Thursday March 04, 2021

हरीहर निरौलाको शब्दमा सत्यराजको आवाजको म्युजिक भिडियो बजारमा 

६ फाल्गुन, २०७७ शीतलपाटीन्युज डटकम। 1292


हरीहर निरौलाको शब्दमा सत्यराजको आवाजको म्युजिक भिडियो बजारमा 

शीतलपाटीन्युज डटकम ।
काठमान्डौ। नेपालका चर्चित गायक तथा विभिन्न चलचित्र र भिडियो अभिनेता श्री सत्यराज आचार्यको सुमधुर स्वरबाट सु-सज्जित " भरोसाको दीयो” बजारमा आएको छ ।

हरिहर निरौलाबाट रचना गरिएको विशाल ढकालबाट संगीतबद्ध,पुस्कर सुनुवारबाट संयोजन भै डिजे मेवाहांगबाट रेकर्डिङ,किशोर थापाबाट मिक्सिंग, स्वरूप पुरुष ढकाल र पुष्पा रायमाझीबाट अभीनित यो भिडियोमा स्वयं सत्यराज आचार्यले निर्देशन गर्नु भयको छ। यसको सहायक निर्देशन अनिता थापाबाट गरिएको छ।

यो म्युजिक भिडियो गीतको आसय दुइ मुटुको मिलन पछि जीवन उज्यालो हुन्छ,सुन्दर हुन्छ, प्रज्वल्लित हुन्छ भनेर लाएको माया विचैमा अभिष्ट र स्वार्थको  ज्वारभाटा आई अनपेक्षित शोकमा डुब्न वाध्य प्रेमीको भरोसा भंग भएको हृदय विदारक घटना उजागर गरिएको छ।

यो म्युजिक भिडियोले संगीतको क्षेत्रमा एक इँटा थप्न सफल हुनेछ भन्ने विस्वास बोकेको छ।

 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?