Sunday April 11, 2021

युनिफर्म सहितको फोटो फेसबुकमा नराख्न सबै प्रहरीलाई निर्देशन

१६ फाल्गुन, २०७७ शीतलपाटीन्युज डटकम। 1104


युनिफर्म सहितको फोटो फेसबुकमा नराख्न सबै प्रहरीलाई निर्देशन

शीतलपाटीन्युज डटकम।
काठमाण्डौ। सामाजिक सञ्जाल प्रयोग गर्दा यसम्बन्धि आचारसंहिता पालना गर्न नेपाल प्रहरीले आफ्ना कर्मचारीलाई सचेत गराएको छ। प्रहरी प्रधान कार्यालयले मातहतका कार्यालयलाई सर्कुलर जारी गर्दै संगठनको छविमा नकारात्मक प्रभाव पार्ने गरी सामाजिक सञ्जाल प्रयोग नगर्न कर्मचारीहरुलाई निर्देशन दिएको हो ।

प्रहरी प्रधान कार्यालयले प्रहरी कर्मचारीहरूले पालना गर्नुपर्ने ‘आचार संहितासम्बन्धी कार्यादेश, २०७७’ बिपरीत हुने गरी फेसबुक,ट्वीटर,यूट्युब लगायतमा संगठनसंग सम्बन्धित सामाग्री शेयर नगर्न आग्रह गरेको छ ।

‘प्रहरी संगठनको छवि–क्रियाकलापमा नकारात्मक प्रभाव पार्ने खालका सामाग्रीहरू फेसबुक,ट्वीटर, यूट्युब,टिकटक लगायतमा पोष्ट, शेयर, ट्याग, कमेन्ट, लिङ्क शेयरिङ,ट्वीट तथा रि–ट्वीट नगर्नु हुन अनुरोध छ’,जारी सर्कुलरमा भनिएको छ।

प्रहरीले सुपरीवेक्षण तहमा रहेका अधिकृतहरूलाई त्यसको अनुगमन तथा निर्देशनको जिम्मा दिएको छ। प्रहरीले युनिफर्म लगाएको फोटो समेत सामाजिकसञ्जालमा हाल्न पाउने छैनन्।
दृष्टि
 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?