Sunday April 11, 2021

दोब्बरले बढ्यो अनलाइन भुक्तानीको सीमा, यस्तो छ नयाँ व्यवस्था

२० फाल्गुन, २०७७ शीतलपाटीन्युज डटकम। 1099


दोब्बरले बढ्यो अनलाइन भुक्तानीको सीमा, यस्तो छ नयाँ व्यवस्था

शीतलपाटीन्युज डटकम।
काठमाडौं। नेपाल राष्ट्र बैंकले मोबाइल तथा इन्टरनेटमा आधारित बैंकिङ कारोबारको सीमा एकै पटक दोब्बरले बढाएको छ। अब प्रतिदिन मोबाइल बैंकिङबाट २ लाख र इन्टरनेटमार्फत (मर्चेन्ट पेमेन्ट) २० लाख रूपैयाँसम्म भुक्तानी गर्न सकिने भएको छ।

यसअघि मोबाइल बैंकिङमार्फत प्रतिदिन एक लाख रुपैयाँ र इन्टरनेट बैंकिङमार्फत १० लाख रूपैयाँसम्म काराेबार गर्न पाइन्थ्याे ।

राष्ट्र बैंकका अनुसार यो सीमा एउटै व्यक्तिको नाममा बैंक तथा वित्तीय संस्थामा रहेको एउटा खाताबाट सोही व्यक्तिको नाममा सोही संस्थामा रहेको अर्को खातामा रकमान्तर गर्दा भने लागू हुनेछैन।

त्यतिमात्रै नभएर सरकारको सम्बन्धित कार्यालयमा भुक्तानी गर्नुपर्ने कर, राजस्व, जरिवाना, सवारी दस्तुर लगायतका सेवा शुल्क भुक्तानी गर्दा कुनै सीमा लाग्ने छैन।

यस्तै विद्युत सेवा, दूरसञ्चार सेवा, खानेपानी सेवा, बीमा प्रिमियम, सामाजिक सुरक्षा भत्ताको रकम, शिक्षण संस्था (विद्यालय/कलेज), स्वास्थ्य संस्था, हवाई सेवा,यातायात सेवा र होटल तथा रेष्टुरेन्ट सेवाकाे कारोबारको भुक्तानी गर्नुपर्ने बिल बमोजिमको रकम भुक्तानीमा पनि सीमाले बाधा पुर्‍याउने छैन।

धितोपत्र व्यवसाय गर्न अनुमतिपत्र प्राप्त धितोपत्र दलालहरूसँग धितोपत्रहरूको कारोबारबापत तोकिएको बैंकमा रकम भुक्तानी गर्दा पनि सीमाले असर नगर्ने उल्लेख गरिएको छ।

केन्द्रीय बैंकबाट अनुमतिपत्र प्राप्त भुक्तानीका विशेष उपकरणहरुमा समेत सीमाले बाधा नपुर्‍याउने बताइएकाे छ।
(टेकपानाबाट)
 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?