Saturday September 18, 2021

अभियन्ता शान्ति थापालाई मातृशोक : कोभिड लगत्तै निमोनियाले आमा बितेपछि

३ फाल्गुन, २०७७ शीतलपाटीन्युज डटकम। 1630


अभियन्ता शान्ति थापालाई मातृशोक : कोभिड लगत्तै निमोनियाले आमा बितेपछि

शीतलपाटीन्युज डटकम।
लन्डन । बेलायतस्थित नेपाली समुदायकी एक अग्रज अभियन्ता शान्ति थापा कुंवरलाई मातृशोक परेको छ। थापाकी ७९ वर्षीया आमा यमकली थापाको कोभिड लगत्तै निमोनियाले आमालाई संक्रमण गरेपछि उपचारकै क्रममा निधन भएको छ।

कोभिड संक्रमण भएर दुई साताअघि क्याम्बर्ली  फ्रेमली पार्क अस्पताल भर्ना भएकी थापाको शनिबार राती साढे ११ बजे निधन भएको छोरी शान्ति थापाले जानकारी दिनु भयको छ।

टेलिफोनमा कुरा गर्दै ‘कोभिड लागेर अस्पताल भर्ना हुनुभएको हो। कोभिड निको भएपनि निमोनियाका कारण उहाँको निधन भयो भनेर अस्पतालले हामीलाई बताएको छ’,उहाले भन्नु भयको छ।

बेलायतको नर्थ क्याम्पमा कान्छी छोरी शिवानीसंग बस्दै आएकी यमकलीको पति पूर्व गोर्खा झण्डै १० वर्षअघि नै निधन भइसकेको छ। उनका तीन छोरी र एक छोरा मध्ये दुई छोरी बेलायतमा छन् भने एक छोरी र छोरा नेपालमै छन्। जेठी छोरी शान्ति थापा कुंवर बेलायतको नेपाली समुदायमा सुपरिचित सामाजिक अभियन्ता हुन्। एनआरएनए आइसीसी सदस्य,एनआरएनए यूके उपाध्यक्ष लगायतका जिम्मेवारी उनले निर्वाह गरिसकेकी छन्। मगर संघ युकेका सल्लाहकार पनि हुन।

नेपालमा माइति गुल्मीको भार्से, बिबाह दैलेख भै भैरहवा घर भएकी स्वर्गीय थापा विगत डेढ दशकदेखि बेलायतमै बस्दै आएकी थिइन्। स्वर्गीय थापा गुल्मी जिल्ला समाज यूकेमा आजीवन सदस्य थिइन्। उनको निधनमा समाजका तर्फबाट अध्यक्ष टोप पल्लीले दुख व्यक्त गरेका छन् ।
 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?