Saturday October 23, 2021

घान्द्रुकमा स्कूल मेरो अनुभव : संस्मरण -२७

४ फाल्गुन, २०७७ शीतलपाटीन्युज डटकम। 1634


घान्द्रुकमा स्कूल मेरो अनुभव : संस्मरण -२७

तोयानाथ पौडेल।
सस्थापक प्रधानाध्यापक,
मेश्रम बराह माबि,घान्द्रुक,कास्की।

दोश्रो असफलता :
    

घरदैलो  कार्यक़्रम हामीले कायमै राख्यौ । अभिभावकमा के पाइयो भने कक्षा आठ पास हुनै पर्नेभन्ने धारणा भेटियो, यसको अर्थ भर्तिको लागि। कक्षा आठ पास भएको प्रमाणपत्र आवस्यक पर्ने नियम भर्ति गर्ने निकायले वनायो। पहिला त्यो नियम थिएन। केटाहरुमा कक्षा आठ मात्र पास गर्न तिर ध्यान केन्द्रित देखिन थाल्यो। त्यो केटाहरुको ध्यान परिवर्तन गर्ने तिर हामी अग़्रसर भयौ। त्यो सफल हुने रहेन छ। सफल पनि किन हुने? भर्ति  भएपछि उसको जिवनै अर्कै स्तरको हुन्छ। नेपालमा धेरै पढेका केटाहरुको जिवन भन्दा उनीहरुको जिवन सुखी देखेरहेका छन् उनीहरुले। केटाहरुलाई पास गराउन यो एउटा समस्या थियो। अर्को समस्या भनेको  पढाईको जगनै राम्र थिएन। जग नै नभएको  केटोलाई एसएलसी पास गराउन सकिएन। अनि फिडर स्कूल पनि त्यस्तै। तेश्रो समस्या भनेको योग्य विषय शिक्षक स्कूलमा अढ्याउन नसकिने। उनीहरु  वढि विद्दार्थीहरु भएको र सुगम ठाऊमा आकर्शित हुने। कारण वढि भएको ठाऊमा टिऊसन पढ्ने धेरै नै हुने भए। यस्तो समस्याले विद्ध्यार्थीी पास गराउन सकिएन। गाउमा शैक्षिक  वातावरण भन्दा विदेश भर्तिको वातावरण वलियो थियो।

 


२०३७ सालको रीजल्ट २०३८ आषाढमा भयो। ओजवा  २०३८ चैत्रमा आए। हामीले यो ग़ुपलाई भव्य स्वागत गर्यौ। लालीगुराँसको मालै मालाले  सवैलाई झिली मिली गरायौ। गाऊका अभिभावक प्राय आउनु भएको थियो। सवै रमाएकै थिए। विद्दार्थी र अभिभावकको  वीचमा स्कूलको सर सामान सवै निकायले यो पालि दुइटा सुस्मदर्षक यन्त्र ल्याइएका रहेछन्। तस्तै म्याग्नेट आदि सवै सामान उनीहरुले नै माइक लगाएर वुझाए। सामान स्कूलमा थपिदै गयो कोठा भएन। विज्ञान कोठा वनाउन पर्ने देखियो। त्यसको लागि वजेट चाहियो। कोठा भनेर मात्र भएन। लन्च पछि जापानीजहरूले कक्षा लिन लागे। ओजवा र म स्कूलको वारेमा कुरा गरी स्कूलको तल्लो डिलमा वसेर छलफल गर्यौ। वहाको  पहिलो प्रश्न थियो। 'यो वर्ष कति विद्दार्थी कलेज गयो ? म अमिलो भए। अलि पछि भने 'कोही गएनन् '। अनि  किन? भन्ने प्रश्न वर्ष्यो। मैले अशफल हुनाका कारणहरू वताए। तिमी यो अवस्था पार गर्न  के के योजना गरेका छौ? अनि मैले आफ्नो मनको योजना प्रस्तुत गरे। यो सवै कारण जग नै नभएर हो। जग वलियो वनाऊने तिर सोचेको छु, भन्दै थिए। ओजवाले अर्को प्रश्न  झारे।त्यसो भए तिमी लाई दश वर्ष अरु लाग्ने भयो?  हैन म विचै देखि टिउसन्, होम भिजिट, अभिभावकसँग सरसल्लाह, विद्दार्थी मोटिभेट आदि अस्त्र प्रयोग गर्छु भने। यस्तै हामो वीचमा लामो कुरा भयो। अन्तमा धेरै विद्दार्थी पास गराऊने शिक्षकलाई पुरस्कृत गर्ने र धेरै नम्वर ल्याउने ल्याउने छात्रछात्रालाई छात्रवृति दिने भन्ने सल्लाह पनि गर्यौ। त्यो योजना पछि सफल भयो। त्यो म पछि लेख्छु। अनि हामी अफिसमा आयौ र मैत्रि पूर्ण चिया खायौ।भोलिपल्ट दिनभर ओजवाका छात्रा र हाम्रा छात्रछात्रा वीच खेलवाठ पढाउने सवै काम भयो। पर्सिपल्ट २३ मार्चको विहान ८ वजे  मैले विदा गरे।


जेठ सम्म स्कूल चल्यो र ४५ दिन वर्षे विदा भयो। स्कूल विदामा रह्यो। श्रावणमा स्कूल खुल्दा मेलाईचेको विध्दार्थीहरु पढ्न आएनन्। एउटा पनि नआउदा  मलाई शङ्खा लाग्यो। अलिअलि कुरा त थाहा पाए न आउनाको कारण 'पैरोले गर्दा वाटो नभएर भन्ने'। म त्यो समस्या कस्तो रहेछ भनि सिँगराजजी कहा वुझ्न गए। वाटोमा ठूलो पैरो छ,अहिले जावत आवत सवै वन्ध छ भन्नु भयौ वहाले, अनि कसरी विद्दार्थी  ल्यऊने भन्ने तिर कुरा भयो हामी वीच। घान्द्रुकको सवै गाऊमा प्राइमरी स्कूलहरु थिए, मेलाँचेमा थिएन  सानो कक्षाका केटा केटी सानै हुने भए।

उहासग कुरा गरेर घर फर्के। भोलिपल्ट शिक्षक मिटिङ थियो। कुरा उठ्यो मेलाँचेको। सवै सरहरुले  हरेक ठाऊमा स्कूल छ त्यो ठाऊमा छैन। त्यहा एउटा  प्राइमरी स्कूल चाहिने हो। टाढा पनि त्यो ठाऊ टाढा छ भन्ने कुरा गर्नुभयो। पछि म सरहरुको सल्लाह लिएर मेलाईचे गए।  म त्यहा पुगेपछि त्यहाँका भलादमीहरु मैतसिँ गुरुङ,शेर वहादुर क्षेत्री,कालु वि क, गङ्गाघर,भीम वहादुर गुरुङ् सहित केही महिलाहरु पनि जम्मा हुनु भयो वेलुका। दाउरा पाइने ठाउँ दाउरा वालेर क्याम् फाएर गरियो। त्यो तातोमा वसेर चिन जान गर्यौ। यसको मतलव कस्का छोरा छोरी कति, कस्कोछोरा कोहो,कतिमा पढ्छ भन्ने वारेमा। चिनजान भयो। अनि हामो लामो कुरा भयो त्यहा। किन त्यो ठाऊमा स्कूल भएन अरु गाउमा स्कूल छ भन्ने विषयमा कुरा उठ्यो। अरू ठाऊमा गुरुङ् वस्ती छ यहा गुरूङ् वस्ती कमछ। अनि अति निम्न आय भएका मानिसको वसोवास भएको कारण भनेर कालुले भन्नु भयो। मैतसिँजीले हामी पनि नलागेर हो  भन्ने तिर लाग्नु भयो। गङ्गाधरले हामीलाई गुरूङ्को गोठमा नवसि खान पुग्दैन के गर्ने? भन्ने कुरा गर्नु भयो। भीम वहादुरजीले हाम्रो अगाडि हिड्ने मान्छे नभयर हो सर भन्नु भयो। हाम्रो गाऊमा एउटा स्कूल भए त हाम्रा ससाना बच्चाले पनि पढ्ने थिए। गाऊको स्कूल धेरै टाढा छ यी साना पढ्न जान सक्तैनन् 'के गर्ने गरीवका छोरा छोरी गोठाले मात्रै हुने भए नी सर  निरासीएर भने। मलाइ तपाईँहरूको स्कूल वनाऊने मन छ? भन्ने प्रश्नमा थियोनी सर मन भएर मात्र भएन। कहा जाने कस्लाई भन्ने कसरी वनाऊने भन्ने कुरा कलाधर जैसीकी आमाले भनीन्। त्यहा पढ्ने छात्रहरु पनि थिए। शेर वहादुर,कृष्ण वहादुर, कलाधर,श्याम वहादुर गुरुङ् आदि थिए। हेडसर आयो भनेर ती निरिह छात्राहरुले पुलुपुलु मुखमा हेरेको त्यो समयको याद आउछ मलाई। अनि मैले म अगाडि हिड्छु, तपाईहरु मैले भनेको काम गर्नु हुन्छ भनी सोधेँ ? वहाहरुले जे भनेनी मान्छौ स्कूल वनाई  दिनोस् भनेर एउटै आवाजमा भने सवैले। गङ्गाधर जीले लौन दाजै स्कूल भन्नुभयो। उहा पौडेल वम्सको हुनु हुदो रहेछ। समय धेरै नै भैसकेको थियो, हामी सुत्न गयौ। भोलि पल्ट सनिवार थियो विहान  शेर वहादुर,कालु र म भयर  गाउ घुम्यौ। गाऊ ठूलो थिएन । त्यो गाउमा एउटा सानो ताल रहेछ, त्यहा अलिकति जमिन खालि रहेछ,त्यसको छेउ छाउमा पुजा पनि गर्दा रहेछन्। यहा स्कूल वनाउन मिल्छ? भन्ने मेरो प्रश्नमा कालुले मिल्छ भन्नुभयो। कालुले मेश्रम वराहमा धेरै काम पनि गर्नु भएको थियो र डकर्मी सिकर्मी दुवै शिप उहामा थियो। मैले कालु दाई  स्कुल वनाऊने भएमा तपाई कति काम गर्नु हुन्छ भनी शोधनीमा उनले गाऊलेले जती झारा दिन्छ त्यती म दिन्छु भन्दा मलाई खुशीलाग्यो। कालु त शिपमुलक नै  हुन्। स्कूल घर वनाउनमा त कठिन त भयेन भन्ने  लाग्यो मलाई, मैले उनलाई थन्य वाद दिए।विहानको गाउ घुमाई पछि शेर वहादुर क्षेत्रीको घरमा खाना खाएर म फर्के गाउमा। म गाउँ आए। शुक कुमारीको दोकानमा वेणिजी र कृष्ण सर चिया खादै हुनुहुदो रहेछ। अनि कुरा भयो मेलाईचेको वारेमा। केटाकेटी पढ्न आऊछन् त सर भनी वेणीजीले शोध्नु भयो। आउन त आऊछन् बाटो भोलि देखि खन्छन्।  दुई चार दिन त लागि हाल्छ होला भने मैले। त्यहा भएका सवै कुराहरु मैले वताए। कुरा सुनी सकेपछि कृष्णले तपाई अगाडि वढ्नु होस्न हामी पनि सहयोग गर्छौ  भन्नुभयो। अनि मेश्रम वराहको पनि अवस्था राम्रो गर्न सकेको छैन। दुई भार कसरी वोक्ने ?

क़्रमश वन्दै जान्छ सर हामी हतारीएर हुँदैन। समयले सवै ठीक हुदै जान्छ भन्नुभयो  वेणीजीले। समय आयो वर्षे विदाको, हामी विदा वस्यौ ४५ दिनको। श्रावणमा रीजल्ट भयो। म घरमै थिए । ५/७ वटा स्कूल नील भयो। त्यो भित्र मेश्रम पनि पर्यो।

विदा सकियो लव्धाङ्क पत्र आयो। अङ्गेजी सवैलाई लाग्यो। म निरासका सा लव्थाङ्क पत्र लिएर  लिएर घान्द्रुक गए। रीजल्ट विग्रेको कुरा सवैलाई थाहा भैसकेको रहेछ। सवै शिक्षक साथीहरु जम्मा भयौ। कक्षा चल्दै गयो। हामी सवै निरास नै थियौ। शुक़वारको कक्षा पछि हामी शिक्षक स्टाप मिटीङ् वस्यौ। मिटिङ्मा हामीले अघिल्लो वर्षको रीजल्ट सिट र यस वर्षको  रीजल्ट सिट दुवै अगाडि राखेर समिक्षा गर्यौ। अघिल्लो भन्दा यो वर्षको रीजल्ट सिट रामो छ, २५अँक वढि छ तर पास छैन। त्यो मिटिङ्मले आम अभिभावकको भेला गर्ने निर्णय गरियो। त्यो दिन पन्चायतको पनि मिटिङ् रहेछ। वहाहरुको मिटिङ् पछि प्रधानपन्च मीन वहादुर, उप प्रधानपन्च वीर वहादुर, वडा अध्यक्ष सम वहादुर, चीज वहादुर, स्कूल अध्यक्ष अमर वहादुर,सिँगराज, चन्द्र वहादुर, वडाअध्यक्ष वुद्धि वहादुर स्कूलमा पस्न आउनु भयो। छलफल भयो रीजल्टको। आमसभाको मिटिङ् राख्नेमा वहाँहरू पनि सहमत हुनु भयो।
भाद्रको पहिलो हप्तामा आम अभिभावक सभा राखियो। स्कूलको नतीजा राम्रो नभए पछि सवै चिन्तित हुने नै भए। स्कूलको चौरमा मानिष अटाई नअटाई भयो। किम्मोँ खोलाबाट काजीमान,मीन प्रशादहरु पनि आए। उरीबाट मैतलाल, मगम वहादुर, राजमान, खन्दलाल,आगी ल्मोख्या सहित धेरै नै आउनु भयो। कोट गाऊ प्राय सवै त्यस्तै, माझ गाऊ, क्यागो, आड भाईथर,तल्लो गाऊ, डाडागाऊ, वाहृघर सवै, मेलाचेबाट कलु र शेर वहादुर, वेशीबाट हरीजी, नक्कल,वखतमानहरु धेरै आए। ठूलो सभा भयो।तेस्तो सभा अहिले सम्मकै पहिलो थियो। सभा सुरु भयो अध्यक्ष अमर वहादुरको अध्यक्षतामा। कुरा धेरै भए,टिका टिप्पणी पनि वहुतै भए। अध्यक्षले रीजल्ट सिट दुवै वर्षको माघ्नु भयो। अधिल्लो वर्षको भन्दा धेरै राम्रो भएको वहाले सभामा वताई दिनु भयो। राम्रो भनेर के गर्ने  पास भएन केरे भन्ने सव्दहरु पनि सुनिन आए।गुरुङ कुरामा घेरै भए। मास्टर स्थाइ भएर वस्तैनन्, खाली रसुवाको लागि खुट्टो उचाल्छन् भन्ने आवाज पनि सुनियो। कति हेडमास्टरै मात्र ताँ थुमा  ' कति हेडको मात्र कुरा भन्नुभयो चन्द्र वहादुरजीले। ओक्षिँनर न्हागाले कोदुमन खटया दिन ' (विचरा विहानै बाट खटेको देख्छु ) भनेर भक्त कुमारी जीले कराई दिनु भयो। वहाले वोले पछि प्राय गुनगुन हट्यो। गुम्बाको वावू ओमले हो हो भन्नु भयो। छोँथेको कान्छाले विचरा हेडसर दिन भरी केटा मात्र वटुल्छ  र कक्षामा राख्छ भन्नुभयो। कक्षा सकिने वित्तीकै केटाहरू खेल मैदानमा के अनौठो हो भनेर गागिरे कान्छाले भन्नुभयो। प्रधानपन्च मीन वहादुरजीले कस्ले पढाइमा ध्यान दिएको छ, कस्ले छैन भन्ने कुरा हामीले पनि नजिकबाट मुल्याङ्कन गरी रहेका छौ। हामा केटा पनि त्यस्तै छन्। हामी पनि सचेत छैनौ। शैक्षिक प्रगति हुनलाई सवै मिल्न पर्छ। एउटा हेडले मात्र पनि हुँदैन।  हेडसरले त वातावरण मिलाऊने हो भनेर अध्यक्ष अमर वहादुरजीले भन्नुभयो। दम वहादुर,काजीमान, नकलहरुले वीच वीचमा धेरै हँसाउनु भयो। तर के भनेर हँसाउनु भयो  थाहा भएन। अन्तमा मलाई के भएर रीजल्ट यस्तो भयो हेडसरले भन्नु पर्यो भनेर चीज वहादुरजीले भन्नु भयो। मैले तीन चार कारणहरु दिए। प्राय सवैलाई चित्त वुझे छ। सभाको अन्तमा अध्यक्षले राम्रो तर्क दिएर सभा विसर्जन गर्नु भयो। हिड्ने समयमा तिमी होसीयार होउ,धेरै चिन्ता नगर भनेर टेक वहादुर सिँगराज, प्रेम वहादुर, चक वहादुर, दम वहादुर खुशीमानहरु धेरैले सहानुभुति दिएर जानु भयो।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?