Saturday October 23, 2021

पिटरबरो नेपाली समाजमा अध्यक्ष भरत पाण्डे चयन

२६ माघ, २०७७ शीतलपाटीन्युज डटकम। 1364


पिटरबरो नेपाली समाजमा अध्यक्ष भरत पाण्डे चयन

शीतलपाटीन्युज डटकम।
पिटरबरो,लण्डन। पिटरबरो नेपाली समाज युकेको जूम मार्फत संचालित ९औ साधारणसभाले समाजको नयॉ कार्यसमिति र ट्रस्टी वोर्डका सदस्यहरुको सहमतिमा सर्वसम्वत चयन गरेको छ। समाजको कार्यसमितिको अध्यक्षमा भरत पाण्डे र हरिहर भट्टराई आकान्क्षी रहेकाले पहिलो वर्ष भरत पाण्डे र दोस्रो वर्ष हरिहर भट्टराईले अध्यक्षको नेतृव गर्ने गरी सहमति भएको निर्वाचन समितिका संयोजक केशव भण्डारीले जानकारी गराउनु भएको छ।


कार्यसमितिको अन्य पदाधिकारीहरूमा उपाध्यक्षमा संगीता कोईराला,भिम खनाल,विष्णु थापा महासचिवमा कृष्ण लुइँटेल सचिबमा जुना सापकोटा,कोषाध्यक्षमा डोलाराज बस्याल(दिपक) सहकोषाध्क्षमा हरी भुषाल रहेको समाचार छ। त्यस्तै
सदस्यहरुमा बिरेन मुल्मी,अर्चना भण्डारी,उपेन्द्र श्रेष्ठ,नारायण भण्डारी,लभ लामिछाने शर्मा,राजकुमार पुडासैनी,राम भट्ट शर्मा,सचीन भट्टराई चयन भएका छन्।

यसैगरी समाजको आगामी दुईवर्षको च्यारिटी ट्रस्टी सदस्यहरूमा पवन शर्मा, बाबुराम धिताल,शिव पौडेल,कपिल खड्का,शिब भण्डारी,डां राजु सापकोटा,हरिहर भट्टराई र भरत पाण्डे चयन हुनु भएको छ। समाजको सधारणसभाले निवर्तमान महासचिव हरिहर भट्टराईले समाजले विगत २ वर्षमा गरेको कार्यसम्पादन प्रतिवेदन र निवर्तमान अध्यक्ष शिव भण्डारीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन छलफल पछि पारित गरेको छ।

केशव भण्डारीको संयोजनमा बनेको निर्वचन समितिमा सिएम खरेल र होम रेग्मी सदस्य थिए।
पूर्व अध्यक्षहरू किरण कार्की, महेश अधिकारी, केशव भण्डारी, पवन शर्मा र शिव भण्डारी लागयतले नयाँ कार्यसमितिलाई सफलताको शुभकामना दिनु भएको थियो। नवनिर्वाचित अध्यक्ष पाण्डेले सबैलाई धन्यवाद दिदै आफ्नो कार्यकालको निम्न कार्य योजना प्रस्तुत गर्नु भयको थियो।

नवनिर्वाचित अध्यक्ष  पाण्डेका योजना जस्ताको तस्तैः

१. समाजको भाइबरको प्राविधिक पक्षलाई अझै प्रभावकारी र सुरक्षित बनाउन काम गर्ने ।

२. खासै प्रयोगमा आउन नसकेको हाम्रो म्यूजिक सिस्टमलाई आवश्यक परे नयाँ सामान थपेर अधिकतम प्रयोग गर्ने वातावरण बनाउने ।

३. सांस्कृतिक कार्यक्रमहरूका लागि समाजका भाइबहिनीहरू आवश्यक तयारी र प्राथमिकताका साथ प्रस्तुत गर्ने र नेपालबाट बेला मौकामा आएका राष्ट्रिय कलाकारहरूलाई पनि पिटरबरोसंग सांस्कृतिक रूपमा जोड्ने मेरो प्रयास रहने छ ।

४. पिटरबरो नेपाली समाजले संचालन गर्दै आएको नेपाली कक्षालाई निरन्तरता दिँदै साना सानी भाइबहिनीहरूलाई अतिरिक्त क्रियाकलाप जस्तै- नृत्य कक्षा र खेलकुदका अन्य क्रियाकलापहरू पनि सुरु गर्ने योजना छ । लोट्टोबाट समाजले भित्रयाएको बजेट खर्च नगरे फिर्ता जाने या अर्को पटक नपाउने सम्भावना भएकाले कोरोनाको यो कहरमा जुमबाट पनि के के क्रियाकलाप गर्न सकिन्छ भनेर घनीभूत छलफल गर्ने ।

५. किशोर र युवा पुस्तालाई फुटबलमा सकेको सहयोग गर्दै अत्यधिक रूपमा सहभागी गराउँदै नियमित अभ्यासमा प्रेरित गराउने टुर्नामेन्टहरूमा प्रतिस्पर्धा गर्न सहयोग र प्रेरणा गर्ने योजना छ ।

६. कोभिड लकडाउनले हाम्रो मनस्थितिमा बेग्लै असर छोडेको छ । तसर्थ योगा कक्षाहरू संचालमा पहल गर्ने योजना छ ।

७. समाजको घर किन्ने कुरा धेरै अघि देखि उठेको हो । यसका लागि समाजका ट्रष्टी, सल्लाहकार लगायत सबैसंग घनीभूत छलफल अघि बढाउने । उप-समिति बनाइ काम अघि बढाउने र कसले कति सहयोग गर्ने भनेर समाजको हरेक घरलाई बचनवद्वता गराउने । यसले हामीले कत्रो र कतिसम्म बजेटको घर या सामुदायिक भवन किन्ने भन्ने योजना बनाउन मद्धत पुग्ने छ । ५०० पाउण्ड भन्दा बढी सहयोग गर्ने परिवार र व्यक्तिको नाम भवनको प्रवेशद्वारमा राख्ने ।

८. भवन किन्न सके समाजमा बहुसंख्यक हिन्दू धर्मालम्बीहरू भएको नाताले एक साइडमा मन्दिर निर्मण र अर्कोतिर हप्ताको एकदिन भजन किर्तन गर्ने । भजन किर्तनका लागि बाद्यवाधनको व्यवस्था पनि गर्ने । समय समयमा प्रवचनका लागि गुरूहरू आमन्त्रण गर्न पनि पहल गर्ने योजना छ ।

९. हामीहरूले पढेका पुस्तकहरू संकलन गरेर तथा नेपालबाट पनि पुस्तकहरू झिकाइ एउटा सानो लाइब्रेरी खडा गर्ने योजना पनि छ ।

१०. आफ्नो भवन परिसरमा सम्भव भए आफ्नै ब्याटमिन्टन, टेबुल टेनिस जस्ता खेलहरू खेल्न बन्दोबस्त मिलाउने ।

११. पिटरबरोमा बसाई सराइलाई सहयोग गर्न सधैं तत्पर रहने ।

१२. कुनै पनि सहयोग विधानको परिधिभित्र रहेर गर्ने । पिटरबरो बासीहरूलाई विशेष ध्यान दिने । ‘कोभिड १९’ ले आइसोलेसनमा बसेका समाजका सदस्यहरूलाई आवश्यक सरसामान खरिदमा सहयोग गर्ने ।

१३. हिजोआज पिटरबरोमा नेपाली रेष्टुरेन्टहरू बढ्दै गएका छन् । ती रेष्टुरेन्टमा समाजको च्यारिटी नम्बरसहित च्यारिटी कलेक्सन पट राख्न पहल गर्ने र त्यसबाट उठेको रकम छलफलबाट पिछडिएका बच्चाहरूलाई नेपालमा कापी कलम र अन्य स्टेशनरी समान वितरण गर्ने ।
 




मतहरू

CharlesSmody

“I haven’t seen you in these parts,” the barkeep said, sidling over and above to where I sat. “Repute’s Bao.” He stated it exuberantly, as if word of his exploits were shared aside settlers about assorted a ‚lan in Aeternum. He waved to a expressionless hogshead beside us, and I returned his token with a nod. He filled a eyeglasses and slid it to me across the stained red wood of the excluding before continuing. “As a betting houseman, I’d be ready to wager a honourable portion of silver you’re in Ebonscale Reach in search more than the carouse and sights,” he said, eyes glancing from the sword sheathed on my in to the bend slung across my back. https://images.google.co.vi/url?q=https://renewworld.ru/sistemnye-trebovaniya-new-world/

CharlesSmody

“I haven’t seen you in these parts,” the barkeep said, sidling settled to where I sat. “Designation’s Bao.” He stated it exuberantly, as if solemn word of honour of his exploits were shared by way of settlers about many a ‚lan in Aeternum. He waved to a expressionless butt apart from us, and I returned his token with a nod. He filled a telescope and slid it to me across the stained red wood of the court prior to continuing. “As a betting fellow, I’d be willing to wager a adequate bit of enrich oneself you’re in Ebonscale Reach in search more than the swig and sights,” he said, eyes glancing from the sword sheathed on my hip to the bend slung across my back. http://www.google.com.na/url?sa=t&rct=j&q=&esrc=s&source=web&cd=11&ved=0ahukewin16o_he3kahvdpbokhxuca8iqfghfmao&url=https://renewworld.ru/new-world-kak-popast-na-alfa-i-beta-testy/


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?