Thursday March 04, 2021

घान्द्रुकमा स्कूल मेरो अनुभव : संस्मरण -२८

८ फाल्गुन, २०७७ शीतलपाटीन्युज डटकम। 1279


घान्द्रुकमा स्कूल मेरो अनुभव : संस्मरण -२८

तोयानाथ पौडेल।
सस्थापक प्रधानाध्यापक,
मेश्रम बराह माबि,घान्द्रुक,कास्की।

SLC १००% पास-

दोश्रो व्याज पनि विश्वासिलो नलागेर तेश्रोको लागि मैरो ध्यान पूर्व तयारी तिर गयो। त्यस कारण  म  २०३८ शालको दशै विदामा चितवन गए। मलाई कृष्ण सरका दुई भाई पढ्दैछन् भन्ने थाहा थियो। म नारायणघाट बाट पर्सा पट्यानी उनको घर पुगेँ। मैले कृष्णलाई  म तिम्रो घरमा विदामा आउछु भनेको थिईन। उनी घर पुगेका रहेनछन्। सायद उनी पोखरा तिरै अलमलिएका होलान्। उनका भाइ  दुइटा  प्रशुराम र बाशुदेव कक्षा ९ मा पढ्दै रहेछन्। मैले ती दुईभाईलाई घान्द्रुक पढ्नेको लागि पुरा मोटिभेट गरे ।अनि उनका बाबा विन्दु  प्रशाद पौडेललाई भने तपाईलाई यी दुई भाइलाई  एस यल सी पास गराउने  चिन्ता होला। यो चिन्ता ठूलो  छोराको काँधमा  बोकाई दिनोस् बाबा। कक्षा दशमा जान्छन् ,अब  ' टिऊसन पढाऊन पर्यो। अनि टिऊसन शिक्षक पाई ने कि नपाइने। यस्ता समस्या तपाईले समाधान गर्नु भन्दा खुरुक्क कृष्णको जिम्मा लगाएर एकवर्ष पठाई दिनु भयो भने SLC पास हुन्छन। अहिले घान्द्रुकको स्कूलमा बिषय शिक्षकहरु धेरै राम्रा छन्। यसमा चिन्ता नगरी पठाई दिनोस् भनी  मोटिभेट गरे। वहाले   लौ त लौ तिमीले भने पछि  हुन्छ भन्नुभयो । वहाले पुन भन्नुभयो कृष्णले के भन्छ? म एकरात त्यही बसेँ  कृष्ण पनि आईपुगे।  के हो यस्तो न भनि आउने सर  पनि भन्दै। म देउघाट आएको थिए, तिमी आईपुगेका हौला भनेर आ, तिमी आएका रहेनछौ। तैपनि भेट भयो राम्रो भयो सर। कृष्ण सहित पुन सल्लाह गरे  भाईहरु घान्द्रुक लैजाने भने बारेमा। एकछिन ठिक बेठिक बारे छलफल भयो। अन्तिममा घान्द्रुक पढाऊन लैजाने भन्ने निर्णय भयो। आफ्नो लक्ष्य  सफल भएको खुसी मन गरी बिहानको  खाना त्यही खाएर म पोखरा फर्के।

 


गणेष सरको भान्जा मीन वहादुर हेमजामा पढ्दै  थियो। त्यो थाहा पाएर मैले गणेससरलाई  के भनेको थिए भने तिमीले भान्जा यहा ल्यायौ भने  तिम्रा  तीनवटा छोरालाई उसले मद्दत गर्छ, भान्जाको सेवा पनि राम्रो हो सर भनि फकाइएको थिए। गणेष सरलाई भनेर मात्र हुन्नकी जस्तो लागेर उनको श्रीमती जानकीलाई पनि पकाएकोो थिए। मीन वहादुर पनि भर्ना भयो तेश्रो व्याजमा। अव वाहिरबाट तीनजना छात्रहरू भर्ना भए। उता मेलाँचेमा  स्कूल घर वनाउन लगाएको थिए। मैले उनी हरुलाई मैले ५०,००० हजार रुपैया मेरो जिम्मा भनेको थिए। मलाई त्यो पचास हजारले टाऊको दुःखेको थियो। एकदिन विदामा मेलाचे गएको स्कूल वनाऊने जग्गा खारी सकेका रहेछन्। गारो लगाउने ढुङ्गा पनि झिकेका रहेछन्। मैले तिनीहरुलाई भने, 'तपाईहरुले मैले भनेको मान्ने हो भने म पचास हजार खोज्छु, नत्र त्यो सालमा राष्टिय पन्चायतको चुनाव थियो। त्यो काल खण्डमा एक व्यक्तिले दुई माननीयलाई भोट दिन पाऊने व्यवस्था थियो। मैले मेलाचेका मानिसहरुलाई  भने, मैले भोट जहा देउभन्छु तपाईहरुले त्यसैमा  भोट दिनु पर्छ भन्दा काला र शेर वहादुरले हुन्छ सर हामी यही सल्लाह गरेर आऊछौ, तपाईले जहा भन्नुहुन्छ त्यसैमा दिन्छौ सर। तपाई ढुक्क हुनुहोस् भने।

 


अनि मैले राघेश्याम सर र धन वहादुर थकाली  रास्टिय पन्चायतमा उठेका थिए। दुवैजना मसँग भोटको लागि आए। मैले दुवैजनालाई वेग्लावेग्लै भने, अरु गाऊको भोट म भन्न सक्तिन मेलाचेका सवै भोट एकलौटी खन्याई दिन्छु तपाइको वाकसमा। यदि  तपाईहरुले उनीहरूले वनाउन लागेको स्कूल   घरलाई दश दश हजार रुपैया चन्दा दिनुहुन्छ भने   भनेको वहाहरुको मन्जुरी भयो। त्यहाँबाट बिसहजार भयो। ओजवालाई चिठी लेखे तीस हजारको लागि, उसले पनि ल्याईदियो।

२०३९ सालको चैत्रमा ओजवा आफ्नो छात्राहरुको साथमा आए। स्वागतमा रामो गर्यौ हामीले। आफ्नो मनमा भने चिन्ता छ। स्कूलको दोश्रो  व्याच बिग्रेको खवर भनेकै थिईन। तेश्रो व्याजले SLC  दिइ सकेका थिए। स्कूलको सरसामान सहित रु ३०,००० हजार ल्याई दिएका रहेछन्। ओजवाले मलाई पैसा माइक लगाएर एक समारोहका साथ दिए। मैले पनि मेलाचेका स्कूल प्रतिनिधी शेर वहादुरजीलाई त्यही समारोहको वीचमा वुझाई दिए।मेरो प्रतिज्ञा पुरा भयो उनीहरूले पनि स्कूल भवन बनाए। अरु म पछि लेख्छु। स्कूल जापानी विध्दार्थीको चहल पहल थियो। कोही खेलाउदै थिए, भने कोही पढाऊदै।

ओजवा र म स्कूलको शैक्षिक गतिविधिको वारेमा छलफलमा थियौ। मैले भन्नै पर्यो, दोश्रो पनि कलेज गएन भनेर,उ पनि चिन्तित भयो एउटा शिक्षक, विद्दार्थी पास नभएको कुरा सुन्दा। तर उसले मलाई  हेलाँ गरेन, विचरा उसले मलाई गालि दिने सट्टा झन हौसला दियो। भन्यो, चिन्ता नगर साहास गर।  शैक्षिक प्रगति छिटो समयमा हुने कुरा हैन। उसले मेरो विद्दार्थीहरुको मनस्थिति वुझि सकेको  थियो। मेरो प्रयास पनि उसले नजिकबाट नियाली रहेको थियो। दुई दिनको वसाई पछि उसलाई विदा गरे मैले। यो पटकको वसाईमा हामीले विद्दार्थीलाई छात्रवृति र शिक्षकलाई  बिशेष भत्ता दिने विषयमा छलफल गर्यौ। त्यसले गर्दा शैक्षिक प्रगतिमा रामो गर्न सकिएला भनेर। ओजवा पनि बिदा हुने अनि स्कूल निरीक्षण गर्न पनि एक माध्यमिक निरीक्षक ईश्वर श्रेस्ट भन्ने व्यक्ति निरीक्षणको लागि आए। उनले स्कूल निरीक्षण गर्ने क़ममा भने तिमो विद्दार्थी कमजोड छ। तिमीले धेरै मिहिनेत गर्नुपर्छ पढाइमा। उनले पुन थपे, यो बर्षबाट लगातार तीन वर्ष स्कूल निल भएमा स्कूलको अनुदान वन्द हुने नियम आएको छ तोयानाथदाई। त्यो कुरा सुन्दा म त झझ्याङ्ग भएँ।
विद्यालय निरीक्षण गरी सकेपछि निरीक्षण पुस्तिकामा लेख्ने क़्रममा मैले इश्वरजीलाई अनुरोध गरे  'ईश्वरजी ' एउटा अनियमित कुरा साथीको हैसियतमा अनुरोध गर्दछु मानीदिनोस् न भने। उनले के हो, भन न  त भने  । प्राइमरी तहमा अलि विद्दार्थी उचाली दिनोस्  न  लाज मानी मानी भने। उनले वुझिएन भने, मलाई एउटा प्रावि दरबन्दी थप्नलाई हो सर भनेको उनी हाँसे । एक छिन मेरो मुखमा हेरेर भने भन्न मिल्छ हेड्सरले यस्तो कुरा भन्दै विद्दार्थी सङ्ख्या थपेर रिपोर्ट तयार गरे। अनि मलाई पढ्नदिए रिपोर्ट। मैले पढेर सही गरी दिएँ। मेरो भनाई अनुशार  तयार भएको रहेछ। मैले पनि खुशीमा एउटा सानो घान्द्रुकको चिनो खुट्टा पुछ्ने  काम्लो  पठाई दिए पछि उनलाई।

पाहुना विदा गरे, स्कूल पनि निरीक्षण भयो। मेलाको समस्या पनि हल भयो। तर मनमा अमिलोपन झन बढ्दै गयो। एक थरी अभिभावकले २०२७ सालको स्कूल गयो अहिले पनि कुन्नी भन्ने कुरा चलाएका छन् गाउमा  घुई घुई। वैशाख गयो जेठ लाग्यो। SLC को रिजल्ट हुने समय आयो। यो तेश्रो व्याज थियो। यो वर्ष हामीले जम्मा पाच जना मात्र सेन्टअप गरेका थियौ। आँफूलाइ आषाढै नआए हुने जस्तो लाग्न थाल्यो। अषाढमा रीजल्ट भयो। नम्वर लिएर पहिला शिक्षामा गए रीजल्ट हेर्न। सवै हेडसरहरुको चुरीफुरी  चर्को थियो। आफ्नो त कि के भयो झट्ट हेरीन गोर्खा पत्र। शिक्षाधिकारी ढुन्नीराज शास्त्री थिए। उनले मसग नम्मर छ, केटाहरुको भन्नु भयो। उनी आफ्नो घुम्ने चेरमा वसेर मेरो स्कूलको नम्वर गोर्खापत्रमा हेरे। अनि यस्तै भने तपाइलाई वधाई छ, तपाईँका सवै पास भए। अनि अफिसको चार्डमा मेश्रम वराह मावि २०३९ को रीजल्टामा १००% भनी लेखियो। म त लामो सास फेरेर घर फर्के। स्कूलको वर्षे विदा सकियो। शिक्षा अफिसबाट मार्कसिट लिएर खुशी हुदै स्कूल पुगे।

यसपाली हामीले पाचजना विद्धार्थी  सेन्टअप  गरेका थियौ। पाच जनामा गोपाल वहादुर गुरुङ्,वाल कुमारी गुरुङ, प्रशुराम पोडेल,वाशुदेव पौडेल र मिन वहादुर। यति पाच जनाले जाच दिएका थिए , पाचै जना ५८,५९% ल्याएर पास भए। थोरैले प्रथम श्रेणी पुगेन। मेरो तर्फबाट उक्त पाचैजना थन्यवादका पात्र भए । तत्कालीन माध्यमिक शिक्षक वेणी त्रिपाठी, विनोद वराल, छवीलाल आचार्य, कृष्ण पौडेल  र डिलाराम भण्डारी  हुनुहुन्थ्यो। वहाहरु सवै धन्यवादका पात्र हुनुभयो। २०२७ साल त आउन दियन हेडसरले भन्ने कुरा भित्रभित्र पुग्यो जताततै। त्यसको भाद्रमा एउटा सन्चालक समितिको मिटिङ् गरेँ। मिटिङमा तत्कालीन शिक्षक साथीहरुलाई ठूलो वधाई पास गराई दिए समितिको मिटिङमा। मलाई एक दिन डिल प्रशादको फुपू प्रेमकि आमा गोपालकि आमा, देनसिँकि आमा, भूवनेश्वरकी आमा, प्रमिलाकी आमा,अर्जुनको आमा, किमिँती साहु काईली आमा हरु के कामले पन्चेमा जम्मा भएका रहेछन्।  स्कूलमा म अफिसमा थिए सरासर आएर एउटा फुलको थुमा दिएर साहा हेडसर भन्नु भयो सवैले। मनै देखि आशिर्वाद हाल्नु भयो। मेरो त आखा रसाय छ। डिल प्रशादको  फुपुले त मुखै मुशारी दिएकी। त्यस्तै सवै आमाहरूले। वहाहरु धेरै समय स्कूलमा वसेर जानु भयो। जाने समयमा एक दिन त वेणी सर र तिमी खान खान आउ है हाम्रोमा सवैले भनेर जानु भयो। त्यो दिन अहिले सम्झदा आनन्दको अनुभूति हुन्छ। त्यस्ता दिन एक दिन आऊने हो आयो गयो। ती आमाहरुले स्वर्गको डिलबाट हेरी रहेका होलान जस्तो लाग्छ मलाई अहिले पनि।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?