Saturday May 08, 2021

नेप्लिज ब्रिटिश कम्युनिटी युकेले आफ्नो ११ औं वार्षिकोत्सव ” विशेष मनोरंजन २०२१” साथ मनाउदै

९ फाल्गुन, २०७७ शीतलपाटीन्युज डटकम। 2007


नेप्लिज ब्रिटिश कम्युनिटी युकेले आफ्नो ११ औं वार्षिकोत्सव ” विशेष मनोरंजन २०२१” साथ मनाउदै

जीएनएनएन ।
लण्डन। बेलायतस्थित सामाजीकं सेवामा अग्रपंक्तिमा रहेको नेप्लिज ब्रिटिश कम्युनिटी युकेले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा ” विशेष मनोरंजन २०२१” कार्यक्रम आयोजना गर्ने भएको छ। विशेष मनोरंजन २०२१ नाम दिइएको उक्त कार्यक्रममा नेपालका ख्याति प्राप्त राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहने भयको छ।

 


आगामी मार्च ६ तारिख युके समय २ बजेबाट  ४ बजे सम्म आयोजना गर्न लागिएको उक्त कार्यक्रममा नेपाल र यूकेबाट प्रख्यात कलाकारहरू रहने कुरा एउटा प्रेष मीट कार्यक्रमद्धारा जानकारी गराइएको छ। भर्चुअल जुम मार्फत प्रचार गरीएको सो कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष कमल कमल पौडेल, संयोजक राज ओझाका साथै ऋषि खनाल,समिरनाथ प्याकुरेल,लेखनाथ घिमिरे,कुल सिग्देल,चुरामणी रेग्मी,अन्जु सिग्देल,सुरज कार्की,भन चन्द,प्रभु न्यौपाने,रामसरण सिंखडा  लगायतका पदाधिकारी र सल्लाहकारहरु एवम GNN Networks का प्रमुख सम्पादक भगीरथ योगी, GNNN का सम्पादक डा जगन कार्की,शीतलपाटीन्युज डटकमका सम्पादक बाचस्पति रेग्मीको उपस्थिति थियो।

कार्यक्रममा सहभागी हुने सबै कलाकारहरुले बिना पारिश्रमिक स्वयंसेवी रुपमा प्रस्तुति दिने बताइएको उक्त कार्यक्रममा प्रख्यात गायक तथा संगितकार बसन्त सापकोटा,युवा पुस्तामाझ चर्चित गायिका एलिना चौहान तथा गायक राज सिग्देलको संगीतिक प्रस्तुति रहने छ। कोरोना महामारीसंगै परिरहेको मानसिक असर र स्ट्रेसलाई मनोरंजन मार्फत उच्च मनोबल बढाउन हास्य कलाकारहरु मनोज गजुरेल र जितु नेपालको प्रस्तुति रहने छ। कविता कन्सर्ट र कवितालाई भावभंगिमा सहित प्रस्तुत गर्ने चर्चित कवि नवराज पराजुलीको पनि प्रस्तुति रहने छ।कार्यक्रममा बेलायतका स्थानीय अभियानहरुु नृपेश उप्रेती,नारायण गाउँले,फडिन्द्र भट्टराई,मंजु भण्डारी, रमेश कायस्थ,दिपक थापा,आशिष राज लगायतको प्रस्तुति रहने एनबिसी युकेले शनिबार आयोजित एक प्रेस मिट मार्फत जानकारी गराएको छ।

भर्चुअल रुपमा प्रस्तुत हुने कार्यक्रमको लाइभ स्ट्रिम बेलायतका अधिकांश अनलाइन लगायत नेपाल तथा अन्य देशमा संजाल रहेको ग्लोबल नेप्लिज न्युज नेटवर्कका साइटहरु मार्फत पनि प्रसारण हुने छ। भाषण र आसन ग्रहण भन्दा पनि विशुद्ध मनोरंजनात्मक हुने कार्यक्रम संयोजक तथा एनबिसी युकेका सांस्कृतिक संयोजक किरण अधिकारीले जानकारी दिएका थिए भने संस्थाका सचिव रबिन्द्र अधिकारीले कार्यक्रमको रूपरेखा जानकारी गराएका  थिए।

जुम मार्फत दर्शकहरूलाई निशुल्क रहेको मनोरन्जनात्मक कार्यक्रम ब्यापारिक संघसंस्थाहरुबाट सहयोग स्वरुप केहि आर्थिक  संकलन गरिने र उक्त रकम बेलायतस्थित नेपाली समुदायको हितका लागि खर्च गरिने संस्थाका संयोजक राज ओझाले जानकारी दिए।
 




मतहरू

Robin

Wow, you found the slime. Did you check these penomet reviews? Bless this place!

Heike

Nice blog you created for us! Did you check these penomet reviews? Plz kindly take care!

Erin

I love how you illustrate your tiddly-winks. Where are your penolmet reviews? LoL!

Kristal

Fantastic bra-straps. Did you check these penomet reviews? Thanks!


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?