Sunday April 11, 2021

घान्द्रुकमा स्कूल मेरो अनुभव : संस्मरण -२९

१७ फाल्गुन, २०७७ शीतलपाटीन्युज डटकम। 1400


घान्द्रुकमा स्कूल मेरो अनुभव : संस्मरण -२९

तोयानाथ पौडेल।
सस्थापक प्रधानाध्यापक,
मेश्रम बराह माबि,घान्द्रुक,कास्की।


यो पाली हामीले पाचजना विद्धार्थी सेन्टअप गरेका थियौ। पाच जनामा गोपाल वहादुर गुरुङ,वाल कुमारी गुरुङ,प्रशुराम पोडेल,वाशुदेव पौडेल र मिन वहादुर   यति पाच जनाले जाच दिएका थिए। पाचै जना ५८/५९% ल्याएर पास भए। थोरैले प्रथम श्रेणीमा पुगेन। मेरो तर्फबाट उक्त पाचै जना थन्यवाद पात्र भए। तत्कालीन माध्यमिक शिक्षक वेणी त्रिपाठी,विनोद वराल,छवीलाल आचार्य,कृष्ण पौडेल र डिलाराम  भण्डारी हुनुहुन्थ्यो। वहाहरु सवै धन्यवादका पात्र हुनु भयो। २०२७ साल त आउन दिएन हेडसरले भन्ने कुरा भित्रभित्र पुग्यो जताततै।
त्यसको भाद्रमा एउटा सन्चालक समितिको मिटिङ् गरेँ। मिटिङ्ममा तत्कालीन शिक्षक शाथीहरुलाई ठूलो वधाई पास गराई दिए समितिको मिटिङमा। मलाई एकदिन डिल प्रशादको फुपू "साहु काईली आमा र अर्जुनको आमा किमिँती,प्रेमको आमा,शत्रमानको आमा नारायण सिँको आमा,गुप्ताको आमा राजुको आमा, प्रमिलाको आमाहरु के कामले पन्चेमा जम्मा भएका रहेछन् वहाहरु स्कूल आऊनु भयो। म अफिसमा थिए। वहाहरु अफिस भित्र पशेर एउटा फुलको थुमा दिएर  स्याहा हेड सर भन्नु भयो  सवैले।मनै देखि आशिर्वाद हाल्नु भयो। मेरो त आखा रसाएछ।  डिल प्रशादको  फुपुले त मुखै मुशारी दिएकी। त्यस्तै सवै आमाहरूले। वहाहरु धेरै समय स्कूलमा वसेर जानु भयो। वेणीजी र म  आफैँ खाना वनाएर खान्थ्यौ। वहाहरु जाने समयमा एक दिन त वेणी सर र तिमी खान खान आउ है हाम्रोमा सवैले भनेर जानु भयो। त्यो दिन अहिले सम्झदा  आनन्दको  अनुभूति हुन्छ। त्यस्ता दिन एक दिन आऊने हो  आयो गयो। ती आमाहरु सवैले  स्वर्गको डिलबाट हेरी रहेका त छैन जस्तो लाग्छ मलाई अहिले पनि।

 


मेलाचेमा कति दिन मेश्रमको शिक्षक राख्ने ? यसको समाधान कसरी  गर्ने ? म त अलमलमा थिए। कसै कसैले मेलाईचेको स्कूलको नाम के हो भनेर शोधेमा  मैले के भन्ने गरे भने त्यो स्कूल मेश्रमको शाखा हो।मैले स्वीकृत नभएसम्म ताल वराही प्रावि भनिन। एकदिन सिँगराजजीसग सल्लाह गरेँ मेलाचेको वारेमा। वहाले तिमी र त्यहाँको शेर वहादुर भएर जिल्ला सभापति अमर वहादुरलाई भेट्न जाउ भन्नु भयो। त्यही सल्लाह अनुशार र मैले योजना बनाए।


शेर वहादुरलाई एउटा वाघे काम्लो बोकाएर म पोखरा झरेँ। हामी घान्द्रुके माईलाको होटलमा वस्यौ त्यो रात। भोलि पल्ट शिक्षा समितिको मिटिङ् थियो  शिक्षा अफिसमा। हेडसरहरुको प्रतिनिधि जिल्ला शिक्षा समितिमा श्याम प्रशाद पन्त  हुनुहुन्थ्यो। मैले जादाको वेलुकै श्याम सरलाई भेटे र मेलाचेको सवै समस्या वताएँ। वहाले मुकुन्द शरण उपाध्यायलाई पनि भेट्न भन्नुभयो। उहा पनि समितिमा हुनु हुन्छ भन्नु भयो। साँझमा तै वेलुका मुकुन्दलाई  पनि भेटे।वहाले धेरै स्कूल लाइनमा वसेका छन् थाईको लागि म केही भन्न सक्तिन भन्नुभयो। म र शेर वहादुर त्यो रात स्कूलको  चिन्तन गरी  घान्द्रुकको होटलमा सुत्यौ। विहान उठेर हामी त्यो काम्लो लिएर सभापति अमर वहादुर कार्कीको घरमा गयौ।

ओझेलमा परेको मेलाचेमा स्कूल घर तयार भयो  तर  शिक्षक  छैन। स्कूल चलाऊने  अनुमति पनि छैन। जनताले शिक्षक पालेर पढाउने क्षमता पनि त्यहाँको मानिसमा छैन। अव कसरी त्यहा पढाई गराउने ? स्कूल कसरी शुरु गर्ने भवनले मात्र त हुने भएन। त्यो ठाऊमा एकजना मात्र पढेको भए त  उसलाई केही समय स्वयंम्सेवकको रुपमा काम गर भन्न हुने थियो। त्यो पनि त्यहा  सम्भव थिएन।
एकदिन त्यहा एक सभाको लागि तयार हुनलाई भने । त्यो दिन शनिवार थियो। मैले सिँगराजजीसँग  सल्लाह गरेँ त्यहा जानको लागि। त्यो सभा हुने दिनमा म छिटो खाना खाएर सिँगराजजीको घरमा गए। वहाको आगनमा चन्द्र वहादुरजी र खुशीमान सहित भएर तीनजना गफ गर्दे हुनुहुदो रहेछ। वीर वहादुर पनि आई पुगे। मैले ढिला होला जाउ भने। वहाहरुले के के कुरा  गर्नुभयो, म सहित वहाहरु तीनै जना भयर गफ गर्दै  मेलाचे गयौ। मेलाचेमा सवैजम्मा भएर वसेका रहेछन्। गाउवासिले हामीलाई मनै शान्ति शान्ति स्वागत गरे, मालाले भने हैन। हामी लवुमा वसेर कुरा गर्यौ स्कूलको। कूरा धेरै गरे मैले शिक्षाको वारेमा। शिक्षा नहुनाको कारण आज यस्तो अवस्था भयो हाम्रो भनेर धेरै सम्झाए। अनि सिँगराज, चन्द वहादुरजीले पनि धेरै उखान टुक्का हालेरभन्नु भयो। खुशीमानजीले हँसाई हँसाई भन्नुभयो। शिक्षक व्यवस्थाको निचोड केही निक्लेन। चन्द्रजीले भन्नु भयो चार दिनको ज्याला सवैले दिएमा शिक्षक राख्न सकिन्छ होला हैन हेडसर भनि मेरो मुखमा हेर्नु भयो। त्यसो गरे त हुने थियो भनि खुशीमानजीले भन्नु भयो।  लामो छलफल पछि अन्तमा जे गरेनी हेडलेनै गर्नु पर्यो। तिमीहरुले पनि हेडसरले भनेको  मान्नु पर्यो  भन्नु भयो चन्द वहादुरजीले। समय ढिला भै सकेको थियो। गङ्गाधरजीको घरमा आलु उसिनेका रहेछन्। हामीले आलु प्रशस्त खायौ मोहीको साथमा। मोही पनि कति मिठो  थियो, अहिले सम्म सम्झने खालको। हामी  घरमा आउदा रात नै परेको थियो। कृष्ण र वेणीले भोलिपल्ट त्यहाँको प्रगतिको वारेमा शोध्नु भयो। निचोड केही थिएन के भन्ने। सरहरुको चासोमा  धन्यवाद दिएँ।      
          
कर्ण वहादुर दमै भन्ने केटाले स्कूल पढ्न छाडेको थियो। त्यो केटा चलाख थियो। त्यो छाडेकोलाई सम्झाएर पुन स्कूलमा ल्याएको थिए। त्यो एक्जाम्टेडमा पास भएको एस एल सी। त्यो त्यसै थियो। भाग्यले दिने वेलामा एकै चोटी दिन्छ भन्ने कुरा मलाई विस्वास लाग्छ। त्यही समयमा मेश्रम वराह स्कूलको प्राइमरी दरवन्दी थप भयो। त्यसको श्रेयमा विनी इस्वरलाईनै दिनुपर्छ। जिल्ला शिक्षा अधिकारी ढुन्नीराजजी पनि अनुकुलै थिए मेश्रम वराहको। त्यही दरव्दीमा म आफै शिक्षा अफिसमा गएर  कर्णवहादुर दमैलाई नियुक्त गरेर ल्याए। अव मेश्रमको प्राइमरी दरवन्दीमा ६ वटा शिक्षक भयो। मैले कर्णलाई  मेलाचेमा पढाउनमा राखेँ। महिनामा एक पटक आएर स्कूलमा हाजीरी गर्ने र तलव लिएर जाने गराए। एक दिन पनि स्कूलमा हाजिर नभयको शिक्षकलाई कसरी तलव खान दिने भन्ने चर्चा शिक्षक वीच चल्यो ।नारायण सिँलाइ स्कूलको एकाउन्टेनमा भर्ना गरेको थियो। उनलाई मैले भित्री रहस्य खोले मैले। यो दरवन्दी मेलाईचेकोलाई हो वावू यहाको हैन। त्यो स्कूल स्विकृत भएपछि हाम्रो हुन्छ भने,तर त्यो हैन। फेरी एक कान, दुई कान भएमा त मेरो जागिरको सवाल हुन सक्छ। यसको भित्री रहस्य नारायण सिँ, कृष्ण र वेणी सरलाई मात्र  थाहा थियो। समितीमा मैले सिँगराजजीलाई भने भनेको थिए। मीनवहादुर, अमर वहादुरजीले वस्तै गर्नु भयन यो वारेमा। स्कूल निरीक्षण आएको समयमा भने मैले कर्णलाई मेश्रममा नै वोलाऊथे।

पहिला गेटमै रोक्यो गाडले। तोयनाथ पौडेल प्रधानाध्यापक मेश्रम वराह मावि भनि लेखेर पठाएँ।भित्रको अनुमति पाइयो। वैठक कोठामा शेर वहादुर र म वसिरह्यौ, धेरै वेर। सभापतिको आमा आउनु भयो । म घान्द्रुकबाट आमा भनेको, तिमी हेडमास्टर हैनौ  भन्नु भयो। मैले एकछिन कुरा गरेर आउनाको कारण भने। मैले शेर वहादुरलाई शेर वहादुर कार्की भन्नु भनि शिकाएको थिए। उनले पनि त्यस्तै आफ्नो परीचय दिए। त्यै समयमा हामीले मेलाचेको उपहार दियौ  आमा भन्दै। आमा हट्टा गट्ठा  हुनुहुन्थ्यो। मलाई  अमरेलाई माया गर है हेडमास्टर नानी भन्दै जानु भयो। हामी वसेको ठाउँमा एकक्षण पछि चिया आयो  चिया खादै थियौ। सभापति अमर बहादुर आउनु भयो हामी वसेको कोठामा। वहा नवसि हाम्रो आउनाको कारण उठी उठी सोध्नुभयो। मसँग त पहिले नै  चिनजान थियो। शेर वहादुरको परिचय लिनु भयो। म शेर वहादुर कार्की मेलाईचे घान्द्रुक भनेपछि वहाले गाह्रो छ धेरै स्कूल क्युवमा छन् भन्दै जानु भयो। हिड्ने वेलामामा सभापतिकी आमालाई भेटेर आमालाई हाम्रो मर्का वुझ्नु भयो भनि भन्यौ। हामी आशावादी छौ भनि वाहिर लाग्दा आमाले मलाई पाखुरामा च्याप्प  समातेर भन्नुभयो। म उसलाई सम्झाउछू मास्टरनानी भन्नुभयो। हामी त्यहाँबाट वाहिरीयौ।

त्यो दिनको दिउँसो एक वजे मिटिङ् थियो  जिल्ला शिक्षा समितिकोमा।  शेर वहादुर र म शिक्षा अफिसको गेटमा वस्यौ। मिटिङ्ममा आएकालाई  सवैलाई न स्किर गर्यौ। हामीले हेडसर स्याम प्रशादले पस्ने वेलामा ऐ तोयनाथ सभापतिलाई भेटिस् त विहान भन्नुभयो। मैले इशाराले  सहमति जनाए।मिटिङ् लामो भयो। ५ वजे समितिका सदस्यहरू मिटिङ् सकाएर बाहिरिने बेला स्याम सरले वधाई दिनु भयो। सभापतिजी हामी तिर हेरेर हाँस्तै जानु भयो।अनि हामी अफिस भित्र पस्यौ। जिसिअ र ईश्वर श्रेष्ठ  भित्रै हुनु  हुनुहुन्थ्यौ।  हामी भित्र जादा हामीलाई वधाई दिनु भयो दुवै जनाले। ईश्वरजीले तोयनाथ दाई  तिमीलाई सभापति र श्माम सरले कति माया गरेको भन्नुभयो। त्यस्तो दुर्गमको हेडमास्टरलाई माया गर्नु परेन त भने। एक छिनको वार्ता पछि जिशिनी र मा वि नी दुवैलाई  घान्द्रुकको निम्ता दिएर हामीवाहिरीयौ। वाहिरीने वेलामा अफिसका पिएन कृष्ण वहादुरजीले चिया ल्याउनु भयो। उठेका मानिस वसेर चिया खायौ हामीले। मेलाईचे स्कूल स्थाइ भयो। 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?