१४ फाल्गुन, २०७७
शीतलपाटीन्युज डटकम ।
अल्डरसट,लण्डन, २५ फेब्रुअरी २०२१। भूतपूर्व गोर्खालाई नागरीकता,सरकारी प्रमाण पत्र र सरकारी सेवा पाउन झन्झट भयको देखिएकोले यीनीहरुले यो देश United Kingdom लाई दिएको योगदान र बलिदानको मुल्याङकन गर्दै नागरीकता, पासपोर्ट जस्ता सरकारी काममा लागेको शुल्क मिनाहा गरीदिन युकेका सम्माननिय प्रधानमन्त्री बोरिस जोनसनलाई इमेल मार्फत काउन्सील लिडर डेभीड क्लीफोर्डले [email protected] अपिल गरेका छन।
लिडर डेभीड क्लीफोर्डले,"म रशमोर ब्रो काउन्सिलको काउन्सिल लिडर हुँ,जस अन्तर्गत ब्रिटिश सेनाको घरको रुपमा प्रशिद्ध अल्डरशट एरिया पनि पर्दछ। अल्डरशट ग्यारिसनसँग घनिश्ठ सम्बन्ध रहेकोमा हामी गौरवकासाथ सम्मान व्यक्त गर्दछौँ र धेरै बर्ष देखिको यहाँ स्थित ग्यारिसन र यसका शाखाहरुसँगको उत्पादनमूलक अती गहिरो सम्बन्धबाट आनन्दित छौं। हामीहरुले सैनिक कन्वेन्ट चैम्पियनको नेतृत्वमा रहेको सैन्य बल साथै स्ठानिय सैन्य समूदायको सिद्धान्तहरुको वितरणको लागि कडा मिहिनेत गरेका छौं,किनकी उनीहरु काउन्सिलको लचिलो,एकजुट एवम एकीकृत स्थानिय समाज निर्माण गर्ने उदेश्यसँग सामिप्यता राख्दछन। यससँग जोडीएको,सरकारको सैन्य बल विधेयकको हामी स्वागत गर्दछौं र करारको माध्यमबाट गरिने कुरालाई पूरा गर्ने कार्यको लागि प्रतिबद्ध छौं उनले भनेका छन।"
"हामीलाई थाहा छ कि हाम्रो सैन्य दस्तामा गोर्खाहरू एवम भेट्रानहरु उल्लेख्य सँख्यामा छन,जो हाल रशमोरमा अबस्थित छन। ब्रिटिश सैन्य बल एवम स्थानीय समूदायमा पुय्राएको महत्वपूर्ण योगदानको लागि काउन्सिल कदर एवम सम्मान गर्दछ र हामीहरुले उनीहरु र उनीहरुको परिवारसँग इन्ट्रिगेशनको लागि बिकसित गरेको नजिकको सम्बन्ध समेतलाई हामी उत्सवको रुपमा लिन्छौं र यो प्रकृया तथा सकारात्मक क्रमलाई भविश्यमा निरन्तरता दिन चाहन्छौं। उनले अल्डरसट, फार्नबरोस्थित सेवारत र भूपू गोर्खा सैनिकका लागि ब्रिटिश नागरिकता र ‘नेचुरलाइजेसन’ मा अवरोध हटाइ निशुल्क गर्न आग्रह गरेका हुन्।"
"रसमोर काउन्सिल गोर्खा सैनिक,भूपू सैनिकको नागरिकता एवम सेटलमेन्ट सम्बन्धी अप्ठ्यारो अवस्था,आर्थिक बोझ,अनावश्यक चुनौती प्रकृया बिषयमा पुर्ण जानकार रहेको छ र हामी रक्षा मन्त्रालयले उपरोक्त अवस्थालाई सहज,सरल एवम लचकता प्रदान गर्नको लागि गर्ने सार्वजनिक परामर्श अभ्यासलाई ध्यानमा राखेका पनि छौं।"
"हामी सम्बन्धित लागत एवम शुल्क समाप्त गर्नको लागि समिक्षा गरिएका प्रावधानहरु जान्न इच्छुक छौं किनकी यो अल्डरशट र फान्ब्रोका सैनिक एवम भूपू सैनिकको लागि तत्कालिन मुद्धा हो। परामर्श अभ्यासको साथ र नागरिकतामा अवरोधहरुलाई कम गर्न आवश्यक कदमहरु उठाउन हामी सरकारलाई आह्वान गर्दछौं। गोर्खा सैनिक एवम दिग्गजहरुको नेचुरलाइजेसन समेत सजिलो तरिकाले बनोस भन्ने हाम्रो कामना छ।"
"यदी यी उठिरहेका मूद्धाहरुको समाधानको लागि सरकारले जतिसके छिटो समाधान गर्न सके हामी समाजमा सहयात्रीको रूपमा हुनेछौ। यो सम्भव हुदा हो,सहि प्रगती हुनसकेमा म आभारी हुनेछु किनकी यसबाट हामी गोर्खा सैनिक एवम भूपू सैनिकहरुका लागी समर्थन गर्न सकौं। जसले महारानी र यस देशको शान्ती एवम बिकासका लागी ज्यान दिएका छन, लगनशीलता र सम्मानका साथ सेवा गरेका छन् भनेर भवदीय काउन्सिलर डेभिड क्लिफोर्ड लिडर अफ काउन्सिल भनेर बिज्ञप्ती लेखेर प्रेषित गरेका छन।"
"बेलायतमा नेपालीहरूको राजधानी मानिने अल्डरसट लण्डनमा रहेर नेपाली अभियन्ताहरूले देखाउनु भयको समाज रुपान्तरणको एउटा फल पनि हो यो निवेदन। अत्यन्त धेरै नागरिकहरू आएर भीड भयको ठाउमा स्थानिय जनतासंग मिलेर काम गरेका काउन्सीलर प्रवेश केशी, काउन्सीलर उमेदवार जीव बेलबासे र काउन्सीलर उमेदवार नेम थापाका योगदान महत्वपूर्ण थियो। साथै बेल्वासे, केसी र थापाले गोर्खाहरुका समस्या काउन्सिलसमक्ष पटक पटक स्मरण गराउंदै आएका पनि थिए ।
(समाचार श्रोत: जीव बेलबासे)
ध्यानाकर्षणको लागि
Rt Hon Dominic Raab MP, Foreign Secretary ([email protected])
Rt Hon Ben Wallace MP, Secretary of State for Defence ([email protected])
Copy to : Leo Docherty MP ([email protected]
श्रदेय प्रधानमन्त्री (एम पि ) बोरिस जोन्सोनज्यु,
१० डाउनिङ स्ट्रिट
लंडन
ईमेल मार्फत: [email protected]
obxjlnxnh
???????? ???? ????? ??????????? ???????? ????????? ???????? ??? ????? ???? ????????????? ????? ???????? ???? aobxjlnxnh [url=http://www.g06itw7g4247uza2fh006n1yh776wx8ts.org/]uobxjlnxnh[/url] obxjlnxnh http://www.g06itw7g4247uza2fh006n1yh776wx8ts.org/