१५ फाल्गुन, २०७७
शीतलपाटीन्युज डटकम।
लण्डन। पोखरामा हुने आहा रारा गोल्ड कप को १९ औं संस्करणका लागि सहारा यूकेले यस वर्ष पनि आकर्षक ट्रफी पठाउन खरिद गरी सकेको समाचार प्राप्त भएको छ।
सधै झै सहारा यूकेले यस वर्ष पनि ट्रफी पठाउन तयारीका साथ सवै ट्रफिहरू खरिद गरिएको अध्यक्ष कुमार गुरुङले बताउनु भयको हो । उहले –“हामी हरेक वर्ष झैं यो वर्ष पनि ट्रफी पठाउँदै छौं,यि ट्रफीहरु गोल्डकपमा आकर्षक मात्रै नभई खेलाडीको जिवनको चिनो बन्ने छन।” भन्नु भयको छ। वेलायतबाट पठाइने ट्रफीहरु प्रत्येक खेलका लागि म्यान अफ दी म्याच ट्रफी सहित विभिन्न विधामा उत्कृष्ट खेलाडीलाई प्रदान गरीने ट्रफीहरु रहेका छन ।
१० वटा खेलको लागि १० वटा म्यान अफ दी म्याच ट्रफी, प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीलाई उत्कृष्ट स्टाइकर,उत्कृष्ट मिड फिल्डर,उत्कृष्ट डिफेन्स,उत्कृष्ट गोलरक्षक, उत्कृष्ट हाईस्कोरर,अनुशासित टोली,उत्कृष्ट प्रशिक्षकलाई प्रदान गरिने आकर्षक ट्रफी पठाइने तयारी भइरहेको सहारा युकेका उपाध्यक्ष कुशाङ गुरुङले जानकारी दिनु भयको छ।
अध्यक्ष कुमार गुरुङले ति ट्रफीहरुको नेपाली रुपैयाँ करिव १ लाख २५ हजार रहेको बताउनु भएको छ। त्यसै गरी विजेता तथा उपविजेता खेलाडीहरुलाई प्रदान गरिने मेडल समेत वेलायतबाट नै पठाइने भएको छ। विभिन्न विधामा उत्कृउष्ट हुने खेलाडी एवं कुनै टोलीको लागि ति ट्रफी निकै आकर्षक भएकोले उक्त ट्रफीको महत्व थप बढेको सहारा क्लव पोखराका अध्यक्ष केशव बहादुर थापाको बताउठनु भयको छ ।
सो १९औ संस्करणको सो फुटवल खेल पोखरा रंगशालामा हुने सहारा क्लवले जनाएको छ। प्रतियोगितामा १० टिमको सहभागिता रहने,२०७७ चैत १७ गतेदेखि चैत २८ गते सम्म हुने १९ औं संस्करण चर्चित राष्ट्रिय तथा अन्तराष्ट्रिय अन्तर क्लब स्तरिय आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिता हुने भएको छ।