५ फाल्गुन, २०७७
शीतलपाटीन्युज डटकम ।
गैरआवासीय नेपाली संघ यूकेको एक महत्वपूर्ण र प्रभावकारी कार्यक्रमहरुमध्ये संघ संस्था प्रतिनिधी सभा (काउन्सिल मिटिङ) एक हो। बिगतको प्रचलन अनुसार राष्ट्रीय समन्वय समिति अन्तर्गत गठित सामाजिक संघसंस्था बिभागले यसको समन्वय र ब्यबस्थापन गर्दछ। बिश्व महामारिको प्रकोपमा अझै अवस्था सहज नभएकोले आगामी १४ मार्च, २०२१ आईतबार बिहान ११ देखी “संघ संस्था प्रतिनिधी सभा” काउन्सील बैठकको आयोजना गर्ने निर्णय भएको कुरा उपाध्यक्ष रोजिना प्रधान राई उपाध्यक्ष एवं संयोजक संघ संस्था समन्वय बिभाग गैर आवासीय नेपाली संघ यूकेले जानकारी गराउंनु भयको छ।
सभामा सहभागिताको लागी बिषेश गरी बेलायतमा कृयाशिल संघ संस्थाका २ जना प्रतिनिधीज्यूहरु अध्यक्ष-महासचिब वा संस्थाले तोकेको २ जना, एनआरएन यूके कार्यसमिति परिवार,राज्य समिति अध्यक्षज्यूहरु,बिधान अनुसार गठित बिभागिए प्रमुखज्यूहरु, एनआरएन यूके सल्लाहकार ज्यूहरुको सहभागीताको लागी बिनम्र अनुरोध पत्राचार गरिएको छ।
निमन्त्रणा जस्ताको तस्तै:
बेलायत स्थित संघसंस्थाका अध्यक्ष/महासचिबज्यूहरु,
आदरणिय अध्यक्षज्यू – महासचिबज्यू लगायत सम्पूर्ण कार्यसमिति परिवार - एनआरएन यूके,
राज्य समन्वय परिषद अध्यक्षज्यूहरु एनआरएन यूके सल्लाहकारज्यूहरु,
बिभागिय प्रमुखज्यूहरु (एनआरएनए यूके)
आमन्त्रित: एनआरएन आईसीसी पदाधिकारीज्यूहरू तथा सदस्यज्यूहरू तथा मानार्थ परिषद सदस्यज्यूहरु,
गैरआवासीय नेपाली संघ यूकेको एक महत्वपूर्ण र प्रभावकारी कार्यक्रमहरुमध्ये संघ संस्था प्रतिनिधी सभा (काउन्सिल मिटिङ) एक हो। बिगतको प्रचलन अनुसार राष्ट्रीय समन्वय समिति अन्तर्गत गठित सामाजिक संघसंस्था बिभागले यसको समन्वय र ब्यबस्थापन गर्दछ । बिश्वमहामारिको प्रकोपमा कमीआई दैनिकी सहज होला भन्ने आशमा धेरै महिना पर्खियौ तर अझै अवस्था सहज नभएकोले आगामी मार्च १४, २०२१ आईतबार बिहान ११ देखी “संघ संस्था प्रतिनिधी सभा” (काउन्सील बैठक) को आयोजना गर्ने निर्णय भएको सहर्ष जानकारी गराउंदछौ।
यस सभामा सहभागिताको लागी बिषेश गरी बेलायमा कृयाशिल संघ संस्थाका २ जना प्रतिनिधीज्यूहरु (अध्यक्ष-महासचिब वा संस्थाले तोकेको २ जना), एनआरएन यूके कार्यसमिति परिवार, राज्य समिति अध्यक्षज्यूहरु, बिधान अनुसार गठित बिभागिए प्रमुखज्यूहरु,एनआरएन यूके सल्लाहकार ज्यूहरु रको सहभागीताको लागी बिनम्र अनुरोध सहितको पत्राचार गरिएको छ। उक्त दिनको लागी समय छुट्याउनु हुन सादर अनुरोध गर्दछौ । सरकारी मापदण्ड अनुसार यो संख्यामा जमघट गर्न नमिल्ने हुंदा भर्चुअल्ली आयोजना गरिने योजना छ तर सरकारी नितीमा परिवर्तन भए नि:सन्देह भौतिकरुपमा गर्ने समेत जानकारी गराउंदछु। थप सूचना सहित शिघ्र सम्पर्कमा आउने समेत जानकारी गराउदछु ।
सहयोग एवं समझदारीको लागी धन्यबाद ।
भवदीय,
रोजीना प्रधान राई
उपाध्यक्ष एवं संयोजक संघ संस्था समन्वय बिभाग
गैरआवासीय नेपाली संघ यूके