Saturday September 18, 2021

अल्डरसट निवासी मधुमेह र छारे रोग लागेका नेपालीले बिना अपोइन्टमेन्ट  प्रिन्सेसहल खोपकेन्द्रमा खोप पाउने।

१७ फाल्गुन, २०७७ शीतलपाटीन्युज डटकम। 2920


अल्डरसट निवासी मधुमेह र छारे रोग लागेका नेपालीले बिना अपोइन्टमेन्ट  प्रिन्सेसहल खोपकेन्द्रमा खोप पाउने।

शीतलपाटीन्युज डटकम।
लन्डन । बेलायतको अल्डरसटमा बसोबास गरीरहेका नेपालीहरु मध्य मधुमेह र छारे रोग लागेका बिरामीहरुले बिना अपोइन्टमेन्ट कोभिड खोप पाउने भएको समाचार प्राप्त भयको छ।

अल्डरसटको प्रिन्सेस हलस्थित खोप केन्द्रबाट आउँदो शुक्रबार मधुमेह र छारे रोगका नेपाली  बिरामीलाई खोप उपलब्ध गराउने कुरा अल्डरसट खोप केन्द्रको नेतृत्व गरिरहेकी डा लुइस पेनले जनाएकी छिन्। आज सोमबार बिहान डा लुइससंग भएको छलफलपछि ग्रेटर रसमोर नेपाली कम्युनिटीका निवर्तमान अध्यक्ष जीव बेल्वासेले सो कुरा शीतलपाटीन्युज डटकमलाई बताएका छन्। "मधुमेह र छारे रोगका भयका नेपाली  बिरामीलाई अपोइन्टमेन्ट आवश्यक पर्नेछैन। सिधै आएर खोप लिन सक्नुहुन्छ" बेलबासेले भनेका छन।

यो सुविधा कुनै निश्चित उमेर समूहमा सिमित मात्र नगरी सबैको लागि लागू हुने पनि बेल्वासेले  बताए। मधुमेह र छारे रोगका केस हुने बाहेक अरुलाई अपोइन्टमेन्ट आवश्यक पर्नेछ।

बेलायतमै सबैभन्दा बढी नेपालीको बसोबास रहेको अल्डरसुटमा यसअघि ६० वर्ष माथिका सबैलाई बिना अपोइन्टमेन्ट खोप प्रदान गरिसकिएको छ ।

भूपू गोर्खा समुदायलाई लक्षित गरी स्थानीय समुदायका अगुवाहरुको पहलमा नेपालीहरुका लागि विशेष व्यवस्था मिलाइएको थियो। खोपको डेलिभरी पर्खिरहेका कारण अहिले अल्डरसटमा खोप वितरण रोकिएको छ । बिहीबार खोप डेलिभरी आउने र शुक्रबार वितरण सुचारु गर्ने योजना छ। अल्डरसट खोप केन्द्रमा स्थानीय नेपाली समुदायका अगुवा समाज सेवीहरु पनि निरन्तर स्वयमसेवकका रुपमा खटिएका छन्। 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?