Saturday October 23, 2021

आहा ! रारा ! गोल्डकप प्रेस मीट - एक विदेशी सहित ८ टिमको सहभागिता हुने

२९ फाल्गुन, २०७७ शीतलपाटीन्युज डटकम। 1841


आहा ! रारा ! गोल्डकप प्रेस मीट - एक विदेशी सहित ८ टिमको सहभागिता हुने

शीतलपाटीन्युज डटकम।
पोखरा,नेपाल। बहुप्रतिष्ठित राष्ट्रिय तथा अन्तराष्ट्रिय अन्तर क्लब स्तरिय आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिताको १९ औं संस्करणमा एक विदेशी टीम सहित ८ टिमको सहभागिता हुने भएको छ।

 


सहारा क्लवले एक पत्रकार सम्मेलन मार्फत उक्त कुराको जानकारी दिएको हो। चैत २१ देखि २८ गते सम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल आयल निगम मनाङ्ग मर्स्याङ्गदी क्लब,नेपाल पुलिस क्लब, रुस्लान थ्रिस्टार क्लब, नेपाल ए.पि.एफ.क्लब,संकटा क्लब,मछिन्द्र क्लब,अफ्रिकन रुट एसोएसन,डउला, क्यामरुन र आयोजक सहारा क्लब पोखराको सहभागिता रहने कलवका अध्यक्ष केशव बहादुर थापाले जानकारी दिनु भयको छ।

 


प्रतियोगिताको उपाधि विजेताले रु.१० लाख १ हजार र उपविजेताले रु.५ लाख १ हजार रुपैयाँ प्राप्त गर्ने छन । प्रातियोगिताको अनुमानित आम्दानी १ करोड २९ लाख १ हजार रुपैयाँ र अनुमानित खर्च १ करोड १ लाख ८१ हजार रुपैयाँ प्रक्षेपण गरिएको कुरा अध्यक्ष थापाले जानकारी दिनु भयको छ। क्याराभान गोल्ड कप सहित २० औं वर्ष देखी निरन्तर सञ्चालन भएको यस प्रतियोगितामा वचत हुन आएको रकम क्लबबाट संचालित सहारा फुटबल एकेडेमीमा खर्च गरिने क्लवले जनाएको छ। हाल तेश्रो व्याचको एकेडेमीमा १४ जिल्लाका २४ जना बालकहरु आश्रित छन् ।

 


साथै यस वर्ष पनि “सर्वाेत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी २०७७” बाट एकजना राष्ट्रिय खेलाडीलाई सम्मान गर्ने क्लवले जनाएको छ। सो अवसरमा सहारा यूकेले पठाएका आकर्षक ट्रफी र मेडलहरु सहारा यूकेका सल्लाहाकार एवम तमु धिं यूकेका कोषाध्यक्ष कमल गुरुङ र सहारा यूकेका महासचिब धनु पुरन थकालीले अध्यक्ष थापालाई हस्तान्तरण गरेका छन।

१८ औं संस्करणको विजेता नेपाल आयल निगम मनाङ्ग मर्स्याङ्गदी क्लब र उप विजेता नेपाल पुलिस क्लब रहेको थियो। सोही कार्यक्रममा तमु धिं यूकेका नवनिर्वाचित कोषाध्यक्ष कमल गुरुङलाई क्लवको तर्फबाट अध्यक्ष थापाले स्वागत गर्दै सफल कार्यकालको लागि वधाई समेत दिएका थिए।प्रतियोगिताका लागि राजेन्द्र गुरुङ (कान्छा)ले हङकङबाट नगद ३० हजार सहयोग गरेका छन ।
(पोखरा स्पोटर्स)

सहारा क्लवद्वारा जारी विज्ञप्तीको पूर्णपाठ
प्रेस विज्ञप्ति
मिति :२०७७।११।२९
आदरणीय पत्रकार ज्यू,
नमस्कार !
“खेलकुदको विकासमा सहकार्य गर्रौ, पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौं” भन्ने उद्येश्यका साथ सहारा क्लब पोखराद्धारा आयोजित मोफसलको बहुप्रतिष्ठित राष्ट्रिय तथा अन्तराष्ट्रिय अन्तर क्लब स्तरिय आमन्त्रित आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिताको १९ औं संस्करण २०७७ साल चैत्र २१ गते देखी चैत्र २८ गते सम्म खेल सञ्चालन गर्ने जानकारी गराउँदछौं। यस प्रतियोगिताको प्रथम र दोश्रो पुरस्कारको धनराशी क्रमशः रु. १० लाख १ हजार र रु. ५ लाख १ हजार रुपैयाँ प्रदान गरिनेछ। यस प्रातियोगिताको अनुमानित आम्दानी १ करोड २९ लाख १ हजार रुपैयाँ र अनुमानित खर्च १ करोड १ लाख ८१ हजार रुपैयाँ प्रक्षेपण गरिएकोछ। क्याराभान गोल्ड कप सहित २० औं वर्ष देखी निरन्तर सञ्चालन भएको यस प्रतियोगितामा वचत हुन आएको रकम क्लबबाट संचालित सहारा फुटबल एकेडेमीमा खर्च गरिने छ । हाल तेश्रो व्याचको एकेडेमीमा १४ जिल्लाका २४ जना बालकहरु आश्रित छन् । विगत २०७० साल देखि उनीहरु आवसिय रुपमा स्वास्थ्य, शिक्षा दिक्षा लगायत फुटबल प्रशिक्षण समेत सहारा फुटबल एकेडेमी गण्डकी प्रदेश, पोखरा—१७, दोविल्लामा प्रदान गर्दै आईरहेको छ। उक्त एकेडेमीको संञ्चालनको मुख्य श्रोत नै यस प्रतियोगिता रहेको हुँदा सम्र्पुण खेलप्रेमीहरुबाट विगतका बर्षहरुमा जस्तै सहयोगको अपेक्षा राखेकाछौ। १९ औं संस्करणमा जम्मा ८ वटा टिमको सहभागि हुने जानकारी गराउँदैं सो टिमहरु निम्नानुसार छन् ।
१. नेपाल आयल निगम मनाङ्ग मर्स्याङ्गदी क्लब,
२. नेपाल पुलिस क्लब,
३. रुस्लान थ्रिस्टार क्लब,
४. नेपाल ए. पि. एफ. क्लब,
५. संकटा क्लब,
६. मछिन्द्र क्लब,
७. अफ्रिकन रुट एसोएसन, डउला, क्यामरुन
८. सहारा क्लब पोखरा
१८ औं संस्करणको विजेता नेपाल आयल निगम मनाङ्ग मनाङ्ग मर्स्याङ्गदी क्लब र उप विजेता नेपाल पुलिस क्लब रहेको थियो ।
“आत्मा साँक्षी राखि मन, वचन र कर्मले समाजिक सेवा गरौं” भन्ने उद्येश्यका साथ वि. स. २०५५ सालमा पोखराको पुरानो बसपार्कमा स्थापति यस सहारा क्लब पोखराले आयोजन गर्ने प्रतियोगिता पोखराको पर्यावाचीको रुपमा लिने गरिन्छ।यस प्रतियोगितालाई पहिलो संस्करण देखी नै मुख्य प्रायोजकको रुपमा बहुचर्चित मोफसलको व्यापारिक प्रतिष्ठान हिमश्री फुड्स प्रा. लि. को उत्पादन रारा तयारी चाउचाउले गरेको छ । सर्वोत्कृष्ट खेलाडी पुरस्कार अप्रिला स्कुटर, अफिसियल बैंक लुम्बिनी विकास बैंक, फेयर प्ले पुरस्कार प्रायोजक रोयल इन्फिल्ड बुलेट बाईक, सर्वाधिक गोलकर्ता पुरस्कार सनराईज ड्राईभिङ्ग स्कुल प्रा. लि.अफिसियल ड्रिङकिङ्ग वाटर पियूरो पानी, साथै प्रदेश सांसद राजिव गुरङ्गबाट ५० हजार रुपैयाँ, कानुन व्यवसायी,समाजसेवी, सहारा क्लब हङ्गकङ्गका सल्लाहकार देव गुरुङ्गबाट ५० हजार १ सय रुपैयाँ नगद सहयोग प्राप्त हुनेछ, होटल ब्लु म्याग्नेट,वल्ड लिङ्ग,सिताज्, बाबा फाउण्डेशन ‘स्वच्छ हराभरा पा्ेखरा अभियान’, एल.जी. टिभि., मेल्ना ईन्टरप्राईजेज् आर वि कम्पेलेक्स, काठमाण्डौं सहयोगी संस्था साथ साथै राष्ट्रिय खेलकुद परिषद÷अखिल नेपाल फुटबल संघ÷पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति÷जिल्ला खेलकुद विकास समिति कास्की÷कास्की जिल्ला फुटबल संघ÷ सहारा यु.के.÷सहारा क्लब हङ्गकङ्ग÷सहारा क्लब अष्ट्रेलिया समेतको बिशेष सहयोगमा क्लबले यस प्रतियोगिताको आयोजना गर्ने लक्ष्य लिएको छ । साथै यस वर्ष देखी स्वर्गिय सुर्यबहादुर के.सी. को स्मृतिमा उत्कुष्ट पाँच विधाको पुरस्कारलाई अपर्ण गरिने जानकारी गराउँदछौ । यस प्रतियोगिताको आकर्षकको रुपमा रहेको निर्णायक ट्रफी (रेफ्री), वेष्ट अफ फाईभ ट्रफी, मेन अफ दि म्याच ट्रफी, सर्वोत्कृष्ट खेलाडी ट्रफी, फेयर प्ले ट्रफी एवं खेलाडी मेडल लगाएत म्यान अफ दि म्याच नगद पुरस्कार सहारा यू. के. ले उपलब्ध गराएकोछ । यस प्रतियोगितालाई प्रत्यक्ष प्रसारण देखापढी डटकम बाट गरिनेछ । प्रतियोगिताको उद्देश्य पर्यटकीय शहर पोखरालाई स्पोर्ट हब सिटीको रुपमा परिचित गराउँदै, नवप्रतिभावान फुटबल खेलाडीहरुलाई आफ्नो खेल कौशल प्रर्दशन गर्ने उचित अवसर उपलब्ध गराउँनु रहेकोछ। साथै यस वर्ष पनि “सर्वाेत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी २०७७” बाट एकजना राष्ट्रिय खेलाडीलाई सम्मान गर्न गै रहेकाछौं । सम्मानित खेलाडीलाई नगद रु. ३५ हजार, प्रमाण–पत्र र दोसल्ला प्रदान गरिनेछ। उक्त नगद पुरस्कारको प्रायोजन सहारा क्लब पोखराका मानार्थ सदस्य खेमबहादुर गुरुङ्गले गर्नु भएकोछ।

अन्त्यमा प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न सम्पुर्ण राजनैतिक दल, भातृ संगठन, संघ संस्था, नागरिक समाज, व्यवसायी एवं खेलकुद प्रेमी दर्शकमहानुभावहरुबाट महत्वपुर्ण सहयोगको अपेक्षा र सदभावको आशा राख्दै प्रतियोगिता अवधिभर बन्द, हडताल,चक्काजामको कार्यक्रम नराखिदिनुहुन सम्बन्धित सबैमा अनुरोध समेत गर्दछौं।
धन्यवाद।

रामजी प्रसाद अधिकारी
महासचीव

९८५६०७२५६३




मतहरू

WilliamDen

free foreign dating sites free no fee matt roloff dating

KevinDyerm

gay beef guys dating gay teen dating sites gay arab men dating site

KevinDyerm

australian gay dating men's gay dating websites silverman dating gay

KevinDyerm

gay dating sites 2021 gay dating site in los angeles gay movie about online dating

KevinDyerm

gay dating in dallas texas gay black guys dating gay dating websites in usa

PatrickVep

gay indian dating im dating a feminine gay man the best gay dating sites

PatrickVep

free gay hiv+ dating russia gay dating free gamer dating gay

MichaelHem

games dating simulator for gay gay 40s dating 23 year old giude to gay dating in college

HenryHox

free gay dating websites usa bear gay dating sites popular scams gay dating sites

HenryHox

dating a gay korean international dating site gay gay astrology dating

Gustavomaife

type paper online essayhelp

Matthewron

executive resume writing service buy an essay online


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?