२० फाल्गुन, २०७७
शीतलपाटीन्युज डटकम।
लण्डन। नेपाल प्रेस युनियन बेलायतका सचिव मन्दिप केसीलाई मातृशोक परेको समाचार छ । नेपालसंसार डटकमका सम्पादक समेतरहेका केसीको माता सुशिला केसीको बुधवार ५४ बर्षको उमेरमा निधन भएको हो ।
यस दुखद घडीमा नेपाल शीतलपाटीन्युज डटकम स्वर्गीय सुशिला केसीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त मन्दिप केसीसहित समस्त केसी परिवारमा हार्दिक समवेदना प्रकट गर्दछ।