Sunday April 11, 2021

अरुण शाक्यको संयोजकत्वमा विवेकशील साझा सद्भाब समुह यूके राष्ट्रिय समिति गठन

२२ फाल्गुन, २०७७ शीतलपाटीन्युज डटकम। 1659


अरुण शाक्यको संयोजकत्वमा विवेकशील साझा सद्भाब समुह यूके राष्ट्रिय समिति गठन

शीतलपाटीन्युज डटकम।
लण्डन । देशको राजनिती अफ्ठ्यारो परिस्थितीमा रहेको समयमा बैकल्पिक पार्टीको रुपमा उदाउदै गरेको विवेकशील साझा पार्टीसँग सदभाब राख्नुहुने बिदेश स्थिती सदभाब समुहहरु गठन, पुनर्गठन तथा समायोजन हुने क्रम तिब्र बढ्दै गएको छ । बिशेष गरेरा विवेकशील साझा सदभाब समुह यूरोप महादेशिय समितिको समयोजक एस के श्रेष्ठको प्रमुख पहलमा यूरोप लगायत बिभिन्न देशहरुमा प्रबास समिती गठन गर्ने क्रम निरन्तर बढ्दैछ । विवेकशील दल र साझा पार्टी पुन: एकिकरण भएपछी पार्टीको नियम अनुसार बिदेश स्थित सदभाब समुहहरु पनि पुन समायोजन गर्नुपर्ने भएकोले समायोजन कार्य भईरहेको छ । यसै क्रममा हिजो मार्च ४ तारिख २०२१ बिहीवारको दिन बेलायत सरकारको नियम र कोभिड महामारीको कारण भौतिक रुपमा भेला वा सभा सम्मेलन गर्न नपाउने भएकोले भर्च्युल (जूम) मार्फत कार्यक्रम आयोजना गरी कानुनबिद तथा “जनताको स्वतन्त्र आयोग” को संस्थापक तथा संरक्षक अरुण रत्न शाक्यको नेतृत्वमा (संयोजकतामा) र नेपाल सरकारको पूर्व निजामती कर्मचारी पिटर्सबर्ग निवासी बलराम मैनाली सह-सयोजक हुने गरी विवेकशील साझा सदभाब समिती यूके पुनर्गठन गरेको छ ।

जस अन्तर्गत विवेकशील साझा सदभाब समिती यूकेको २० सदसिय समिती यस प्रकार रहेका छन।संयोजक – अरुण शाक्य,सह – संयोजक – बलराम मैनाली,संगठन बिभाग प्रमुख तथा सचिब – अशोक रिजाल, प्रबक्ता – टोउ गुरुङ, संचार संयोजक – प्रेम खत्री, सदस्यहरु –रामेश्वोर थापा, इन्दि शाक्य, ज्ञानु खत्री,आनन्द सुबेदी, कृष्ण प खतिवडा,दीपक अधिकारी,गणेश गैरे,नेत्र कडरिया “निश्चल”,खुगेंद्र कंडेल, नवराज न्यौपाने, प्रकाश पोख्रेल, महेश गौतम, कृष्ण अधिकारी, प्रकाश पोख्रेल, बसन्त गौतम रहनु भयको छ।

कार्यक्रमको शुरुवातमा सहाभागी सदस्यहरुलाई स्वागत गर्नुहुँदै निबर्तमान तथा बर्तमान संयोजक अरुण रत्न शाक्यले यूकेमा विवेकशील साझा सदभाब समुहको ईतिहास र महत्वबारे प्रकाश पार्नु भएको थियो। त्यस्तै सह सयोजक बलराम मैनालीले आफ्नो राजनीतिक पृष्ठभुमि जेजस्तो भए त पनि अबको बिकल्प भनेको बैकल्पिक पार्टी मात्र भएकोले यस पार्टीलाई निरन्तर साथ सहयोग गरेर आगडी बढ्ने कुरा ब्यक्त गर्नुभयो। कार्यक्रम समितिको संचार संयोजक ब्रिस्टोल निवासी प्रेम खत्रीले पुरानो दलहरुले नेपालमा बिकास र समृद्धिको खासै गर्न नसकेकोले अबको बिकल्प र विश्वास भनेको विवेकशील साझा पार्टी जस्तो बैकल्पिक पार्टीले मात्र परिवर्तन ल्याउन सकिन्छ भन्ने विश्वास भएकोले सबैले सदभाब राखेर साथ सहयोग गर्नुहुन अनुरोध गर्नुभयो। कार्यक्रममा सहभागी नयाँ सदस्यहरुले आफु माथि हुन- अरुलाई होच्याउनु वा गालीगर्नु भन्दा बैकल्पिक पार्टीको नेताहरुले (विवेकशील साझाको नेताहरुले) पार्टीको धारणा तथा योजनाहरु सालीन भएर सकरात्मक रुपमा जनता समक्ष राख्न उत्तम हुने कुरा औल्याउनुभयो।


भर्च्युल (जूम) कार्यक्रम
कार्यक्रममा यूरोप महदेशिय समितिको संयोजक एस के श्रेष्ठले यूके सदभाब समिती स्थापनाकाल देखी नै उत्तम समितिको रुपमा स्थापित भएकोले यसरी नै उत्तम रहनेछ भन्ने विश्वास राख्नुभयो साथै बिगत र बर्तमानमा आफुलाई सहयोग गर्नुहुने सम्पूर्ण सदस्यहरुलाई धन्यवाद तथा बधाई दिनुभयो । साथै कार्यक्रममा विवेकशील साझा सदभाब समुह पोर्चुगलको सह प्रबक्ता दिपक गौतमले पुनर्गठन समितिका पदाधिकारीहरुलाई बधाई तथा शुभकामना दिनुभएको थियो । साथै यूके निवासी तर हाल जन्मभुमी नेपालमा हुनुभएको अर्को सदस्य निर्देश सिलवालले सम्पूर्ण पदाधीकारी र मित्रहरुलाई बधाई तथा शुभकामना दिनुभएको थियो ।

भर्च्युल कार्यक्रम विवेकशील साझा सदभाब समुह यूकेको निबर्तमान तथा बर्तमान सचिब अनि संगठन बिभाग प्रमुख अशोक रिजालले उत्कृष्ट तरिकाले सन्चालन गर्नुभएको थियो। पुनर्गठन समितिलाई शीतलपाटीन्युज डटकम  हार्दिक बधाई तथा शुभकामना ब्यक्त गर्दछौ ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?