Thursday March 04, 2021

पक्राउ परे भगिरथीका हत्यारा,११ कक्षा पढ्ने बिधार्थी भएको खुलासा

५ फाल्गुन, २०७७ शीतलपाटीन्युज डटकम। 1167


पक्राउ परे भगिरथीका हत्यारा,११ कक्षा पढ्ने बिधार्थी भएको खुलासा

शीतलपाटीन्युज डटकम।
काठमाडौं। बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या गरेको अभियोगमा सोही विद्यालयमा अध्ययन गर्ने एक विद्यार्थी पक्राउ परेका छन्।

 


सनातन माध्यमिक विद्यालयको कक्षा ११ मा अध्ययरत दिनेश भट्टलाई प्रहरीले पक्राउ गरेको हो। भागरथी यही विद्यालयको कक्षा १२ मा पढ्थिन र माघ २१ गते बुधबार विद्यालयबाट घर हिँडेकी उनको बलात्कार पछि हत्या भएको अवस्थामा भोलिपल्ट शव भेटिएको थियो।
दार्चुलाबाट बैतडी जाने बाटोबाट भित्री सडक हुँदै भट्टको घर जाने बाटोमा पर्ने लवलेक सामुदायिक वनमा सडकबाट ५० मिटर तल उनको शव भेटिएको थियो। घटनाको अनुसन्धानका क्रममा पक्राउ परेका भट्टले भागरथीको बलात्कारपछि हत्यामा आफ्नो संलग्नता स्वीकार गरेकाले भोलि सार्वजनिक गर्ने तयारी रहेको प्रहरी स्रोतले बताएको छ। भट्टले घटनामा संलग्नता स्वीकार्दै साबिती बयान दिएको भन्दै बैतडी प्रहरी स्रोतले भनेको छ,"बदला लिन यस्तो गरेँ भनेका छन्।"
स्रोतका अनुसार भट्टको हत्यापछि प्रहरीले दिनेशलाई सोधपुछ गरेर छाडेको थियो। सुदूरपश्चिम प्रदेश प्रहरीका एक उच्च अधिकृतले भने,"अहिले प्रमाणसहित पक्राउ गर्न सफल भयौं। यो प्रहरीको सफलता हो।" भट्टलाई अभियुक्तका रुपमा सार्वजनिक गर्दैछ।
भागरथी हत्यालाई धेरैले कञ्चनपुरकीले निर्मला पन्तको बलात्कारपछि हत्यासँग जोडेर हेरेका थिए । त्यो घटनाको जस्तो नियति नदोहोरिओस् भनेर खबरदारी समेत गरेका थिए ।

प्रहरी प्रधान कार्यालय, नक्सालले पनि घटनाको संवेदनशीलतामा ध्यान दिँदै सुरुवातदेखि नै केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० को टोली खटाएको थियो । प्रदेश प्रहरी प्रमुख उत्तमराज सुवेदी पनि अनुसन्धानमा खटिएका थिए ।
(अनुमान खवरबाट)
 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?