Wednesday October 20, 2021

हुदै गरेको बेलायतको जनगणनामा ग्रानथाम नेपाली समाजको जनचेतना मुलक जुम कार्यक्रम

२ फाल्गुन, २०७७ शीतलपाटीन्युज डटकम। 2631


हुदै गरेको बेलायतको जनगणनामा ग्रानथाम नेपाली समाजको जनचेतना मुलक जुम कार्यक्रम

शीतलपाटीन्युज डटकम।
लण्डन। एनआरएनए युके ईगंल्याण्ड राज्य समितीले यही २१ मार्चमा बेलायतमा हुदै गरेको बेलायतको जनगणनामा हामी नेपालीहरूको सहाभागिता, यसको महत्व र किन आवश्यक छ भन्ने बिषयमा गर्दै आएको जनचेतना मुलक कार्यक्रमलाई सहयोग र सहकार्य गर्दै ग्रान्थाम नेपाली समाज युकेका जुजारूक युवा समाजसेवी उपेन्द्र पौडेलज्यूको पहलमा आज एउटा जुम कार्यक्रम संपन्न गर्नु भयो।

 


उपेन्द्र पौडेलले संचालन गर्नु भएको उक्त कार्यक्रममा एनआरएनए युके ईगंल्याण्ड राज्य समिती अध्यक्ष दिपक श्रेष्ठ तथा सचिव गोविन्द खरेल, सेन्टर फर नेपाल स्टडिज (CNS) संस्थापक अध्यक्ष डा. कृष्ण अधिकारी नेपाल पत्रकारमहा संघ बेलायतका अध्यक्ष नरेश खपांगी मगर,एनआरएनए युके सल्लाहकार, समाजसेवी, व्यवसायी कमल भण्डारी, क्याट युके अध्यक्ष जीवन सेन,पुर्व क्याट युके अध्यक्ष तथा पुर्व तमु धिं युके महासचिव समाजसेवी ब्यवसायी कृष्ण गुरूगं, नेपाल प्रेस युनियन बेलायतका सचिव मन्दिप केसी, एनआरएनए युके कार्यसमिती सदस्य, क्याट युके कार्यसमिती सदस्य तथा ब्यवसायी किशोर लामीछाने त्यस्तै समाजसेवीहरू रामु कण्डेल ,शरद दाहाल, दिपक बश्याल,  देवीलाल गैरे, राजु गिरी, देव बॅाडा, जय आचार्य, सागर गैरे पुण्य रेग्मी लगायतका थुप्रैको भर्चुयल कार्यक्रम संपन्न भयो।

उक्त भर्चुयल कार्यक्रममा बेलायतमा २०११ मा भएको जनगणनामा नेपालीहरूको सहभागिताको अभियानमा अग्रणी भुमिका खेलेको सिएनएस संस्थाका संस्थापक अध्यक्ष डा कृष्ण अधिकारीज्यूले बेलायतको जनगणनामा नेपालीहरूको सहभागिता किन आवश्यक छ र कसरी सहभागी हुन सकिन्छ भन्ने बिषयमा प्रिजेन्टेसन प्रस्तुत गर्दै प्रस्टाउनु भयो। त्यस्तै हाल यस जनगणनाको बारेमा जनचेतना मुलक कार्यक्रम गर्दै आएको एनआरएनए ईगंल्याण्ड समितीका अध्यक्षले यस जनगणनामा हामी नेपाली हरूको ब्यापक सहभागिता हुनु पर्नेमा जोड दिदै सबै ईगंल्याण्डवासी नेपालीहरुलाई सहभागिता गराउनको लागी सबै संघ संस्थाहरूले यसरी ग्रानथाम नेपाली समाजले गरेको कार्यक्रम जस्तै गर्दै अभियानमा जोडिन आव्हान गर्नु भयो। त्यस्तै जनगणना २०२१ को टिममा भोलियन्टियरको रुपमा ट्रेडिंग लिदै यस अभियान मा संलग्न हुदै आउनु भएका गोविन्द खरेलले एथ्निकसिटीमा सबैले “नेपाली” लेखौं भन्दै आव्हान गर्नु भयो। बेलायत स्थित नेपाली डायस्पोराको एक अभियान्ता, समाजसेवी, सफल व्यवासी तथा ग्रान्थाममा बसोबास गर्ने पहिलो नेपाली कमल भण्डारीले ग्रान्थामको बारेमा जानकारी दिनु भएको थियो। 

त्यस्तै यस जनगणनामा जनचेतना मुलक कार्यक्रम सहकार्दै आएको नेपाल पत्रकार महासंध युकेका अध्यक्ष नरेश खपागी मगरले यस जनगणनामा कोही पनि नेपाली छुट्न नहुने बताउनु भयो। उक्त कार्यक्रममा उठेका प्रश्नहरूको जवाफ डा कृष्ण केसीले दिनु भएको थियो।




मतहरू

CharlesSmody

“I haven’t seen you in these parts,” the barkeep said, sidling over and above to where I sat. “Personage’s Bao.” He stated it exuberantly, as if word of his exploits were shared by way of settlers around many a fire in Aeternum. He waved to a wooden hogshead hard by us, and I returned his token with a nod. He filled a eyeglasses and slid it to me across the stained red wood of the excluding in the vanguard continuing. “As a betting fellow, I’d be assenting to wager a honourable bit of coin you’re in Ebonscale Reach on the side of more than the drink and sights,” he said, eyes glancing from the sword sheathed on my cool to the bend slung across my back. https://www.google.fi/url?q=https://renewworld.ru/data-vyhoda-new-world/


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?