Thursday March 04, 2021

अमेरिकाका लागि नेपाली राजदूत डा.खतिवडाले कार्यभार सम्हाल्दै

२९ माघ, २०७७ शीतलपाटीन्युज डटकम। 1104


अमेरिकाका लागि नेपाली राजदूत डा.खतिवडाले कार्यभार सम्हाल्दै

होमप्रसाद लम्साल।

अमेरिका। अमेरिकाका लागि नेपाली राजदूत डा. युवराज खतिवडाले गत सोमबारबाट आफ्नो कार्यभार सम्हालेका छन। पूर्वराजदूत डा. अर्जून कार्की शुक्रबार नेपाल फर्किए लगत्तै शनिबार अमेरिका आइपुगेका राजदूत डा. खतिवडाले सोमबार देखि आफ्नो कार्यभार सम्हालेको हो।

ओहोदाको प्रमाण पत्र बुझाएपछि मात्र उनले अन्य भेटघाट थाल्न बताइएका छन। अमेरिका आईपुग्ने वित्तिकै एयरपोर्टमा महावाणिज्यदूत प्रेमराजा महत र दूतावासका कर्मचारीहरुले स्वागत गरेका थिए। सोमबारबाट कार्यभार सम्हाले पनि राजदूत खतिवडा एकसाता क्वारेन्टाईनमा बस्ने महावाणिज्यदूत महतले नागरिकन्यूजलाई बताए।

प्रधानमन्त्रिका अति विश्वास पात्र नवनियुक्त राजदूत खतिवडा पूर्व अर्थ र सञ्चातरमन्त्री, नेपाल राष्ट्रबैंकका गर्भनर,राष्ट्रिय योजना आयोगकको उपाध्यक्ष भएर काम गरिसकेका व्यक्ति हुन।

निवर्तमान राजदूत डा.अर्जुन कार्कीले ६ वर्षे कार्यकाल विताएर नेपाल फर्केका हुन।
 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?