Sunday April 11, 2021

शिव मन्दिर अल्डरसटमा गजुर राखियो

२१ फाल्गुन, २०७७ शीतलपाटीन्युज डटकम। 1225


शिव मन्दिर अल्डरसटमा गजुर राखियो

शीतलपाटीन्युज डटकम।
अल्डरसट,लण्डन। लण्डनको अल्डरसटमा संचालित शिव कल्चरल एण्ड कम्युनिटी सेन्टरको मरमत हुदै रहेको मन्दिरको शीरमा हिजो एक समारोहको बीच गजुर स्थापना गरिएको छ।


हरेक मन्दिरको शोभाको रूपमा रहने गजुरलाई १० बजेर १५ को शुभसाइतमा मन्दिरको शीरमा चढाईएको हो। रसमोर बरो काउन्सिलका काउन्सील लिडर डेभिड क्लीफोर्डको उपस्थीतीमा सो कार्यक्रम सम्पन्न  भयको हो।

 


बुद्धिस्ट कम्यूनिटी सेंटर युकेका उपाध्यक्ष,लामों समय बेलायती नेपाली समाजमा अनवरत योगदानकर्ता, शिव कल्चरल एण्ड कम्यूनिटी सेंटरको मन्दिर भवन ख़रीद प्रकृयाका मुख्य सहयोगी हर्क गुरुङ दम्पतिले नेपाली कालीगढद्वारा तयार गरिएको कलात्मक गजुर सहयोग गर्नु भयको हो। युरोप कै पहिलो नेपाली प्यागोडा शैलीको ५ फिट अग्लो गजुर बुझ्दै सेन्टरका अध्यक्ष भिम बानियाँले दानविर गुरूङ दम्पतिलाई धन्यवाद दिनु भयको छ ।

 


कार्यक्रम पश्चात महासचिव बिक्रम भट्टराईले फेसबुकमा लेख्दै "शिव मन्दिरलाई अझै शोभायमान बनाईदिनु भएको छ। श्रीमान श्रीमती हर्क तथा जगना गुरुङज्युलाई सम्पुर्ण सनातन संस्कृति प्रेमी बेलायती नेपाली तथा अन्य समुदायको तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्न चाहान्छौं। यसरी नेपालबाट ल्याईएको हाम्रो संस्कृतिको पहिचानलाई उचालेर धुरीमा पुर्याउन पाउदा अत्यन्त सुखद अनुभूति भएको छ। यहाँको सदासर्वदा जय होस् 🙏🏻🙏🏻🙏🏻भन्नु भयको छ।

 


कुइन्स रोड अल्डरसटमा रहेको सेन्टरमा  काउन्सीलर क्यालम, काउन्सीलर उम्मेदवार जीव बेलबासे, सेन्टरका उपाध्यक्ष बाचस्पति रेग्मी,गोरखा मिडियाका सम्पादक मिलन तमु गुरूङको उपस्थितीमा भयको सो कार्यक्रम सम्पन्न भयको थियो।




मतहरू

Omprasad Thapa

Great News well done to all


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?