१७ फाल्गुन, २०७७
शीतलपाटीन्युज डटकम।
लन्डन। बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी आज लन्डन स्थित नेपाली दूतावास आइपुग्नु भयको छ। महामहिम राजदूत आज बेलायतमा आइपुग्नु भयको कुरा नेपाली राजदूतावास बेलायतले प्रेष बिज्ञप्ती मार्फत जानकारी दिएको हो।
महामहिम राजदुत लोक दर्शन रेग्मीले आजै राजदुतमा समेत गर्नु भयको समाचार प्राप्त भयको छ।
एक्काइसौं महामहिम राजदूत रेग्मी सोमवार बिहान लण्डनको हिथ्रो विमानस्थल उत्रिएका हो। राजदूत रेग्मीका साथ उहाको धर्मपत्नी पनि साथमा हुनुहुन्थ्यो। राजदूतलाई स्वागत गर्न दूतावासकी उपनियोग प्रमुख एबम कार्यवाहक राजदूत रोशन खनाल, सैनिक सहचारी साथै दूतावासका अधिकारीहरू हिथ्रो एअरपोर्ट उपस्थित हुनु भयको थियो।
बेलायत सरकारको अनिवार्य नियम अनुसार उनी १४ दिन ‘होम क्वारेन्टिन’ मा बस्नु पर्ने भएकाले पब्लिकसंग साक्षात्कार हुने गरि काम नगरे पनि दूतावासभित्रै आवास गृह भएकाले औपचारिक कार्यभार भने शुरु गर्ने श्रोतको भनाइ छ ।