Wednesday December 01, 2021

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल यूकेद्वारा स्व.कलाकार बद्री केसीको सम्झनामा एक विशेष कार्यक्रम

२३ फाल्गुन, २०७७ शीतलपाटीन्युज डटकम। 3512


राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल यूकेद्वारा स्व.कलाकार बद्री केसीको सम्झनामा एक विशेष कार्यक्रम

शीतलपाटीन्युज डटकम।
लण्डन। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, यूके शाखाद्वारा बहुप्रतिभाशाली कलाकार स्वर्गीय लोकगायक बद्रि केसीको सम्झनामा भर्चुअल जुमद्वारा श्रध्दान्जली कार्यक्रम सम्पन्न भएको छ।

 


उक्त श्रध्दान्जली कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको केन्द्रीय अध्यक्ष रमेश बिजी र बिशेष अतिथिमा प्रतिष्ठान गण्डकी प्रदेश  शाखाको अध्यक्ष सुरेन्द्र गुरूङ, निवर्तमान अध्यक्ष सागर बिरही गुरूङ, बरिष्ठ उपाध्यक्ष पुर्ण परियार लगायत बेलायत स्थित थुप्रै संघसंस्थाबाट आमन्त्रित अतिथिहरू साथै प्रतिष्ठान यूकेको कार्यसमिति पदाधिकारीहरू, सदस्यहरू आजीवन तथा साधारण सदस्यहरू र स्वर्गीय बद्रि केसीको नजिकको साथीहरू र शुभचिन्तकहरूको सहभगिता रहेको थियो। शोकसभा भव्यताका साथमा सफल भएको प्रत्यक्षदर्शीहरूले बताएका छन । नाई नभन्नु ल २ चलचित्र को गीत “मर्ने कसैलाई रहर हुदैन” बजाएर शुभारम्भ भएको कार्यक्रम प्रतिष्ठान यूकेको सचिव रत्न शाहीद्वारा सन्चालित थियो। लण्डन नेपाल न्युजका संपादक शिव भण्डारीको संयोजनमा फेसवुकमा प्रत्यक्ष प्रशारण  पनि गरिएको थियो। प्रतिष्ठान यूकेको सल्लाहाकारहरू बिभिन्न संघसंस्थाको प्रतिनिधित्व गरेर पाल्नु भएको अतिथिहरू विशेष अतिथि र प्रमुख अतिथिहरूले श्रद्धांजलि मन्तव्य दिनुभएको थियो।

 


स्वर्गीय बद्रि केसीको सम्झ्नामा २ वटा छुट्टा छुट्टै धुन बजाई करिव ५ मिनटसम्म मौन धारण पनि गरिएको थियो। लोक दोहोरी प्रतिष्ठान गण्डकी प्रदेशले स्वर्गीय बद्री केसीको स्मृतिमा अक्षयकोष खडा गरि उहाको नामलाई अमर राख्न त्यो कोषबाट भएको आम्दानीले  हरेक बर्ष कुनै प्रतिभा अथवा कलाकारलाई सम्मान गर्ने अभियान अगाडी बढाई सकिएको उक्त अभियानलाई सफल बनाउन सबैको साथ सहयोगको अपेक्षा गरिएको अध्यक्ष सुरेन्द्र गुरूङले संबोधन  बक्तव्यमा दर्शाउनु भएको थियो।

शोकसभाको अन्तमा प्रतिष्ठान यूकेको अध्यक्ष एवम सभाको सभापतित्व गर्नु भएका टंक शेरचनले शोक मन्तव्य  दिदै कार्यक्रम सफल बनाउन अमुल्य सहयोग पुराउने बिभिन्न ब्यक्तित्वहरूलाई धन्यबाद भन्दै सभालाई बिसर्जन गर्नु भएको थियो। लोकदोहोरी प्रतिष्ठान बेलायत शाखाका सल्लाहाकार गणेश गुरूङको संयोजनमा अछयकोषका लागी आर्थिक संकलन गर्दै रहेको पनि जानकारी गराएको थियो ।




मतहरू

ArthurDep

unity sex games extreme penetration sex games iphone sex games

DonaldArede

free hd sex games steam for sex games playing games turns into sex with mom

HenryAdods

esgic fioricet

cialis coupon

cialis with dapoxetine overnight to cialis dosage


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?