Thursday March 04, 2021

यूकेको अल्डरसट नर्थ टाउनमा धन सार्कीले पोष्ट अफिस संचालन गर्दै

११ फाल्गुन, २०७७ शीतलपाटीन्युज डटकम। 1111


यूकेको अल्डरसट नर्थ टाउनमा धन सार्कीले पोष्ट अफिस संचालन गर्दै

शीतलपाटीन्युज डटकम।
लन्डन। बेलायत बसोबास गरेका नेपालीहरूको राजधानी मानिने अल्डरसटको नर्थ टाउनमा नेपाली समुदायमा सामाजिक अभियन्ता धन बहादुर सार्कीले पासपोर्ट सेवा, हुलाक सेवा,पार्सल सेवा संचालन गर्न स्विकृती प्राप्त गरेका छन्।

 


'बाचौँ र बचाऔँ' अभियानका अभियन्ता, समाजसेवी एवम नेपाली वेयलफेयर सोसाइटी यूकेका अध्यक्ष धन बहादुर सार्कीले पोष्ट अफिस सेवा दिने सप खरिद गरेका हुन्। उक्त पोष्ट अफिसबाट चिठी, डकुमेन्टसहित ३० केजी तौलसम्मका सबै प्रकारका सामान विश्वभर पोष्ट गर्न सकिनेछ। ब्रिटिस पासपोर्ट चेक एन्ड सेन्ड,आइडी भेरिफिकेशन,बैंकिङ कारोबार (एकाउन्ट खोल्न,डिपोजिट/सेभिङ गर्न, पैसा निकाल्न,आइएसए खोल्न,चेक डिपोजिट गर्न क्रेडिट कार्ड लिन, मोर्गेज) आदि सेवा उपलब्ध भएको सार्कीले बताउठनु भयको छ ।

ट्राभल अन्तर्गत संसारभरका पैसा साट्ने व्यवस्था, पैसा पठाउन वा लिनका लागि मनिग्राम सेवा, पेन्सनको पैसा निकाल्न सकिने,इन्सुरेन्स,बस रेल, डिस्काउन्ट पास आदि समेत उपलब्ध हुने छन् । इमर्जेन्सी पोष्ट साँझ ५ बजेसम्म आए भोलिपल्ट बिहान ९ बजे पाइने ‘स्पेसल डेलिभरी’ व्यवस्था समेत उपलब्ध भएको सार्कीले बताए ।

यस कार्यालय खरिद गर्ने कार्यमा सहयोग पुर्याउने काउन्सिलर गेयानर अस्टिन,काउन्सिलर किथ डिब्बल, मार्क गिट्टोस विविड़ होम्स अफिसर,रसमोर बरो काउन्सिल अफिसरहरु,राजेन्द्र सुवेदी, चारट्याक्स एसोसियसन एन्ड कम्पनी चार्टर एकाउन्टेन्ट,एनआरएन युके सचिव जित रानाभाट तथा पोस्टमास्टर हारो पोस्ट अफिस लन्डनका सञ्चालक कृष्ण तिवारीलाई सार्कीले विशेष धन्यवाद दिएका छन।

पोस्ट अफिसको साथमा आउटपोस्ट कफी नामक क्याफे पनि सञ्चालन हुने जानकारी गराउनु भयको छ । उक्त क्याफेलाई बेलायती तथा नेपाली समुदायका मानिसहरुलाई मिटिङ्ग पोइन्ट या भेटघाट गराउने स्थलको रुपमा विकास गरिने तयारी छ।

समाजसेवा मेरो काम मात्र होइन, मेरो प्यासन, दायित्व र सपना हो सार्कीले बताएका छन्।समाजसेवा गर्न थप उर्जा मिलेको र यो पोष्ट अफिस व्यवसायले समाजसेवाको एउटा पार्टको रुपमा मलाई  जोड्ने छ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?