Sunday April 11, 2021

बीबीसी मास्टर सेफ प्रोफेसनल्स यूके-२०२० का उपविजेता सेफ सन्तोष साह नेपाल पर्यटन बोर्डद्वारा  सम्मानित

१८ फाल्गुन, २०७७ शीतलपाटीन्युज डटकम। 3510


बीबीसी मास्टर सेफ प्रोफेसनल्स यूके-२०२० का उपविजेता सेफ सन्तोष साह नेपाल पर्यटन बोर्डद्वारा  सम्मानित

काठमाडौं (जीएनएन ) : बीबीसी मास्टर सेफ प्रोफेसनल्स यूके-२०२० का उपविजेता सेफ सन्तोष साहलाई नेपाल पर्यटन बोर्डले सम्मान गरेको छ । सेफ सन्तोषलाई बोर्डले मंगलबार सम्मान गरेको हो।

सम्मान कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले नेपाली खानालाई विश्व जगतमा चिनाएकोमा सेफ सन्तोषलाई धन्यवाद दिए।

सचिव कोइरालाले नेपाललाई यसरी नै विश्वमा चिनाउन सकेको खण्डमा मात्रै नेपालको पर्यटनले सार्थकता पाउने बताए । उनले आफ्नो पहिचानलाई विश्व भरि चिनाउन सेफ सन्तोषबाट सिक्नुपर्ने तर्क गरे।

विश्व चर्चित सेफ सन्तोषले नेपाली भएको नाताले आफुले नेपाल चिनाउने कोसिस गरेको बताउँदै एउटा भान्छेलाई सम्मान गर्ने नयाँ नेपाल आफुले पाएको बताए । सेफ सन्तोषले हरेक नेपालीले आफु मात्रै होइन नेपाललाई पनि चिनाउन तयार हुनुपर्ने बताए । उनले विश्व बजारमा नेपाली खाना चिनाउन योमरी लगायतका खानाले महत्वपूर्ण भूमिका खेलेको जिकिर गरे।

सिराहा जिल्लाको कर्जनाहामा जन्मिएका साह गत १० वर्षदेखि बेलायतमा बस्दै आएका छन् । बिहीबार मात्रै काठमाडौं आएका उनलाई विमानस्थलमा भव्य स्वागत गरिएको थियो।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?