Thursday March 04, 2021

एनआरएनए डेभलपमेन्ट फन्डको आईपिओ जारी हुने

६ फाल्गुन, २०७७ शीतलपाटीन्युज डटकम। 1154


एनआरएनए डेभलपमेन्ट फन्डको आईपिओ जारी हुने

शीतलपाटीन्युज डटकम ।
काठमाडौं। गैरआवासीय नेपाली संघले स्थापना गर्न लागेको एनआरएन डेभलपमेन्ट फन्डको प्रबन्धपत्र, नियमावली र कम्पनी दर्ता कागजातमा हस्ताक्षर भएको हो। काठमाडौंमा उपलब्ध संस्थापकहरूले उक्त कागजातमा हस्ताक्षर गरेका हुन् ।

 


१० अर्बको कोषमा नेपाल सरकारबाट पाँच प्रतिशतले हुने ५० करोड रूपैयाँ लगानीको प्रतिबद्धता आइसकेको उपाध्यक्ष डा.बद्री केसीले जानकारी दिएका छन। उपाध्यक्ष डा. केसीका अनुसार थप संस्थापकको १० प्रतशितले हुने १ अर्ब रूपैयाँ लगानी गर्नुपर्नेमा १ अर्ब ७० करोड जुटिसकेको छ। ८५ प्रतिशतमा संसारभरका गैरआवासीय नेपालीले १० डलर र त्यसभन्दा माथि लगानी गर्न पाउने छन् ।

 


स्वदेशको विकास र समृद्धिमा योगदान गर्ने अभियान अन्तर्गतको यो योजनाले लामो प्रयासपछि मूर्तरूप प्राप्त गरेको प्रतिक्रिया एनआरएनए अध्यक्ष कुमार पन्तले दिए। नेपालको पूर्वाधार क्षेत्रमा लगानी गर्न उत्सुक संसारभरका गैरआवासीय नेपालीको प्रतीक्षाको घडी अब समाप्त भएको पन्तको भनाइ छ। दर्ता प्रक्रिया सकिएपछि चाँडै नै आईपीओ जारी गरिने उनले बताए।
 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?