आपूर्ति गर्ने साइबर ब्युरोले जनाएको छ । यो प्रविधिबाट ‘डार्कनेट’मा हुने अपराध पहिचान गर्न सहज हुने ब्युरोका अधिकारीहरू बताउँछन् । कुनै कुरा शंकास्पद लागेमा सजिलै खोज्न सकिने तथा इन्टरनेटका डाटा प्रशोधन गर्न सकिनेछ । यसले इन्टरनेटमा हुने शंकास्पद गतिविधिको समेत प्रहरीले सूचना पाउनेछ।

पहिचान लुकाएर इन्टरनेटमार्फत हुने शंकास्पद डिलसमेत पत्ता लगाउन सकिने प्रहरी अधिकारी बताउँछन्। ह्याकिङ लगायत गतिविधि नियन्त्रण गर्न पनि यो प्रविधि सहयोगी हुनेछ। यो प्रविधि पनि करिब सात करोड रुपैयाँमा खरिद हुन लागेको हो । अत्याधुनिक प्रविधिको माध्यमबाट हुने अपराध बढेको र त्यससँग जुध्न प्रहरीले पनि अपराध अनुसन्धानमा प्रविधिकै प्रयोग बढाउँदै लगेको केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरले बताए।

(नया पत्रिका)
 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?