Sunday April 11, 2021

बिश्वका ८ देशमा स्मार्ट एनआरएनएमा सूचिकृत

१९ फाल्गुन, २०७७ शीतलपाटीन्युज डटकम। 1103


बिश्वका ८ देशमा स्मार्ट एनआरएनएमा सूचिकृत

शीतलपाटीन्युज डटकम।

लण्डन। गैरआवासीय नेपाली संघका ७ वटा राष्ट्रिय समिति ‘स्मार्ट एनआरएनए’ मा सूचिकृत भैसकेको समाचार प्राप्त भयको छ । गैरआवासीय नेपाली संघका अनुसार मंगलवारसम्म क्यानाडा, जापान, मलेशिया, न्यूजिल्याण्ड, सेसेल्स, साउथअफ्रीका, स्वीजरल्याण्ड र अमेरिका राष्ट्रिय समिति ‘स्मार्ट एनआरएनए’ मा जोडिएको हो।

स्मार्ट एनआरएनएको  बिधी र प्रणालीको प्रयोगकर्ताले डिजिटल परिचयपत्र, व्यवसायीक प्रतिष्ठानमा डिस्काउण्ट, वैज्ञानिक सदस्यता वितरण प्रणाली, अनलाइन भोटिङ्ग सिस्टम लगायतका सुविधा प्राप्त गर्ने एनआरएन का अन्तराष्ट्रिय सचिव गौरीराज जोशीले बताएका छन् ।

यसैबीच गैरआवासीय नेपाली संघ यूकेले समेत ‘स्मार्ट एनआरएनए’ मा जाने तयारी गरेको छ। संघकी अध्यक्ष पुनम गुरुङ्गका अनुसार संघले पहिलो चरणमा काठमाण्डौंस्थित सचिवालयको आइटी टिमसंग कन्सल्टेशन गरिसकेको बताउनु भयको छ। आगामी केही हप्ताभित्र एनआरएनए युके समेत स्मार्ट एनआरएनको सेवा उपलब्ध हुने छ।

संघले विश्वभर छरिएका ८० भन्दा बढी देशलाई लक्षित गर्दै ल्याएको ‘स्मार्ट एनआरएनए’ सेवा ल्याएको हो। मध्यपूर्वका अधिकांस देश स्मार्ट एनआरएनएमा जोडिने तयारीमा छन् ।
 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?